• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली डाक्टरका पीडा, स्वदेशमा पिडा सहनुभन्दा विदेशसिनु बेश !

  •  
  • २०८१ फाल्गुन २७, मंगलवार ०८:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ४५ देखी ८० लाख सम्म तिरेर एमविविएस पास गर्यो, अस्पतालमा काम गर्न जाँदा महिनाको २५ हजार तलव हुन्छ । त्यो पनि भन्ने वित्तिकै पाईन्न । त्यो पैसाले खाजा खान नी पुग्दैन । कमाएर सापटी गरेको पैसा उठाउने कहिले ? त्यति मात्रै होईन, प्रशासनका मानिसको हामी डाक्टरहरुप्रति हेर्ने दृष्टिकोण यति तल्लो स्तरको हुन्छ की भन्न लायक पनि हुँदैन । कतिखेर कुटाई खानु पर्ने हो त्रासमा काम कसरी गर्ने । हामी पनि मान्छे हो नी मानौ हामीले नै मान्छे मारे जसरी अपराधिकरण गर्दै कुटपीट हुन्छ अनि कसरी काम गर्ने ? १५, १८ घण्टा काममा दलाउँछन अस्पतालले त्यहि डाक्टरको सेवाबाट दिनमा ५ लाख कमाउँछन तर हामी डाक्टरका लागि दिनको १ हजार दिन गाह्रो मान्छ ,अनि त्यस्तो देशमा बसेर न कामको मुल्यांकन छ नत पेशाको मर्यादा हुन्छ । यो बाक्यंश नेपाली डाक्टर जो एविविएस सकेर विदेश जाने तयारीमा रहेका बेला पोखेका वास्तविक गुनासो हो । उनले थपे ५० लाख खर्च गरेर पढे अब ३०, ४० लाख खर्च गरेर विदेश जान्छु यो म जस्ता हजारौ नेपाली डाक्टरको बाध्यता हो । सरकारी अस्पताल होस वा नीजि अस्पताल सबैतिर भनसुनको आधारमा डाक्टरको जागिर वा सुरुवा हुन्छ ।

    न्ेपाली डाक्टरहरु किन सबै विदेश जान्छन भन्ने तथ्यांक देखिएपछि सरकारले गरेको एक अध्ययन अनुसार विदेश जान चाहने डाक्टरको संख्या सर्वेक्षणमा सहभागी सतप्रतिशत डाक्टरले विदेश जाने सोच सुनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. टंकप्रसाद बाराकोटी संयोजकत्वको गठित समितिले गरेको सर्वेक्षणमा यस्तो अवस्था देखिएको हो ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसका सन् २०२२ मा एमबिबिएस उत्तीर्ण गरेकामध्ये ४३ विद्यार्थी सम्मिलित गरेर समितिले अध्ययन गरेको थियो । सर्वेक्षणमा सहभागी सतप्रतिशत विद्यार्थीले विदेश जाने सोच बनाएको जवाफ दिएका थिए । सर्वेक्षणमा ‘४३ मध्ये ४१ (९५ प्रतिशत)ले विदेशी परीक्षाका लागि दर्ता गरिसकेका थिए । बाँकी ४१ मध्ये पाँचजना सबै परीक्षा उत्तीर्ण गरी म्याचिङको प्रक्रियामा र ३१ जनाले परीक्षा दिँदै गरेका अवस्था देखियो । अधिंकाश चिकित्सक अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा (यूएसएमएलई) गर्ने सोचमा रहेको अधययनले देखाएको डा. बाराकोटीले बताएका छन ।

    अध्ययनको निस्कर्षमा डाक्टरहरुले देश छोड्ने कारण न्यून तलब र सुविधा, अध्ययन–अनुसन्धान र वृत्ति विकासको संभावना न्यून, अस्पताल रातारात कमाउने तर डाक्टरलाई न्यून तलबमा काम लगाउने र श्रम शोषणा भईरहेको, स्वास्थ्य संस्थामा घटिरहने हिंसाका घटना, जस्ता कारणले चिकित्सक नेपालमा काम गर्न नसक्ने औंल्याइएको छ ।

    चिकित्सा शिक्षा आयोगका अनुसार नेपालमा बर्सेनि करिब दुई हजार ५०० हाराहारीले एमबीबीएस पूरा गर्छन् । तीमध्ये एक हजारदेखि १५ सय हाराहारी राम्रो अवसरको खोजीमा विदेश पुग्छन् । सरकार होस वा स्वास्थ्यमन्त्रीले चिकित्सक दुर्गम जान मान्दैनन्, जिल्ला जान मान्दैनन भनेर भाषण मात्र गर्छन्, तर देशभित्रै टिकाइराख्न कुनै नीति बनाउँदैनन् ।

    सन् २०२३ मा दुई हजार ३१८, जना, सन् २०२२ मा एक हजार ९५४, जना, २०२१ मा एक हजार ३२७ र सन् २०२० मा ८६९ जनाले ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएका छन् । लिएका थिए । नेपालमा दर्ता रहेका चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिनुपर्छ । यो अवस्था हेर्दा बर्षेनी डाक्टरहरु विदेसिने क्रम बढी रहेको छ ।

    यसरी प्रमाणपत्र लिनेमध्ये सबैभन्दा बढी बेलायत जाने प्रक्रियामा लाग्ने चिकित्सक छन् । पछिल्लो चार वर्षमा एक हजार ५७८ जनाले बेलायत जान प्रमाणपत्र लिएका छन् । सन् २०२० मा १६२ जना, सन् २०२१ मा ३१९ जना, सन् २०२२ मा ५९२ जना र सन् २०२३ मा ५०५ जनाले बेलायत जान प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ ।
    अमेरिका जाने प्रक्रियामा लाग्ने चिकित्सकको संख्या पनि डरलाग्दो छ । पछिल्लो चार वर्षमा एक हजार ८८८ जनाले अमेरिका जान प्रमाणपत्र लिएका छन् । जसमा सन् २०२० मा २७६ जना, सन् २०२१ मा २७३ जना, सन् २०२२ मा ४९६ जना र सन् २०२३ मा ८४३ जना रहेका छन् ।

    यस्तै, माल्दिभ्स जान सन् २०२० मा २१६ जना, सन् २०२१ मा ४०३ जना, सन् २०२२ मा ४५३ जना र सन् २०२३ मा ३९५ जनाले प्रमाणपत्र लिएका छन् । अस्ट्रेलिया, यूएई, क्यानडा र कतार जाने चिकित्सकको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।

    यसरी चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको संख्या २.६७ गुणाले बढेको देखिन्छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. विश्व दवाडी नेपाली चिकित्सक विदेश जाने क्रम भयावह रूपमा बढिरहेको बताउँछन् । विदेशी नियामक निकायमा दर्ता हुन आवश्यक पर्ने गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका सबै व्यक्ति विदेश नै जान्छन् भन्ने चाहिँ हुँदैन । विदेशमा सहुलियत ऋण, अध्ययन गर्न छात्रवृत्ति, छोरा–छोरीको शिक्षादेखि स्वास्थ्य निःशुल्क हुने हुँदा डाक्टर आकर्षित भएका हुन ।

    नेपालमा चिकित्सक बन्न स्नातक तहमा पाँच वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । त्यसपछि स्नातकोत्तर तहका लागि तीन वर्ष डिएम/एमचिएच तहका लागि तीन–तीन वर्ष अध्ययन गर्नुपर्छ । स्नातक तहभन्दा माथि अध्ययन गर्न चाहिने कार्य अनुभवको कारण अध्ययन पूरा गर्दा नै धेरै चिकित्सक उमेर ४० वर्ष लागेको हुन्छ । नेपाली चिकित्सकको आधाभन्दा धेरै जीवन अध्ययनमै बित्ने गर्छ ।

    तर, जीवनको १२/१५ वर्ष र करोड रुपैयाँ खर्चेर पढेका चिकित्सकले जागिरको राम्रो अवसर नहुने, सेवा सविधा निकै कम हुँदा उनीहरूको आकर्षण नै विदेश बन्न जान्छ । देशमा आर्थिक, राजनैतिक र सामाजिक परिवेश डामाडोल छ । विशेष गरेर चिकित्सकमा नैराश्य छाएको कारण यो परिस्थिति आएको हो ।
    ‘अमेरिका, अस्ट्रेलिया, यूएई, क्यानडा र कतारमा नेपालमा भन्दा १० गुणा बढी पारिश्रमिक पाइन्छ,’ ती चिकित्सक भन्छन्, ‘लाखौं खर्च गरेर पढेँ, तर जागिर पाउने मुस्किल भएपछि विदेश जाने योजना बनाएको प्राय सबैको एउटै धारणा छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको संख्या ३४ हजार ९१० छ, जसमा १० हजार ५८८ विशेषज्ञ छन् ।

    नेपालमा कति डाक्टर छन् ?
    नेपाल चिकित्सक संघले २०७२ सालमा गरेको अध्ययनमा करिब ३६ प्रतिशत चिकित्सक देशबाहिर थिए । त्यसबेला काउन्सिलमा १७ हजार दर्ता भएका चिकित्सकमध्ये करिब ११ हजार मात्रै देशमा थिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीका अनुसार राज्यले स्वास्थ्यको जनशक्ति थप गर्नमा नजरअन्दाज गरिरहेको, अधिंकाश चिकित्सक असुरक्षित भएर भविष्यको डरले विदेश जाने क्रम उत्पन्न भइरहेको बताउँछन् । ३० वर्षअघि १ हजार ४०० हाराहारी रहेका सरकारी चिकित्सक संख्या अहिलेसम्म थपिएको छैन । निजी स्वास्थ्य संस्थाहरूमा शुल्क चर्को भए पनि त्यसअनुसार जनशक्ति छैन ।
    ‘एमबीबीएस मात्रै पढेको ४८ लाख शुल्क छ । अर्कोतर्फ सरकारी तर्फ ४८ हजार मात्रै तलब छ । निजीमा त श्रमशोषण भइरहँदा पनि काम गरिरहेका छन तर सुन्दा पेशा मर्यादित तर तलव सुविधा र काम भने असुरक्षित र जनजीवीका धान्न मुस्किल बन्दै गएको छ । जसका कारण डाक्टरहरु नेपालमा जति उत्पादन हुन्छन ८० प्रतिशत नेपाल बाहिर जान्छन ।

    Post Views: 176
    प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार ०८:१३
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.