• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पेन्टागनले अमेरिका–मेक्सिको सीमामा थप ५ हजार सैनिक पठाउदै

  •  
  • २०८१ फाल्गुन २०, मंगलवार ०८:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पेन्टागनले अमेरिका–मेक्सिको सीमामा थप ५ हजार ५० सैनिक पठाउने भएको छ, यद्यपि हालका केही हप्तामा अवैध सीमापार गर्ने घटनाहरू तीव्र रूपमा घटेको भन्दै शुन्यमा झार्न थप सुरक्षा व्यवस्था गरिएको हो । रक्षा सचिव पीट हेगसेथले “अमेरिका–मेक्सिको सीमाको सुरक्षालाई मजबुत बनाउन सैनिक सहयोग बढाउन“ एक स्ट्राइकर ब्रिगेड कम्ब्याट टिम र एक सामान्य समर्थन उड्डयन बटालियन पठाउन आदेश दिएका छन्, पेन्टागनका प्रेस सचिव सीन पार्नेलले शनिबार एक विज्ञप्तिमा जनाएका छन् । प्रत्येक एसबिसिटीमा करिब ४,४०० सैनिक हुन्छन्, जबकि उड्डयन बटालियनमा झन्डै ६५० सैनिक रहेका छन् । यी सेना आगामी हप्ताहरूमा लगभग २ हजार माइल लामो सीमामा पुग्नेछन्, तर उनीहरूलाई विशेष रूपमा कहाँ खटाइनेछ भन्ने खुलाइएको छैन ।

    यो तैनाथी राष्ट्रपति ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेलगत्तै दक्षिणी सीमामा राष्ट्रिय आपत्काल घोषणा गरी अवैध आवागमन रोक्ने उद्देश्यले विभिन्न कार्यकारी आदेशहरू जारी गरेपछि भएको हो । यस प्रयासको भाग स्वरूप, उनले सीमाको सुरक्षा मजबुत गर्न सेना परिचालन गरेका छन्, धेरै आप्रवासीहरूलाई अमेरिका बाहिर पठाएका छन्, र तिनीहरूलाई सैन्य आधारहरूमा राखेका छन् । ट्रम्पले जनवरीमै १६ हजार मरीनहरू सीमामा पठाउने आदेश दिएका थिए, जुन पहिले नै त्यहाँ तैनाथ २५ सय सदस्यहरूमा थपिएको थियो । नयाँ तैनाथीपछि सीमामा खटाइएका सैनिकहरूको संख्या लगभग १०,००० पुग्नेछ ।

    गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले पनि गत हप्ता खुलासा गरेअनुसार, फेब्रुअरी २२ मा सीमा शुल्क तथा सीमा सुरक्षाले दक्षिणी सीमामा मात्र २०० व्यक्तिलाई पक्राउ गरेको थियो, जुन १५ वर्षभन्दा लामो समयको सबैभन्दा कम एकदिने संख्या हो ।

    Post Views: 171
    प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार ०८:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.