• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यालिफोर्निया बे एरियामा नेपालीको आफ्नै सामुदायिक भवन

  •  
  • २०८१ फाल्गुन १५, बिहीबार ०४:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र बे एरियामा नेपाली सामुदायिक केन्द्र भवन हुने भएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानोमध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया न्यान्सले सन् १९९४ मा स्थापना भएदेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेकोमा अहिले पुरा हुन लागेको संस्थाका अध्यक्ष प्रितेश कार्कीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टी १८ लाख ६० हजारमा न्यान्सले किनेर आफ्नो भवन हुने निश्चित भएको विज्ञिप्तिमा उल्लेख छ । अहिले नेपाली समुदायका झण्डै ५ सय व्यक्ति एवं संस्थाबाट संकलित करिव ७ लाख डलर, न्यान्यले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरसमेत गरेर ४५ प्रतिशत डाउनपेमेन्ट र वाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको जनाएको छ । भवन करिव १० हजार ८ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ बनाईने छ। भवनमा ५ सय २८ सिट क्षमताको सभाकक्ष, २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, ११० भन्दा बढी गाडी पार्किङ र थुपै शौचालय छन्।

    करिव ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने छ । पछिल्ला बर्षहरुमा नेपाली समुदायले आफ्नै सामुदायिक भवन बनाउने प्रचलन नै चलेको छ जसका कारण प्रवासमा आफ्नो रिती थिती अनुसार चाड पर्व बनाउन सजिलो हुँदै आएको छ । यसले नेपालीभाषी र नेपाली विभिन्न जातजाती भाषा, संस्कृति र परम्परा मान्ने सदस्यहरुबीच भावनात्मक एकता अझै प्रगाढ पार्नेछ ।
    यसक्षेत्रमा बसोबास गर्ने नेपालीमध्ये करिव ७ सय व्यक्ति र परिवार प्रत्यक्ष सहयोगबाट जोडिएको छ । संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने हाम्रो योजना रहेको अध्यक्ष कार्कीले बताएका छन ।

    Post Views: 221
    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार ०४:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • २. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • ३. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ४. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ५. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.