• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यालिफोर्निया बे एरियामा नेपालीको आफ्नै सामुदायिक भवन

  •  
  • २०८१ फाल्गुन १५, बिहीबार ०४:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र बे एरियामा नेपाली सामुदायिक केन्द्र भवन हुने भएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानोमध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया न्यान्सले सन् १९९४ मा स्थापना भएदेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेकोमा अहिले पुरा हुन लागेको संस्थाका अध्यक्ष प्रितेश कार्कीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टी १८ लाख ६० हजारमा न्यान्सले किनेर आफ्नो भवन हुने निश्चित भएको विज्ञिप्तिमा उल्लेख छ । अहिले नेपाली समुदायका झण्डै ५ सय व्यक्ति एवं संस्थाबाट संकलित करिव ७ लाख डलर, न्यान्यले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरसमेत गरेर ४५ प्रतिशत डाउनपेमेन्ट र वाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको जनाएको छ । भवन करिव १० हजार ८ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ बनाईने छ। भवनमा ५ सय २८ सिट क्षमताको सभाकक्ष, २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, ११० भन्दा बढी गाडी पार्किङ र थुपै शौचालय छन्।

    करिव ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने छ । पछिल्ला बर्षहरुमा नेपाली समुदायले आफ्नै सामुदायिक भवन बनाउने प्रचलन नै चलेको छ जसका कारण प्रवासमा आफ्नो रिती थिती अनुसार चाड पर्व बनाउन सजिलो हुँदै आएको छ । यसले नेपालीभाषी र नेपाली विभिन्न जातजाती भाषा, संस्कृति र परम्परा मान्ने सदस्यहरुबीच भावनात्मक एकता अझै प्रगाढ पार्नेछ ।
    यसक्षेत्रमा बसोबास गर्ने नेपालीमध्ये करिव ७ सय व्यक्ति र परिवार प्रत्यक्ष सहयोगबाट जोडिएको छ । संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने हाम्रो योजना रहेको अध्यक्ष कार्कीले बताएका छन ।

    Post Views: 148
    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार ०४:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.