• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

असाईलम स्वीकृति भए पनि ग्रीन कार्ड प्रक्रिया स्थगित, अमेरिकामा अब एसाईलम वा शरणार्थी प्रक्रियाबाट आवेदन दिन नपाउने, ठुलो सख्यामा नेपाली प्रभावित !

  •  
  • २०८१ चैत्र १३, बुधबार ०६:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी होमल्याण्ड सुरक्षा विभागले केही शरणार्थी र अस्थायी शरणका लागि ग्रीन कार्ड आवेदनहरूको छानवीन प्रक्रिया रोक्ने घोषणा गरेको छ । अमेरिका आएर बसी रहेकाहरुलाई ग्रीनकार्ड प्रक्रियामा सहभागी नहोस भन्नका लागि यस्तो अस्थायी नियम लगाएको बताइएको छ । यसबाट सिमाबाट वा जुनसुकै मार्गबाट अमेरिका आएको भए पनि अब उनिहरुले ग्रीन कार्ड आवेदन दिन पाउने छैनन र ग्रीन कार्य आवेदन दिएकाहरुको पनि सबै प्रक्रिया ठप्प हुने सिएनविसीले समाचार छापेको छ । यो नियमले अमेरिका आएका व्यक्तिहरूलाई अनिश्चितताको अवस्थामा पुर्याएको छ ।

    अमेरिकी समाचार सस्था द हिलका अनुसार  अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूससिआइएस) को यो निर्देशनले ती शरणार्थी बनेर अमेरिकाहरु र विभिन्न कारण अमेरिकामा रहेर एसाईलम गरेर बसेका वा नगरेकाहरुलाई असर पर्ने देखिन्छ । किन की जसले असाईलम गरेका छन र उनिहरुको एसाईलम स्वीकृति भएको छैन भने यो आदेशबाट उनिहरुको सबै प्रक्रिया अब रोकिएको छ । कतिपय मानिसहरु अमेरिकामा रहेर असाईलम वा शरणको प्रक्रियामा सहभागी हुन खोजी रहेका छन भने उनिहरुका लागि पनि यो आदेशले आवेदन गर्न सक्ने छैनन । त्यति मात्रै होईन की ती व्यक्तिहरू जसले आप्रवासन अदालतमा सुरक्षाको लागि निवेदन गरेपछि शरण पाएका छन भने पनि उनिहरुको बाँकी प्रक्रिया पनि अगाडी नबढ्ने देखिन्छ ।

    “ठगी, सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षा चिन्ताहरू पहिचान गर्नको लागि, यूससिआइएसले थप जाँच र जाँच प्रक्रिया पूरा नगरेसम्म निश्चित आवेदनहरूको अन्तिम निर्णयमा अस्थायी रोक लगाउनेछ,“ डिएचएसले एक विज्ञप्तिमा भनेको छ । जसले ट्रम्पका दुई अलग कार्यकारी आदेशहरूलाई कार्यन्वयन गर्न मद्दत पुग्ने देखिन्छ । यो निर्देशनले बृहद रूपमा आप्रवासीहरूको ठूलो समूहलाई असर पुर्याउने छ । जो अमेरिकी नीति अनुसार नै शरणर्थी भएर अमेरिका आएका थिए जस्तै अफगानिस्तानबाट बाहिर निस्किएपछि अमेरिका आएका थिए, र ती व्यक्तिहरूलाई पनि जसले सीमामा पहिलो पटक शरणको दाबी गरेका थिए । यो अवस्थामा कति नेपाली प्रभावित होलान त्यो भने प्रष्ट छैन । एकिन कति भन्ने सख्या थाहा नभए पनि नेपालीहरु जो तल्लोबाटो अर्थात मेक्सिको हुँदै आएका आएका वा वैध बाटो बाटा अमेरिका आएर असाईलम गरेकाहरु पनि प्रभावित हुनेछन । त्यो सख्या एक अमेरिकी कानुन व्यवसायीका अनुसार निकै ठुलो हुन सक्नेछ । कतिपयका एसाईलक स्वीकृत भएर पनि ग्रीनकार्ड प्रक्रियामा छन भने कतिपय असाईलम नै स्वीकृत भएका छैनन । कतिपय अमेरिका आएर कुनै प्रक्रियामा रहेका छन भने उनिहरु सबैलाई यो प्रक्रियाले प्रभावित बनाउने छ । हजारौको सख्यामा नेपाली प्रभावित हुन सक्ने देखिन्छ ।

    Post Views: 131
    प्रकाशित मिति: २०८१ चैत्र १३, बुधबार ०६:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.