अमेरिकामा अध्ययनरत एफ, एम र जे प्रकारका विद्यार्थी भिसामा रहेका ३ सय भन्दा बढी विधार्थीको भिषा एकै दिन रद्द भएको छ । अमेरिका अध्ययन गर्न आएका विभिन्न किसिमका भिषामा रहेकाहरुले अमेरिकी नीति विपरित आन्दोलनमा सहभागी भएको भन्दै भिषा रद्द गरिएको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशमन्त्रि मार्क रुवियोद्धारा जारी मेमोमा उल्लेख भए अनुसार एकै दिन ती भिषाहरु रद्द भएका हुन जो अमेरिकी नीति विपरित अमेरिकी भुमिमा आन्दोलन गरेको प्रमाणका आधारमा जनाइएको छ ।

आन्दोलन चर्काई रहेका विभिन्न विश्वविधालयहरुमा अनुसन्धान भइरहेको भन्दै त्यो संख्या सयौमा पुग्ने अनुमान छ । छानबिन प्रक्रिया ७ अक्टोबर २०२३ को दिनदेखि अमेरिकाभित्र रहेका विद्यार्थीहरूमा पनि लागू हुनेछ । जसका भिसा नवीकरणको लागि पुर्ण रुपमा सामाजिक सन्जाल चेकजाँच गरेर मात्र नविकरण गरिने जनाइएको छ ।
विधार्थी आन्दोलनको आधारमा त्यस्ता विधार्थीहरुको आवेदनहरूलाई विशेष लक्षित गर्दै कडाई गर्ने विदेश मन्त्रालयले मेमो जारी गरेको छ । अमेरिकी विदेश मन्त्रलयले कन्सुलर अधिकारीहरूलाई आवेदकहरूको सामाजिक सन्जाल प्रयोगलाई शुक्ष्म अनुसन्धान गरेर मात्रै भिषा जारी वा नविकरण गर्न निर्देशनात्मक मेमो जारी गरेको हो । मेमोमा अधिकारीहरूलाई सबै विद्यार्थीहरूका सामाजिक मिडिया जाँच्न भनिएको छ, ताकि प्रशासनले परिभाषित गरेको राष्ट्रिय सुरक्षा वा आतंकवादको खतरा दर्शाउने गतिविधिहरूको प्रमाण भेट्न सकियोस् । रुबियोले बिहीबार भने कि उनले क्याम्पस प्रदर्शनसँग सम्बन्धित अन्तराष्ट्रिय विधार्थीहरुलाई लक्षित गर्दै ३०० भन्दा बढी भिसा रद्द गरेको स्वीकार गरेका हुन । पछिल्लो उदाहरण भनेको टफ्ट्स विश्वविद्यालयकी तुर्की फुलब्राइट स्कॉलर रुमेथकब ओजÞटर्कको गिरफ्तारी हो, जसलाई सामान्य पोशाकमा मास्क लगाएका एजेण्टहरूले दिउँसै पक्राउ गरेका थिए ।
प्रायजसो विश्वव्यपी रुपमा सन्चालनमा आउने मुख्य सामाजिक सन्जालहरु अमेरिकी कम्पनी हुन जसले विश्वभरमा कामािसहरुको तथ्यांक लिएर बसेको छ । त्यहि आधारमा समाजिक सन्जाल अनुसन्धान गरेर भिषा जारी गर्ने अमेरिकी सरकारको नीति बनेको हो ।
भिषा जारी गर्नु अघि वा नविकरण गर्नुअघि सबैको सामाजिक सन्जाल जाँच गरेर केहि भेर्टि त्यसको स्क्रनसट लिएर स्थायी डिजिटल रेकर्ड सिर्जना गर्ने र त्यसैको आधारमा प्रवेश अस्वीकृत गर्नको लागि प्रयोग गर्न सकिने उल्लेख छ । कसैले समाजिक सन्जालमा पोष्ट गरेका वा शेयर गरेका अमेरिकी नीति विपरितका विषय वस्तुहरु अमेरिकी भिषा लिने बेलामा डिलिट गरे पनि त्यो रेकर्डमा रहने गरी अमेरिकी सरकारले छानवीन गर्न सक्ने एक्सेस रहेको जनाइएको छ ।
यदि कुनै भिषा आवेदक व्यक्ति अमेरिकी नीति विपरित गतिविधिको वकालत गर्छ, वा त्यस्ता गतिविधि वा संगठनको लागि सार्वजनिक अनुमोदन वा सार्वजनिक वकालतको कुनै प्रमाण देखाउँछ भने, यस्ता मासिनहरु भिषा अस्वीकृत हुने प्रष्ट उल्लेख छ । त्यति मात्रै होईन अमेरिकी मानयताप्रति कठोर आलोचकहरु पनि अब भिषाका लागि अमान्य हने बताइएको छ । ती र त्यस्ता सस्था वा व्यक्तिहरुलाई समर्थन गर्ने वा मद्दत गरेको प्रमाण पाइएमा भिषा भएर अमेरिकी भुमिमा भएको भए डिर्पोट र अमेरिका आउने प्रक्रियामा भए भिषा नदिइने नीति लिइएको छ ।
अमेरिकी विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा विदेशमन्त्रि रुवियोको भनाई जस्ताको तस्तै : “हामीले देशभरिका क्याम्पसहरूमा देखेका छौं जहाँ विद्यार्थीहरू शैक्षिक संस्थामा जान सक्दैनन्, तपाईंले भवनहरू कब्जा गरिएका छन्, गतिविधिहरू चलिरहेका छन्, यो स्पष्ट रूपमा एक व्यवस्थित आन्दोलन हो । र यदि तपाईं यस देशमा विद्यार्थी भिसामा हुनुहुन्छ र ती आन्दोलनहरूमा सहभागी हुनुहुन्छ भने, हामीसँग तपाईंको भिसा अस्वीकृत गर्ने अधिकार छ । म सोच्दछु कि तपाईंको भिसा अस्वीकृत गर्नु समझदारीपूर्ण हुनेछ । हामी सतर्कतामा गल्ती गर्न चाहन्नौं । हामी संयुक्त राज्य अमेरिकाभित्र कार्यकर्ता निर्यात गर्ने छैनौं । तिनीहरू अध्ययन गर्न यहाँ आएका हुन् । तिनीहरू कक्षामा जान यहाँ आएका छन् । तिनीहरू यहाँ विध्वंसात्मक र विश्वविद्यालयहरूलाई कमजोर बनाउने कार्यकर्ताको आन्दोलनको नेतृत्व गर्न आएका छैनन् । मलाई लाग्छ यो पागलपन हो त्यसैले अनुमति रद्द कानुन संगत छ ।”
एफ–१ भिषा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हो जसले परंपरागत शैक्षिक कार्यक्रमहरूमा अमेरिकी कलेजहरुमा भर्ना हुन सक्दछन विद्यार्थीहरू एफ–१ विद्यार्थीको रूपमा कुनै पनि शैक्षिक स्तरमा भर्ना हुन सक्छन्, जसमा ती विद्यार्थीहरू पनि समावेश छन् जसले अंग्रेजी दोस्रो भाषा (ईएसएल) कार्यक्रमहरूमा भर्ना हुन चाहन्छन् । यो कतिपय अवस्थामा अमेरिकी सरकारले रकम उपलब्ध गराएर पढाएको हुन्छ ।
एम -१ भिषा पाउने विद्यार्थीहरू ती हुन् जसले व्यवसायिक कार्यक्रमहरूमा भर्ना पाएका हुन्छन । एम–१ भिषा अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रायः छोटो अवधिको कार्यक्रमहरूमा अध्ययन गर्न अमेरिका आउँछन र उनिहरुले प्राविधिक सीपहरू जस्तै पाककला, सौन्दर्य विज्ञान, अन्य प्राविधिक शिक्षा जस्ता क्षेत्रमा शिक्षा लिने गरेका छन । यस्ताहरु प्राय जसो अमेरिकी सरकारद्धारा स्पोन्सर गरिएकाहरु हुनेछन ।
जे –१ भिषा एक्सचेन्ज कार्यक्रम मार्फत आदान–प्रदान आगन्तुकहरू हुन । जो संयुक्त राज्य अमेरिका आउँछन् ताकि उनीहरूले विशेष गरी सांस्कृतिक आदान–प्रदानको लागि लक्षित कार्यक्रमहरूमा भाग लिनेछन । यद्यपि यो महत्वपूर्ण छ कि सबै जे–१ आदान–प्रदान आगन्तुकहरू यहाँ अध्ययन गर्नका लागि आउँदैनन् । जे–१ आदान–प्रदान आगन्तुक स्थिति अन्तर्गत विभिन्न प्रकारका सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू उपलब्ध छन् । यो भिषामा आउनेहरु पनि सबै रकम अमेरिकी सरकारद्धारा उपलब्ध वा पुर्णत स्पोन्सर गरिएका हुन्छन ।




