• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति कार्यलयमा आफन्त र नातागोता मात्रै

  •  
  • २०८१ चैत्र ५, मंगलवार ०५:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो ।

    सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए । सुशीललाई चिरञ्जीवी अधिकारीको स्थानमा नियुक्ती गरिएको हो । विज्ञ सल्लाहकारसँग असन्तुष्ट अधिकारी पारिवारिक कारण देखाउँदै केही समयअघि अमेरिका गएका छन् ।

    पौडेलको सचिवालयबाट हटाएपछि अधिकारीले आफु १८ वर्षसँगै बसेर काम गरेपनि एक पटक पनि हटाउनुअघि नसोधिएको गुनासो गरे । आफु बिदामा अमेरिका आएको र फर्कने तयारीमा रहेको जनाउँदै उनले भने,‘मैले राजीनामा गरेको पनि थिइन र छैन । एक पटक पनि नसोधी हटाएको खबर आउँदा दुख लागेको छ ।’ अधिकारी पछिल्ला वर्षमा पौडेलको स्वकिय सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

    राष्ट्रपति पौडेलको प्रमुख स्वकिय सचिवमा कान्छी छोरी अवज्ञा पौडेल छिन् । सुरुमा सुरेश चालिसेलाई परराष्ट्र विज्ञ सल्लाहकारसहित प्रमुख स्वकिय सचिवको जिम्मेवारी दिइएको थियो । बैकमा कार्यरत अवज्ञालाई पछि प्रमुख स्वकियको जिम्मेवारी दिइएको हो ।

    त्यस्तै,राष्ट्रपति पौडेलको वातावरण विज्ञ सल्लाहकारमा ज्वाइ प्रमेश्वर पोखरेल लाई नियुक्त गरेका छन् । राजनीतिक विज्ञ सल्लाहकारको जिम्मेवारी पूर्वप्रधानमन्त्री एबं राप्रपा नेता सूर्य बहादुर थापाका छोरा सुनिल थापा छन् भने कानुन विज्ञ सल्लाहकार बाबुराम कुँवर छन् ।

    आर्थिक सल्लाहकार (विज्ञ) चिरञ्जीवी नेपालले गत वर्ष नै राजीनामा दिएपछि किरण पोखरेल प्रेस विज्ञ सल्लाहकारमा बढुवा भएका छन् । त्यसअघि उनी सञ्चार सचिवको जिम्मेवारीसहित शीतल निवास छिरेका हुन् ।

    आफु विज्ञ सल्लाहकारमा बढुवा भएपछि रिक्त रहेको ठाउँमा उनले नयाँ मान्छे नियुक्ती गर्न वा अहिले सचिवालयमा कार्यरत मध्यबाट बढुवा गर्न असहयोग गर्दै आएको पोखरेलमाथि आरोप लाग्दै आएको छ ।

    राष्ट्रपतिको सचिवालयमा अहिले सहसचिवको जिम्मेवारीसहित सूर्यचन्द्र बस्नेत छन् । साथै शाखा अधिकृतको सुविधासहित खिला कार्कीका साथै पौडेलका नाती र भान्जी बुहारीलाई पनि राखेका छन् । दुरसञ्चार कार्यरत जेठी छोरी शर्मिलालाई काज सरुवामा शीतल निवास आएकी छिन् । राष्ट्रपति पौडेलले भाइको छोरा अनिल पौडेल ९भतीज०लाई युवा स्वरोजगारको उपाध्यक्ष नियुक्ती गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीलाई दवाव दिइरहेका छन् । कांग्रेस नेता शेखर कोइरालाले उक्त ठाउश्ँमा नेता गुरुराज घिमिरेलाई नियुक्त गर्न आग्रह गरेपनि पौडेलले नमानेको भन्दै चौधरीले अनिलको नामनै अघि बढाएका छन् ।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ चैत्र ५, मंगलवार ०५:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.