• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युक्रेनमा शान्ति स्थापनाका लागि पद त्याग्न जेलेन्स्की तयार

  •  
  • २०८१ फाल्गुन १३, मंगलवार ०९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

    सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, ‘यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।

    सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए ।

    युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नेछन् ।

    जेलेन्स्कीले भने, ‘यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र हामी हाम्रो सम्मान गुमाउन सक्दैनौं ।’

    नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुअघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताएका छन् ।

    जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएका छन् । तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ ।

    ‘यदि युक्रेनमा शान्ति स्थापना हुन्छ र यसका लागि वास्तवमै मेरो पद छोड्न आवश्यक छ भने, म पद छोड्न तयार छु’, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भने, ‘म यसलाई नाटोको सदस्यताका लागि त्याग गर्न सक्छु।’

    उनले युक्रेनको स्रोतसाधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताएका छन् । उनले भने, ‘युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक छ ।’

    ट्रम्प–पुटिन वार्ताप्रति जेलेन्स्कीले कडा प्रतिक्रिया दिँदै युक्रेनको सहभागिताबिना कुनै पनि शान्ति सम्झौता बेकार हुने बताए । हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरबमा रुससँग छलफल गर्ने बताएका थिए ।

    वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन । जेलेन्स्कीले युद्ध रोक्ने विषयमा हुने कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।

    युक्रेनबाहेक धेरै युरोपेली देशले पनि यस्ता वार्तामा युक्रेनसँगै युरोपलाई पनि सहभागी गराउनुपर्ने बताएका छन् । जेलेन्स्कीले पनि आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा रहेको बताए ।

    RSS

    Post Views: 231
    प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार ०९:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.