• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कर्मचारी तर्साउने मक्सको जवाफ नदिन एफबीआई, पेन्टागन र राज्यविभागद्धारा अस्वीकार

  •  
  • २०८१ फाल्गुन १२, सोमबार ०५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपतिको दाहिने हात बनेर कर्मचारी तर्साउन हावी भएका अर्बपति व्यापारी ईलन मक्सको निर्देशन एकपछि अर्को गर्दै नमान्ने घोषणा शुरु भएको छ । यसबाट ट्रम्प प्रशासनकै आन्तरिक विवाद शुरु भएको मान्न सकिन्छ । धेरै संघीय एजेन्सीहरूले आफ्ना कर्मचारीहरूलाई एलन मस्कको इमेलको जवाफ नदिन सल्लाह दिएपछि मक्सको योजनामा समस्या देखिएको छ । संघीय कर्मचारीहरूले गत हप्ता गरेका पाँच उपलब्धिहरू सूचीबद्ध गर्नुपर्ने वा जागिर गुमाउने जोखिम रहने भनिएकोमा पेन्टागन, एफबीआई, राज्य विभाग र गुप्तचर समुदाय सहित धेरै एजेन्सीहरूले आइतबारसम्म आफ्ना कर्मचारीहरूलाई प्रतिक्रिया दिन रोकेको छ । रक्षा विभागले सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना कर्मचारीहरूलाई सन्देश पठाउँदै कर्मचारीहरूको कार्यक्षमता समीक्षा गर्ने जिम्मेवारी विभागकै भएकोले अरुलाई जनाकारी दिन आवश्यक नभएको सन्देश दिएको छ । संघीय कर्मचारीहरूलाई सोमबार राति ११ः५९ (ईएसटी) भित्र संघीय कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम) लाई जवाफ दिन निर्देशन दिएको थियो ।

    मक्सको जवाफ नदिन भन्दै “जब आवश्यक हुन्छ, विभागले तपाईंहरूले ओपीएमबाट प्राप्त गरेको इमेलको जवाफ समन्वय गर्नेछ । अहिलेका लागि, ‘तपाईंले गत हप्ता के गर्नुभयो’ शीर्षकको ओपीएम इमेलको कुनै पनि प्रतिक्रिया दिन रोक्नुहोस्,” रक्षा विभागका उपसचिव ड्यारेन सेलनिकले एक विज्ञप्तिमा प्रष्ट पारेका छन ।

    उता भर्खरै राष्ट्रपति ट्रम्पद्धारा नियूक्त एफबीआई निर्देशक काश पटेलले पनि आफ्ना कर्मचारीहरूलाई मक्सको इमेलको प्रतिक्रिया नदिन निर्देशन दिएका छन् । उनले एफबीआईले ओपीएमको अनुरोधअनुसार प्रतिक्रिया व्यवस्थापन गर्ने र कर्मचारी समीक्षाहरू एफबीआईको प्रक्रियासँग मिलाएर गर्ने बताएका छन । एनबीसी न्यूजका अनुसार राज्य विभागले पनि आफ्ना कर्मचारीहरूलाई मक्सको इमेलको जवाफ नदिन निर्देशन दिएको छ । “राज्य विभागले विभागको तर्फबाट जवाफ दिनेछ, कुनै पनि कर्मचारी आफ्नो विभागीय आदेश श्रृंखलाबाहिर आफ्ना गतिविधिहरू रिपोर्ट गर्न बाध्य छैनन्,” राज्य विभागका कार्यवाहक व्यवस्थापन उपसचिव टिबोर नागीको सूचनामा उल्लेख गरिएको छ ।
    न्यूयोर्क टाइम्सका अनुसार, राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गबार्डले गुप्तचर समुदाय अन्तर्गतका विभिन्न एजेन्सीहरूमा कार्यरत कर्मचारीहरूलाई पनि मक्सको ईमेलको जवाफ दिन नपर्ने उस्तै निर्देशन पठाएकी छिन् । गवार्डले “हाम्रो कार्यको संवेदनशील र गोप्य प्रकृति भएकोले, गुप्तचर समुदायका कर्मचारीहरूले ओपीएमको इमेलको जवाफ दिनु हुँदैन,” गबार्डले लेखेको बताइएको छ । यो इमेलले संघीय कर्मचारी यूनियनहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।

    अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट इम्प्लोइजका राष्ट्रिय अध्यक्ष एभरट केलीले ओपीएमका कार्यवाहक निर्देशक चाल्र्स इजेल र एलन मस्कलाई सम्बोधन गरिएको पत्रमा आफ्ना ८ लाख सदस्यहरूलाई अनुरोधको जवाफ नदिन निर्देशन दिएका छन् । पत्रमा केलीले भनेका छन, “ओपीएमलाई यो अनुरोध गर्ने कानूनी अधिकार के हो भन्ने इमेलले स्पष्ट पारेको छैन । संघीय कर्मचारीहरू आफ्ना तोकिएका आदेश श्रृंखलामार्फत सम्बन्धित एजेन्सीहरूलाई रिपोर्ट गर्छन; उनीहरूले ओपीएमलाई रिपोर्ट गर्नुपर्दैन ।” उनले यस अनुरोधलाई “गैर–जिम्मेवार” र संघीय कर्मचारीहरूलाई त्रसित पार्ने “कच्चा प्रयास” भएको बताएका छन् । “म ओपीएमलाई यो इमेल फिर्ता लिन र सबै संघीय कर्मचारीहरूलाई माफी माग्न आग्रह गर्दछु ।”

    उता नेशनल ट्रेजरी इम्प्लोइज यूनियनले आफ्ना सदस्यहरूलाई पठाएको इमेलको स्क्रिनसट अनलाइन सार्वजनिक भएको छ, जसमा कर्मचारीहरूलाई ओपीएमको अनुरोधको जवाफ नदिन सल्लाह दिइएको छ ।

    शनिबार मस्कले भने, “संघीय कर्मचारीहरूले ओपीएमबाट इमेल प्राप्त गर्नेछन्, जसमा उनीहरूले गत हप्ताको आफ्नो पाँच उपलब्धि पठाउनुपर्नेछ ।” उनले चेतावनी दिँदै भने, “यदि कर्मचारीहरूले जवाफ दिएनन् भने, त्यसलाई राजीनामा दिएको रूपमा लिइनेछ ।” यस्तो चेतावनी पछि अमेरिकाभरका कर्मचारीहरु त्रसित हुँदै आक्रोसित समेत भएका छन । राष्ट्रपति ट्रम्पको अत्यन्तै नजिक भएर ओभल हाउस समेत संगै देखिएका मक्सलाई ट्रम्पले नै नियूक्त गरेका अरु कमचारीले निर्देशन नमान्ने अवस्था आए पछि आगामी दिनमा उनको कस्तो प्रतिक्रिया आउने हो त्यो भने हेर्न बाँकी छ । यसबाट ट्रम्पद्धारा मनोनित गरिएका एकले अर्कोलाई नमान्ने अवस्था देखिएको छ ।

    Post Views: 182
    प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमबार ०५:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.