• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

 जर्सी सिटीबाट ‘वुमन एक्सन अवार्ड’ द्वारा नेपाली अभियन्ता डा. परियार सम्मानित

  •  
  • २०८१ फाल्गुन २३, शुक्रबार १०:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+
    जर्सी सिटी- सुपरिचित नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट वुमन हिस्ट्री मन्थ (मार्च) को अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला कृयाशील पुरस्कार) द्वारा सम्मानित हुनु भएको छ। जर्सी सिटी मेयरकी सल्लाहकार डा. परियारले उक्त शहरमा अल्पसंख्यक समुदायको लागि निरन्तर सकृय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदर स्वरूप उक्त ‘वुमन एक्सन अवार्ड’ पुरस्कारद्वारा सम्मानित हुनु भएको हो।
    डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाच टिपिएस रिजोलुसन पास गराउन सफल हुनुभएको थियो भने सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल हुनुभएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवत: पहिलो घटना हो।
    त्यसैगरी, जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउने सफलता मिलेको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उनकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाईमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो । अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो ।
    डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका सात जिल्लाहरुका २७ गाबिसमा स्थापित २९२ महिला समूहहरु मार्फत झण्डै ५० हजार महिला तथा उनीहरुका परिवारका सदस्यहरु र ३५ बिद्यालयहरुका २३ हजार बेशी बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरूबाट लाभान्बित छ ।
    विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भईसक्नु भएकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।
    Post Views: 143
    प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार १०:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.