• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा आन्दोलनमा सहभागी भएका प्यालेस्टिनी विधार्थी पक्राउ, डिर्पोट गर्ने तयारी, ग्रिनकार्ड रद्द !

  •  
  • २०८१ फाल्गुन २६, सोमबार ०४:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी विदशेमन्त्री मार्क रुवियोले अमेरिकी भुमिमा प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय विधार्थीलाई कानुन बमोजिम भिषा रिद्द गरी देश निकाला गर्ने चेतावनी दिएको भोलीपल्ट एक प्रमुख प्यालेस्टिनी कार्यकर्तालाई, जसले कोलम्बिया विश्वविद्यालयको विद्यार्थी प्रदर्शन आन्दोलनको नेतृत्व गर्न मद्दत गरेको आरोपमा पक्राउ गरयो । उनलाई पक्राउ मात्रै गरेको छैन महमुद खलीलको ग्रीन कार्ड समेत रद्द गर्ने पक्रिया शुरु गरेको समाचार छ । यसबाट अमेरिकामा अध्ययन गर्न आएका विदेशी विधार्थीहरुले सजक हुनुपर्ने भएको छ । जवकी जब राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी विद्यार्थीहरूलाई देशनिकाला गर्ने र गाजामा इजरायलको युद्धविरुद्ध प्रदर्शन गर्नेलाई जेल हाल्ने धम्की दिएका थिए ।
    पछिल्लो समय हमास समर्थकले कहि राज्यहरुको विश्वविधालयमा प्रर्दशन गरेपछि विदेशमन्त्रि रुवियोले अमेरिकी भुमिमा अमेरिकी नीति विपरित पर्दशन गर्ने वा समर्थन गर्ने विदेशी विधार्थीहरुलाई भिषा रद्द गरी डिर्पोट गर्ने तयारी भई रहेको बताएका थिए ।

    त्यसैको भोलीपल्ट एक प्रमुख प्यालेस्टिनी कार्यकर्तालाई, जसले कोलम्बिया विश्वविद्यालयको विद्यार्थी प्रदर्शन आन्दोलनको नेतृत्व गर्न मद्दत गरेका थिए, शनिबार राति संघीय आप्रवासन अधिकारीहरूले पक्राउ गरेका छन् । उनीहरूका वकिलका अनुसार, अमेरिकी राज्य विभागको आदेशमा उनको ग्रिन कार्ड रद्द गर्न आदेश दिइएको छ ।
    महमुद खलीललाई उनको विश्वविद्यालयद्वारा प्रदान गरिएको अपार्टमेन्टबाट पक्राउ गरिएको बताइएको छ । उक्त अपार्टमेन्ट न्यूयोर्कस्थित निजी आइभी लिग विश्वविद्यालयको मुख्य क्याम्पस नजिकै रहेको छ । अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तनका केही एजेन्टहरू भवनभित्र प्रवेश गरी उनलाई हिरासतमा लिए, खलीलका वकिल एमी ग्रियरले एपी समाचार एजेन्सीलाई बताएकी छिन । ूमेरो विरुद्ध करिब १३ वटा आरोप छन्, जसको अधिकांश सामाजिक सञ्जालमा गरिएका पोस्टहरूसँग सम्बन्धित छन्, जसमा मेरो कुनै संलग्नता छैन, खलीलले गएको हप्ता भनेका थिए। खलीलका अनुसार, उनले गोपनीयता सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि, विश्वविद्यालयले उनलाई स्नातक हुन नदिने धम्की दिएको थियो। तर जब उनले कानुनी रूपमा यो निर्णयविरुद्ध अपिल गरे, अन्ततः विश्वविद्यालय पछि हटेको थियो ।

    आईसका एजेन्टले उनलाई फोनमा जानकारी गराउँदै भने कि उनीहरू खलीलको विद्यार्थी भिसा रद्द गर्ने राज्य विभागको आदेश कार्यान्वयन गर्दै थिए, तर वकिलले खलील गत डिसेम्बरमा स्नातक भइसकेका र अमेरिकी स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गरेका व्यक्ति भएको जानकारी गराएपछि, एजेन्टले ग्रीन कार्डसमेत रद्द गर्ने प्रक्रिया शुरु गरेको जानकारी गराएका छन ।

    प्रशासनले विशेष रूपमा कोलम्बिया विश्वविद्यालयमाथि कडा निगरानी बढाएको छ । शुक्रबार, सरकारले क्याम्पसमा यहूदीविरोधी गतिविधि नियन्त्रण गर्न विश्वविद्यालय असफल भएको भन्दै, ४०० मिलियन अनुदान र सम्झौताहरू कटौती गर्ने घोषणा गरी सकेको छ ।

    पक्राउ परेका खलीललाई हाल न्यू जर्सीको एलिजाबेथस्थित एक आप्रवासन हिरासत केन्द्रमा राखेर डिर्पोटको प्रक्रिया शुरु गरिएको द गार्जियन समाचारले जनाएको छ । उता कोलम्बिया विश्वविद्यालयका प्रवक्ताले भने कि कुनै पनि कानून प्रवर्तन अधिकारीहरू विश्वविद्यालयको परिसरमा छिर्नेअघि वारेन्ट देखाउनुपर्ने नियम छ तर खलीलको गिरफ्तारीका लागि यस्तो वारेन्ट दिइएको थियो कि थिएन भन्ने कुरामा भने विश्वविद्यालयले कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा प्रतिक्रिया माग्दै राज्य विभाग, गृह सुरक्षा विभाग), आप्रवासन तथा भन्सार प्रवर्तन विभाग) लाई सन्देश पठाइएको छ ।

    खलील कोलम्बियामा प्रोप्यालेस्टिनी आन्दोलनको प्रमुखमध्ये एक थिए । गत बर्ष विद्यार्थीहरूले विश्वविद्यालय परिसरमा टेन्टहरू स्थापना गर्दा, खलीललाई विद्यार्थीहरूका तर्फबाट वार्ता गर्न चयन गरिएको थियो, र उनी बारम्बार विश्वविद्यालय प्रशासनसँग भेटघाट गर्थे । त्यहि आधारमा उनलाई समर्थन गर्ने र आन्दोलनमा सहभागी हुनेहरुलाई ट्रम्प प्रशासनले पक्राउ गर्दै डिर्पोट गर्ने नीति लिएको छ । स्मरणीय रहोस की सन १९५२ को आप्रवासन ऐनले विदेश मन्त्रालयले खतरा ठानेको आप्रवासनसम्बन्धी विषयमा त्यस्ता विदेशी विधार्थीको पहिचान गरी भिषा रद्द गरेर फिर्ता गर्न सक्ने कानुनी अधिकार प्रदान गरेको छ ।आन्दोलनमा सहभागी अरु विधार्थीहरु पनि सामाजिक सन्जाल वा फोटो हेरेर पक्राउ गर्ने योजना रहेको बताइएको छ । ट्रम्प प्रशासन अहिले त्यहि कानुन प्रयोग गर्दै पक्राउ र डिर्पोट गर्ने योजनामा छ । यो घटनाबाट नेपाली विधार्थीहरुले पनि यस्ता आन्दोलन वा हुलमुलका आफ्नो सुरक्षा सर्तकता अपनाउनुपर्ने बेला आएको छ ।

    Post Views: 149
    प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार ०४:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.