• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका भ्रमण गर्दा चनाखो हुनुहोस: यस्तो अवस्थामा तपाईको भिषा अमेरिका पुगेर पनि रद्द हुनसक्छ !

  •  
  • २०८१ चैत्र ८, शुक्रबार ०६:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    तपाई अमेरिका भ्रमण गर्दै हुनुहुन्छ भने तपाईको भिषा लागे पनि बीच बाटोबाटै फर्किनुपर्ने नहोला भन्न सकिन्न । मुख्य कारण तपाईको सामाजिक सन्जाल वा फोनमा कसैलाई पठाइएका म्यासेजहरु पनि जाँच हुन थालेको छ । यदि तपाईले फोनबाट वा कुनै सामाजिक सन्जालमा अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कट्टर बिरोध गरेका कुनै प्रमाण भेटिए तपाईको भिषा रिभोक वा तपाईको भ्रमण रद्द हुन सक्दछ । सामान्य जानकारी नहुँदा पछिल्लो समय यस्ता धेरै व्यक्ति अमेरिकी भुमिमा पुगेर फर्किनु परेको घटनाहरु सार्वजनिक भएका छन । अमेरिकी दुतावासहरुले पछिल्लो समय भिषा जारी भए पनि त्यसको अनुसन्धान गरी रद्द गर्न सक्ने सुचना जारी गरेको छ । त्यसको मतलव भिषा भए पनि कुनै पनि बेला अमेरिकी नीति विपरित कार्यहरु गरेकाहरुको हकमा भिषा रद्द हुने संभावना हुनेछ ।


    हो यस्तै घटना भएको छ फ्रान्सका एक वैज्ञानिक अमेरिकी भुमिमा पुगेर पनि फर्काइएको घटनाले विश्व समाचार बनेको छ । फ्रान्सको शोध मन्त्रीले एक फ्रान्सेली वैज्ञानिकलाई यस महिना संयुक्त राज्य अमेरिका प्रवेश गर्न अस्वीकार गरिएको बताएका छन । जब आप्रवासन अधिकारीहरूले एउटा विमानस्थलमा उनका फोन जाँच गरे र त्यसमा ट्रम्प प्रशासनको आलोचना गर्दै उनले साथी र सहकर्मीहरूसँग गरेका सन्देशहरू भेट्टाएपछि उनलाई एयरपोर्टबाटै फिर्ता पठाइयो । अमेरिकी दुतावासले भिषा दिनु पुर्व नै सामाजिक सन्जाल जाँच गर्दछ तर भिषा लिइसकेकाहरुको सन्र्दभमा कहिलेकाही त्यस्ता म्यासेज र सामाजिक सन्जालमा लाई वा रिपोष्ट गरेको भेटिएमा पनि अब तपाईको भ्रमण खतरामा पर्न सक्दछ ।

    ती फ्रान्सेली अनुसन्धानकर्ता,“ जो फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रको लागि एक सम्मेलनमा ह्यूस्टन यात्रा गर्दै थिए । ति वैज्ञानिकलाई संयुक्त राज्य अमेरिका प्रवेश नगर्न भन्दै मोवार्यल चेक गरेपछि फर्काइएको फ्रान्सका उच्च शिक्षा र अनुसन्धान मन्त्री फिलिप बाप्टिस्टले सोमबार एजन्सी फ्रान्स–प्रेसलाई दिएको बयानमा भनेका छन । ती अनुसन्धानकर्ताको फोनमा उनका सहकर्मी र साथीहरूसँगका आदानप्रदान म्यासेजमा उनले ट्रम्प प्रशासनको अनुसन्धान नीतिबारे व्यक्तिगत धारणा व्यक्त रहेको बताइएको छ । फ्रान्सेली समाचार एजेन्सीका अनुसार यो घटना ९ मार्चमा भएको द गार्जियन समाचारले लेखेको छ ।

    अमेरिकामा वैज्ञानिक अनुसन्धानको बजेटमा ठूलो कटौती गरेको कारण ट्रम्प प्रशासन र एलोन मस्कको आलोचना भईरहेको छ ती वैज्ञानिकले आफ्ना साथीलाई पठाएको म्यासेजमा ती कुराहरु उल्लोख गरिएको बताईन्छ । ती बैज्ञानिक ५६ औं लूनर र प्लानेटरी साइन्स सम्मेलन १० देखि १४ मार्चसम्म ह्यूस्टन बाहिर आयोजना गरिएको थियो र त्यहि सम्मेलनमा भाग लिन आएका थिए । अर्को महत्वपुर्ण विषय अमेरिकी नीति विपरित र्काय गर्नेहरु पनि यसरी अमेरिकी भुमिमा पुगे पनि फिर्ता गर्ने कानुनी प्रावधान छ । यस विषयमा अमेरिकी सरकारले कुनै आधिकारिक कुरा स्पष्ट पारेको छैन । अमेरिकी सिमा सुरक्षा वा एयरपोर्टमा खटिएका कर्मचारीहरुले सरकारबाट तोकिएको अधिकार प्रयोग गर्दा अमेरिकी नीति विपरित भए पनि फिर्ता पठाउन सक्ने अधिकार प्रत्यायोजन गरिएका हुन्छन । अमेरिकी दुतावासले भिषा जारी गर्दा नै ती कुराहरु स्पष्ट पारेका हुन्छन ।

    Post Views: 159
    प्रकाशित मिति: २०८१ चैत्र ८, शुक्रबार ०६:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.