राष्ट्रपतिको कार्यभार सम्हालेयता डोनाल्ड ट्रम्प प्रशासनले सिमा पार गर्ने अवैध आप्रवासीलाई पुर्णतया रोक्न असफल भएको तथ्यांकहरुले देखाएको छ । राष्ट्रपति सपथग्रहण यताको पहिलो महिना सिमाबाट आउने आप्रवासीको सख्या ९६ प्रतिशत कमी आएको देखाउँछ । संख्यामा भन्दा डिसेम्बरमा अमेरिका प्रवेश ३ लाख थिए ट्रम्पले कार्यभार सम्हालेपछि त्यो सख्या ८ हजार ३ सय २६ जनामा सिमित भएको अमेरिकी अध्यागमन निकाय इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले जनाएको छ । यो डिसेम्बरको तुलनामा ९६ प्रतिशतले कम हो । अघिल्लो बाईडन प्रशासनको पालामा सिमाबाट पक्राउ परेकाहरु आप्रवासन प्रक्रियामा सहभागी भएर अमेरिकामा बस्ने पाउने थिए तर ट्रम्प प्रशासनको पालामा जे जति पक्राउ परेका छन उनिहरु तुरुन्तै डिर्पोर्टेसनमा परेका छन ।

ट्रम्प प्रशासनको पालामा ८ हजार ३ सय २६ जनालाई तुरुन्त निष्कासन वा आवश्यकताका आधारमा अमेरिकी कानुनअनुसार कारबाही गरिएको अमेरिकी अध्यागमन निकाय इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले जनाएको हो । आईसीईको तथ्यांकअनुसार २०२४ को एक वर्ष अवधिमा सीमा पार गर्न खोज्नेमध्ये २ लाख ७१ हजार २ सय २४ लाई मात्र सीमाबाटै निष्कासन गरिएको थियो ।
आफुले कार्यकाल सम्हालेपछि फेब्रुअरीमा गैरकानुनी रुपमा सीमा पार गर्न खोज्नेको संख्यामा कमी आएको भन्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत सीमा सुरक्षामा खटिनेलाई धन्यवादसमेत दिए । ट्रम्पले फेब्रुअरीमा सीमा पार गर्न खोज्ने सबै ८ हजार ३ सय २६ जनालाई अमेरिकाबाट तुरुन्तै निष्काशन गरिएको बताएका छन् । ‘तुलनात्मक रुपमा जो बाइडेनको नेतृत्वमा एक महिनामा ३ लाख अबैध रुपमा हाम्रो देशमा आउन खोजे र ती सबैलाई छाडियो भन्ने आरोप लगाए ।
अपेक्षकृत उपलब्धि नभएको भन्दै ट्रम्प प्रशासनले आईसीईका कार्यवाहक निर्देशक कालेब विटेलोलाई सोचेअनुसार कागजातविहिन आप्रवासी पक्राउ र देशनिकाला गर्न नसकेको भन्दै १० दिनअघि पदबाट हटायो । विटेलोलाई हटाउने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र सीमा मामिलाका ह्वाइटहाउस प्रमुख टम होमानको असन्तुष्टिपछि आएको थियो । होमल्यान्ड सुरक्षा विभाग राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो दुई हप्तामा करिब ५ हजार ७०० अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको जनायो ।

उद्घाटन दिवसदेखि फेब्रुअरी ३, २०२५ सम्मको दुई हप्तामा ५,६९३ जना १२१ विभिन्न देशहरूमा देश निकाला वा हटाइएका थिए । बाइडेन प्रशासनको अन्तिम उपलब्ध मासिक तथ्यांक, नोभेम्बर २०२४ का अनुसार, कुल ४८,९७० व्यक्तिहरू हटाइएका थिए, जुन साप्ताहिक रूपमा करिब १२,२०० को औसत थियो ।
बाइडेन प्रशासनले अमेरिकामा अवैध रूपमा प्रवेश गर्नेको ऐतिहासिक उच्च संख्यालाई व्यवस्थापन गर्नुका साथै विगत चार वर्षमा देश निकाला प्रयासहरू तीव्र रूपमा बढाएको थियो । सरकारी तथ्यांकअनुसार, जनवरी २०२१ देखि नोभेम्बर २०२४ सम्म ४.६ मिलियन मानिसहरू अमेरिका बाहिर पठाइएका थिए । मार्च २०२२ मा सबैभन्दा धेरै १,४७,०८० व्यक्तिहरू हटाइएका थिए ।
पहिलो कार्यकालमा, ट्रम्प प्रशासनले २.१ मिलियन मानिसहरूलाई हटाएको थियो । अक्टोबर २०२० मा सबैभन्दा बढी ९१ हजार १२० आप्रवासीहरू देश निकाला वा हटाइएका थिए । त्यसैगरी पूर्वराष्ट्रपति ओबामाको दुई कार्यकालमा ५.३ मिलियन मानिसहरू हटाइएका थिए । ओबामाको पहिलो पाँच वर्षको मासिक डेटा उपलब्ध छैन, तर उनको पहिलो वर्ष, २००९ मा, आठ वर्षको सबैभन्दा उच्च ९ लाख ७३ हजार ९३७ व्यक्तिहरू हटाइएका थिए ।
राष्ट्रपति ट्रम्पका लागि, उनको व्यापक आप्रवासन नीतिहरू पूरा गर्न यो डेटा महत्वपूर्ण हुनेछ । अनुमानित ११ मिलियन अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने ट्रम्पको वाचा पूरा गर्न अझै धेरै बाटो बाँकी छ । उता सीमा मामिलाका प्रमुख टम होमनले हाल गम्भीर वा हिंसात्मक अपराधमा संलग्न अवैध आप्रवासीहरूलाई प्राथमिकतामा राखेर कारबाही अघि बढी रहेको उल्लेख गरेका छन । ह्वाइट हाउसले अधिकारीहरूको संख्या र थप हिरासत स्थानका लागि कांग्रेससँग थप बजेट माग गरिरहेको छ, जबकि केही पक्राउ परेकाहरू पहिले नै रिहा भइसकेको खबरहरू पनि आएका छन् ।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्वीटरमा लेख्दै “हाम्रो अधिकारीहरूले हजारौं खतरनाक आपराधिक आप्रवासीहरूलाई पक्राउ गरेका छन, पछिल्लो केही दिनमा पक्राउ परेकाहरूमा सजाय भोगिसकेका हत्यारा, बलात्कारी, बाल शोषणकर्ता, लागूऔषध तस्कर, एमएस १३ गिरोहका सदस्यहरू छन् । तर पनि प्रशासनमाथि आप्रवासन कार्यान्वयन तीव्र बनाउन दबाब बढिरहेको छ ।
रायटर्सको रिपोर्ट अनुसार जसले सार्वजनिक नभएको डेटा उद्धृत गरेको छ, अनुसार जनवरी २० देखि एक महिनाको अवधिमा ३७ हजार ६०० व्यक्तिहरू अमेरिकाबाट डिपोर्ट गरिएको छ । जसको औसत साप्ताहिक रूपमा करिब ९ हजार ४०० हुन्छ । जनवरी २० पछि सार्वजनिक भएको अर्को एक मात्र तथ्यांकले फेब्रुअरी ४ मा सार्वजनिक तथ्यांकमा ५ हजार ६९३ व्यक्तिहरू १२१ देशहरूमा पठाइएको उल्लेख गरिएको थियो । यदि यो संख्या कुल देश निकाला प्रतिनिधित्व गर्छ भने, ट्रम्प प्रशासनको दर बाइडेन प्रशासनको भन्दा कम देखिन्छ । नोभेम्बर २०२४ मा, बाइडेन प्रशासनको हप्तामा औसत १२ हजारका दरले आप्रवासी हटाएको देखिन्छ । यदि यो संख्या मात्र आइसद्वारा अमेरिकाभित्र पक्राउ परेकाहरूको लागि हो भने, ट्रम्प प्रशासनले आफ्ना पूर्ववर्तीहरूलाई उछिनेको हुनसक्छ ।
न्यूजवीकले देश निकाला उडानहरू ट्र्याक गर्दा आर्थिक वर्ष २०२४ को वार्षिक रिपोर्ट भन्छ कि आइसले २ लाख ७१ हजार ४८४ मानिसहरू हटाएको थियो, यो २०१५ यताकै उच्च संख्या हो । समग्रमा समाचारहरु विश्लेषण हेर्दा चाहे ग्रीन कार्ड बाहक पनि विभिन्न अपराधजन्य गतिविधिमा संलग्न रहेकाहरु पक्राउ र डिर्पोटमा परेका छन । अर्को एक तथ्यांकले जनाए अनुसार अमेरिकामा हुने अपराधिक गतिविधिमा कमी आएको छ । अमेरिकी सरकारी तथ्यांक र विभिन्न अन्तराष्ट्र्रिय सन्चार माध्यममा आएका समाचारहरुमा आधारित ।


