• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ह्वाइट हाउस विवादपछि यूरोपेली राष्ट्रहरु एकजुट भएर जेलस्कीको बचाउमा उत्रिए

  •  
  • २०८१ फाल्गुन १७, शनिबार ११:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ह्वाइट हाउसमा भएको चर्काचर्कीको भिडियो सञ्चारमाध्यमहरूले सार्वजनिक गरेपछि यूरोपेली देशहरु एक जुट भएर यूक्रेनका राष्ट्रपतिको पक्षमा जुटेका छन । चर्काचर्कीपछि युरोपेली नेताहरूले तत्काल प्रतिक्रिया जनाउँदै युक्रेन र जेलेन्स्कीको समर्थन गरेका छन्। उनीहरूले सामाजिक सञ्चाल एक्समा लेख्दै जेलेन्स्कीलाई आफ्नो समर्थन रहेको भनेर सन्देश दिएका छन्। फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले युक्रेन र जेलेन्स्कीको समर्थन गरेका हुन्। उनीहरूले जेलेन्स्कीको प्रशंसा पनि गरेका छन्।

    ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीलाई हैसियत नभएको ‍नेता भन्दै रूससँग युद्धविराम सम्झौता नगरे युक्रेनलाई अमेरिकी समर्थन कायम नरहने भनेर धम्की दिएपछि युरोपेली नेताहरूले त्यसको प्रतिवाद गरेका हुन्। युरोपियन कमिसनका प्रमुख उर्सुला भोन देर लेयनले निडर रहन जेलेन्स्कीलाई आग्रह गरेकी छन्।

    ‘तपाईंको बहादुरीको सम्मान युक्रेनी जनताले गर्नेछन्। आफूलाई बलियो बनाउनुस्। साहस कायम राख्नुस् र निडर रहनुस्, प्रीय राष्ट्रपति,’ लेयनले एक्समा लेखेकी छन्। सोमबार मात्रै वाशिङ्टनको भ्रमण गरेका फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले तीन वर्षअघि युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई सहयोग गर्नु र रूसमाथि प्रतिबन्ध लगाउनु अमेरिका र युरोपको निर्णय जायज रहेको बताएका छन्।

    उनले अमेरिकालाई युक्रनेकै पक्षमा रहनुपर्नेमा जोड दिए। उनीहरू सार्वभौम अधिकार, स्वतन्त्रता र पूरा युरोपको सुरक्षाका लागि लडिरहेका छन्,’ म्याक्रोनले एक्समा लेखेका छन्। जर्मनीको नयाँ चान्स्लर भन्ने तयारीमा रहेका फ्रेडरिक मर्जले पनि जर्मनी युक्रेनको पक्षमा रहने बताएका छन्।

    ‘जर्मनी सँधै युक्रेनको पक्षमा रहन्छ। अनुकूल र प्रतिकूल दुवै समयमा,’ उनले भनेका छन्, ‘हामी आक्रमणकारी को र पीडित को हो भन्ने विषयमा झुक्किनु हुँदैन। हालका चान्स्लर ओलफ स्कल्जले पनि युक्रेन जर्मनी र अन्य युरोपमाथि भर पर्नसक्ने बताएका छन्।

    Post Views: 123
    प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिबार ११:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.