• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पकै अगाडि मन्त्रिहरु नै मक्सविरुद्ध खनिए ट्रम्प मौन !

  •  
  • २०८१ फाल्गुन २७, मंगलवार ०८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार मन्त्रिपरिषद्को बैठक राखेका थिए । बैठक राख्नुको प्रमुखमध्ये एक उद्देश्य थियो– एलन मस्क र सरकारी खर्च कटौती गर्ने उनको प्रयासबारे छलफल । मिडिया रिपोर्टका अनुसार यस बैठकमा नेताहरूबीच चर्को बहस भएको थियो ।

    न्यूयोर्क टाइम्सका अनुसार मस्कले विदेशमन्त्री मार्को रुबियोलाई विदेश मन्त्रालयमा कर्मचारी कटौती गर्न असफल भएको आरोप लगाएका थिए ।

    बैठकमा मस्कले रुबियोको कामको प्रशंसा गरेनन् । बरु उनले ट्रम्पका अगाडि रुबियोमाथि व्यङ्ग्य गर्दै भने, “उनी टीभीमा मात्र राम्रो छन् ।”

    बैठकमा एलन मस्क र यातायात मन्त्री शन डफीबीच पनि भनाभन चल्यो । यो बहस संघीय उड्डयन प्रशासनमा पहिले नै ट्राफिक नियन्त्रकहरूको अभाव रहेको तथ्यमा भइरहेको थियो । यस्तो अवस्थामा मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डीओजीई)ले यो संख्या पनि घटाउने प्रयास गरेको थियो ।

    जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी एयरलाइन्ससँग सम्बन्धित दुईवटा दुर्घटना भएका छन्, जसका कारण डफीको मन्त्रालयमाथि थप छानबिन भइरहेको छ ।

    रिपोर्टहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बहसमा हस्तक्षेप गरेका थिए । उनले अझै डीओजीईप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारे । तर अबदेखि निर्णय लिने काम मन्त्रीहरूसँग हुने र मस्कको टोलीले सल्लाह मात्र दिन सक्ने ट्रम्पले बैठकमा बताएका थिए ।

    विदेश मन्त्रालयका प्रवक्ताले न्यूयोर्क टाइम्सलाई बताएअनुसार मन्त्रिपरिषद् बैठकमा छलफलहरू निकै राम्रोसँग भएको थियो । तर बीबीसीको जिज्ञासामा भने उनीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

    बैठकपछि ट्रम्पले ओभल अफिसमा मन्त्रिपरिषद्का सदस्यहरूले कहाँ कटौती गर्ने भनेर निर्णय गर्ने, तर यदि उनीहरू त्यसो गर्न असमर्थ भए भने कटौती गर्ने काम एलन मस्कले गर्ने स्पष्ट पारेका थिए ।

    “एउटा बैठक भयो । म मन्त्रिपरिषद्का सदस्यहरूले पहिले कटौती गरून् भन्ने चाहन्छु । उनीहरूले त्यसो गरे राम्रो हुनेछ, तर यदि उनीहरूले कटौती गरेनन् भने मस्कले गर्नेछन्,” ट्रम्पको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

    Post Views: 213
    प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार ०८:४०
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.