• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा “गोल्ड कार्ड” भिषाका लागि सजिलै पैसा ल्याउन मिल्ने र कर नलाग्ने !

  •  
  • २०८१ फाल्गुन २०, मंगलवार १०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी व्यक्तिहरूका लागि प्रस्ताव गरेको गोल्ड कार्ड भिसाले अन्य आप्रवासन मार्गहरूले हाल प्रदान नगरेको कर प्रोत्साहन दिन सक्ने विज्ञहरूले बताएका छन । ट्रम्प र उनका वाणिज्य सचिव हावर्ड लटनिकले गत हप्ता ओभल अफिसमा चर्चा गरेको “५ मिलियन ग्रीन कार्ड प्लस“ ले भिसा धारकहरूलाई विदेशमा आर्जित आम्दानीमा अमेरिकामा कर तिर्नबाट जोगिने सुविधा दिने बताइएको छ । यदि त्यसो हो भने हाल नागरिक वा आप्रवासीहरूलाई उपलब्ध नभएको सुविधा हुनेछ । त्यसबाट विश्वको जुन कुनाबाट भए पनि वैध वा अबैध सम्पति अमेरिका ल्याउन सजिलो हुुनेछ । यस अघि त्यसरी रकम ल्याउँदा अमेरिकामा पनि कर तिर्नुपर्ने व्यवस्था छ । धेरै मानिसहरुलाई कार्षण गर्न र धेरै पैसा अमेरिका भित्र्याउन कर छुट दिने तयारी भएको बताइएको छ ।

    राष्ट्रपतिले ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि आफ्नो पहिलो कानूनी आप्रवासन नीति घोषणा यही योजनाका रूपमा गरेका छन् । यो विशेष गरी संसारका धनाढ्य व्यवसायीहरूलाई लक्षित छ । केही विज्ञहरूले लगानीकर्ताहरूले आफ्नो ५ मिलियन शुल्क पुनः प्राप्त गर्न नसकेमा यो भिसा योजना कति लोकप्रिय बन्ने हो भन्नेमा शंका पनि व्यक्त गरेका छन् ।

    राष्ट्रपति ट्रम्पले गत मङ्गलबार ह्वाइट हाउसमा गोल्ड कार्ड कार्यक्रममा सहभागी हुनेहरूले “धेरै कर तिर्नेछन, र धेरै मानिसलाई रोजगारी दिनेछन् भनी बताएका थिए । साथै, उनले “अमेरिका बाहिरको आम्दानीमा कुनै कर तिर्नु नपर्ने“ स्पष्ट पारेका थिए । यसबाट पुष्टि हुन्छ की अमेरिकाबाट पैसा ल्याउदा कर लाग्दैन । कर नलाग्ने भए पनि विदेशबाट अमेरिका आउने पैसाको श्रोत वा बैध अबैध कुनै सरोकार हुने नहुने विषयमा खुलेको छैन । हालसम्म यस योजनाका बारेमा विस्तृत जानकारी सार्वजनिक नभएकाले, विज्ञहरू गोल्ड कार्डलाई आधिकारिक नीति मान्न सतर्क छन ्।

    विदेशी आम्दानीमा कर छुटका केही अपवादहरू मात्र छन्, जस्तै लामो समयदेखि विदेशमा बसोबास गरिरहेका अमेरिकी नागरिकहरू वा अमेरिकासँग कर सन्धि भएका देशका आप्रवासीहरूले बाहेक अरुले कर छुट पाउँदैनन । लगानीकर्ताहरूलाई आप्रवासन सेवा दिने अनुसन्धानअनुसार, सन् २०२४ मा अमेरिका करिब ३८ हजार नयाँ करोडपति आकर्षित गर्ने अपेक्षा गरिएको छ । हेन्ली एण्ड पार्टनर्सले जनाए अनुसार हाल, अमेरिका ५.४ मिलियनभन्दा बढी करोडपतिहरूको बसोबास गरी रहेका छन । ट्रम्पले त्यो सख्या बढाउन यो नयाँ धारणा सार्वजनिक गरेका हुन ।

    अमेरिका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि अत्यधिक माग गरिएको देश हो । अमेरिकामा स्थायी बसोबास (ग्रीन कार्ड) प्राप्त गर्न चाहनेहरूको लागि ईभी–५ आप्रवासी लगानीकर्ता कार्यक्रम सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । सन् १९९० मा अमेरिकी कग्रेसले यो कार्यक्रम स्थापना गरेपछि, प्रत्येक वर्ष अमेरिकी सरकारले एक उल्लेखनीय सख्यामा भिसा छुट्याउने गर्छ । प्रत्येक बर्ष विश्वभरीबाट १० हजार मानिस त्यो भिषामा अमेरिका आउने कोटा छुट्याईको छ । जसअन्तर्गत योग्य लगानीकर्ताहरूले अमेरिकी अर्थतन्त्रमा रोजगारी सिर्जना गर्न सक्ने महत्वपूर्ण लगानी गर्नुपर्छ । यस कार्यक्रमअन्तर्गत, लगानीकर्ता र उनीहरूको नजिकका परिवारका सदस्यहरूले छोटो अवधिभित्रै अमेरिका स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) प्राप्त गर्न सक्छन् ।

    Post Views: 181
    प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार १०:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.