• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ठुला देशहरुमा भिषा कडाई भएपछि अन्तर्राष्ट्रिय विधार्थीहरुले गन्तव्य बदल्न थाले

  •  
  • २०८१ चैत्र १३, बुधबार ०४:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आकर्शक आप्रवासन र शैक्षिक गन्तव्य रहेका मुलुकहरुले एकपछि अर्को गर्दै भिषामा कडाई गर्न थालेपछि अन्तर्राष्ट्रिय विधार्थीहरु तेश्रो गन्तव्य खोज्न थालेको एक रिर्पोटले जनाएको छ । खासगरी प्रमुख अङ्ग्रेजी बोल्ने गन्तव्यहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आवेदनमा स्वीकृति दरमा उच्च गिरावट, बसोबास महंगो र पढाईपछि काम पाउन कठिन हुन थालेपछि विधार्थीहरु गैर–अङ्ग्रेजी अर्थात कम अंग्रेजी बोल्ने देशहरूतर्फ सोझिन थालेका छन । जहाँ भिषा लाग्न सजिलो, काम पाईने र बासोबास सस्तो वा सजिलो जीवन यापन मुख्य आकर्षक मानिएको छ ।

    ग्लोवल एजुकेसन टे्रन्ड २०२५ रिपोर्ट अनुसार, अध्ययन विदेश परामर्श संस्थाहरु क्यानडा, अष्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिका जस्ता देशहरूले विद्यार्थीको चासोमा नाटकीय घटौती गरे पछि जर्मनी, फ्रान्स र फिनल्यान्ड जस्ता देशहरुमा तीव्र गतिमा आकर्षक विकल्पको रूपमा जान थालेको अध्ययनले उल्लेख गरेको छ । त्यसरी विधार्थीहरुले गन्तव्य परिवर्तन गर्न थाल्नुमा बढ्दो भिसा कडाई नीतिहरू, महंगो बसोबास, र अध्ययन पछि कामका अवसरहरूमा कमी रहेको देखिएको छ । विधार्थीहरुले जर्मनी, फ्रान्स र फिनल्यान्ड डेनमार्क जस्ता देशहरु राज्नुमा कम ट्यूशन शुल्क, भिषा सजिलै लाग्नु र दीर्घकालीन बसोबासको मार्गहरू सस्तो र सजिलै काम पाउने रहेका छन ।

    भौगोलिक र राजनीतिक परिवर्तन, आर्थिक दबाब, नयाँ सरकारहरू र द्रुत प्रविधिको विकाससँगसँगै विश्व परिस्थिति रूपान्तरण हुँदै गएका छन । विद्यार्थीहरू, संस्थाहरू र नीति निर्माताले जटिलताहरूको समाना गर्दै आएका छन । अन्तर्राष्ट्रिय शिक्षा पहुँच योग्य, अनुकूलनीय र प्रभावकारी नहुन थालेपछि अन्तराष्ट्र्रिय विधार्थीहरुको विकल्पका रुपमा नयाँ गन्तव्यहरु देखिन थालेका हुन ।

    मुख्य शिक्षा गन्तव्यहरूमा रहेका संस्थाहरू र सरकारहरू उच्च–गुणस्तरका अनुभवहरू सृजना गर्नमा केन्द्रित छन् । जसले विविध विद्यार्थीहरूको समूहलाई समृद्ध हुन सक्षम बनाउँछ । विद्यार्थीले जुनसुकै स्थान रोजेपनि समग्र शैक्षिक, सामाजिक र व्यावसायिक अब दीर्घकालीन संस्थागत सफलताका लागि स्थानहरु प्रिय लाग्ने भएकोले पनि विधार्थीका रोजाई फरक हुन थालेका हुन ।

    देशको भौगोलिक र राजनीतिक परिवर्तनहरू, भिसा नीतिहरूमा परिवर्तन, आर्थिक चुनौतीहरू र औैद्योगिकी प्रगतिको विस्तृत विश्लेषणले लक्षित रणनीतिहरू निर्माण गर्न सशक्त बनाउनेछ । यो रिपोर्टले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने निश्चित देखिएको छ । जर्मनीले अभिल्लो बर्षको तुलनामा ३ प्रतिशत बढी ३ लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्थान दियो । जर्मनीले अन्य देशको तुलनामा विद्यार्थीहरूलाई अध्ययनको क्रममा बढी घण्टा काम गर्न अनुमति दिन्छ र स्थायी आवासको लागि सरल मार्गदर्शन प्रदान गर्ने गर्दछ । साथै औसत ट्यूशन शुल्क धेरै कम रहेको छ, र धेरै कार्यक्रमहरू निःशुल्क प्रदान गरिन्छ ।

    त्यसैगरी फ्रान्समा अघिल्लो बर्ष ४ लाख ३६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गरेको तथ्यांक छ, जुन अघिल्लो वर्षको तुलनामा ५% वृद्धि हो । फ्रान्समा विद्यार्थीहरूको समायोजन सुधार गर्नका लागि नीतिहरू, जसमा निःशुल्क फ्रेन्च भाषा कोर्स र बृद्धि भएको आवास विकल्पहरू समावेश गरिएको बताईन्छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ट्यूशन शुल्क अत्यधिक अनुदान गरिएको छ र जसले विधार्थीहरुलाई जीवन यापनमा सजिलो बनाउँछ ।

    त्यस्तै फिनल्यान्डमा व्यवसाय र स्वास्थ्य सेवामा अंग्रेजीमा पढाइ हुने कार्यक्रमहरूको लागि आवेदनमा वृद्धि देखिएको छ । आवासीय मार्गहरूमा सुधार गरिएको छ, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना परिवारहरूलाई ल्याउन र स्थायी रूपमा बसोबास गर्न सजिलै अनुमति दिन्छ । विकासशील देशका विद्यार्थीहरूको लागि छात्रवृत्तिहरूको लागि बृद्धि भएको अध्ययनमा उल्लेख छ ।

    प्रमुख अङ्ग्रेजी बोल्ने गन्तव्यहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायतमा अन्तर्राष्ट्रिय आवेदनहरूको घट्दो मात्रामा देखिएको छ । जहाँ पढाई, बसोबास र अध्ययन फिहरु महंगो हुँदै गएको र भिषा प्रक्रियामा पनि जटिलता थपिएका छन । ती देशहरुमा भिषा लाग्ने क्रम पनि व्यापक कम हुँदै गएका छन । जुन तल देखाइएको छ ।

    chart

     

    Post Views: 205
    प्रकाशित मिति: २०८१ चैत्र १३, बुधबार ०४:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.