• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१४ बुँदे माल्टा घोषणापत्र जारी, एनआरएनए १७ औं युरोपेली सम्मेलन आयरल्याण्डमा हुने

  •  
  • २०८१ चैत्र १८, सोमबार ०६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं क्षेत्रीय सम्मेलन मार्च २८ – ३०,२०२५ मा माल्टामा भव्य रुपमा सम्पन्न भयो । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको यस सम्मेलनमा माल्टाका सम्माननीय राष्ट्रपति H.E. Myriam Spiteri Debono ले विशेष शुभकामना पठाउनुभयो ।नेपाल सरकारका तर्फबाट माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारीज्यूहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीज्यूहरु, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, सञ्चारकर्मी एवं यूरोप क्षेत्र र विश्वभरबाट सहभागी हुनुभएका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रह्यो। “नेपालमा लगानीः एकता र समृद्धिका लागि साझेदारी” भन्ने मुख्य नाराका साथ आयोजना गरिएको यस सम्मेलनमा विभिन्न विषयहरुमा छलफल गरियो । विशेष गरी सम्मेलनमा लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित र मर्यादित बैदेशिक रोजगार तथा श्रम आप्रवासन, गैरआवासीय नेपाली नागरिकता एवं गोर्खाज्का मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ता, च्यारिटी र मानवीय सहायता, पर्यटन, सांस्कृतिक प्रवर्धन, जस्ता विविध विषयमा गहन छलफल भयो।

    ———————–

    गैरआवासीय नेपाली संघ (NRNA)
    १६ औं युरोपीय क्षेत्रीय सम्मेलन
    २८–३० मार्च २०२५, माल्टा
    “नेपालमा लगानीः समृद्धि र एकता“

    निष्कर्षहरू
    गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं क्षेत्रीय सम्मेलन मार्च २८ – ३०,२०२५ मा माल्टामा भव्य रुपमा सम्पन्न भयो ।
    एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको यस सम्मेलनमा माल्टाका सम्माननीय राष्ट्रपति H.E. Myriam Spiteri Debono ले विशेष शुभकामना पठाउनुभयो ।नेपाल सरकारका तर्फबाट माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारीज्यूहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीज्यूहरु, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, सञ्चारकर्मी एवं यूरोप क्षेत्र र विश्वभरबाट सहभागी हुनुभएका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रह्यो। “नेपालमा लगानीः एकता र समृद्धिका लागि साझेदारी” भन्ने मुख्य नाराका साथ आयोजना गरिएको यस सम्मेलनमा विभिन्न विषयहरुमा छलफल गरियो । विशेष गरी सम्मेलनमा लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित र मर्यादित बैदेशिक रोजगार तथा श्रम आप्रवासन, गैरआवासीय नेपाली नागरिकता एवं गोर्खाज्का मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ता, च्यारिटी र मानवीय सहायता, पर्यटन, सांस्कृतिक प्रवर्धन, जस्ता विविध विषयमा गहन छलफल भयो। आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको महत्वपूर्ण भूमिका र भविष्यमा यसको एकता र रणनीतिक दृष्टिकोण, एनसीसीलाई सुदृढ गर्दै अवसरहरूलाई तीव्र बनाउने र चुनौतीहरू पार गर्ने रणनीतिहरू अपनाउनुपर्ने लगायतका विषयमा दिशानिर्देश गरिएको छ। सम्मेलनका निष्कर्षहरू निम्नानुसार रहेका छन्:

    १. एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै वंशजको नागरिकताकै निरन्तरता अपरिहार्यता हो।यद्पी नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजिकरणको लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली समबन्धी ऐन यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन अनुरोध गर्दछ।

    २. युरोपमा रहेका युवा र दोस्रो पुस्ताका बालबालिकाको चुनौती र संभावनलाई पहिचान गर्दै, हामी उनीहरूको सशक्तिकरणका लागि भाषा, संस्कृति र सामुहिकतालाई नेपालसँग जोड्न विभिन्न कार्यक्रमहरू सञ्चालन तथा कम्तिमा एउटा नेपाली भाषा स्कुल सञ्चालनका लागि पहल गर्न यो सम्मेलन एनसीसीलाई आग्रह गर्दछ।

    ३. सम्मानित सर्वोच्च अदालतका फैसलालाई सम्मान गर्दै आगामी मिति २०८२/०६/२५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा हुने गरी तय भएको संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने र त्यसबाट आएको नेतृत्वलाई हस्तान्तरण गर्ने निर्णय गर्दै उक्त महाधिवेशनलाई सफल बनाउन सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरूमा हार्दिक अपील गर्दै त्यसअघि उक्त महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको Membership Information System (“MIS”) प्रणाली मार्फत सदस्यता खुल्ला भइसकेका एनसीसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसीसीहरूमा तत्काल सुरु गर्न पुनः अनुरोध गर्दछौं। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) अनुसार सन् २०२५ साल जुलाई महिनामा एनसीसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरि सक्न यसै सम्मेलनमार्फत आग्रह गर्दछौं।

    ४. युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेघा प्रोजेक्टहरुलाई सफलतापूर्वक अघि बढाउने प्रतिबद्धता जनाउँदछ। १ हजार नेपाली महिला भएका देशहरुमा एउटा महिला सेल्टर स्थापनाका लागि एनसीसीहरु मार्फत पहल गरिनेछ। नेपालमा हुने १० औ राष्ट्रिय खेलकुदमा एनआरएनको तर्फबाट सहभागिता जनाउने र एनसिसी माल्टाको संयोजनमा फुटबलको नेतृत्व युरोपले गर्ने निर्णय भएको छ।

    ५. विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको नेपाल एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनको लागि हालसम्म भएका कानून संशोधनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ। यसका साथै धितोपत्र बोर्डले ल्याएको धितोपत्र निष्काशन तथा वितरण सम्बन्धि निर्देशिकामा संशोधन गरी सहज वातावरण निर्माण गर्न पनि यो सम्मेलन अनुरोध गर्दछ।

    ६. नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।

    ७. नेपाली दूतावास नभएका मुलुकहरु माल्टा,रोमोनिया, क्रोएसिया, पोल्याण्ड, साइप्रस लगायतका देशहरुमा नेपाली राजदूताबास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ। साथै युरोप क्षेत्रभित्र पर्ने आपतकालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा फाउण्डेशन मार्फत एक अक्षय कोष स्थापना गर्ने निर्णय गर्दछ। १० हजार नेपाली रहेको देशमा दुतावास, वा श्रम सहचारी राख्नका लागि ढिलाई नगर्न सम्मेलनले नेपाल सरकारलाई हार्दिक अपिल गर्दछ।

    ८. विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोयसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको अबैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न नेपाल सरकारसॅंग सहकार्य गर्दै संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलनले राष्ट्रिय समन्वय परिषद्हरु (एनसीसीहरुलाई) जिम्मेवारी प्रदान गर्दछ।

    ९. एनआरएनको अभियान सबै मन्त्रालयसँग जोडिन्छ। एनआरएनए ऐनमा समेत व्यवस्था भएको र १० वर्ष अघि गठनको प्रक्रियामा स्मरण गराउँदै हालसम्म गठन हुन नसकेको सल्लाहकार बोर्ड जसमा गैरआवासीय नेपाली संघसहित तालुकदार मन्त्रालय, सरोकारवाला समेत रहेको भनिएको छ। तसर्थ सबै मन्त्रालय र गैरआवासीय नेपालीसहितको सल्लाहाकार बोर्ड गठन गरी आगामी दिनमा नेपाल सरकारले गैरआवासीय नेपालीका सम्बम्धित सम्पूर्ण निर्णय गर्न यो सम्मेलन माग गर्दछ।

    १०. युरोप र एशिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली मुलका विदेशी नागरिक PNO को पहिचान(परिचयपत्र) को लागि यथाशक्य चाँडो आवश्यक कानूनी प्रबन्ध र पहल गर्न नेपाल सरकारसँग यो सम्मेलन माग गर्दछ। यस्तै बेलायतमा समान पेन्सन र समान अधिकारका लागि लामो समयदेखि संघर्षरत गोर्खाज्को माग सम्बोधनका लागि मन्त्रीस्तरिय संवादका लागि कुटनीतिक पहलका लागि यो सम्मेलन अपिल गर्दछ।
    ११. नेपालमा लगानीको लागि हाइड्रो र होटलसँगै अन्य क्षेत्रलाई पहिचान गर्दै सुचना प्रविधि, बन, कृषि,जडिबुटी, अनि बैकल्पिक उर्जाको रुपमा ग्रीन हाइड्रोजनको क्षेत्रमा काम गर्न यो सम्मेलनले सबै गैर आवासीय नेपालीलाई आग्रह गर्दछ।जलवायु परिवर्तनले पारेको असरलाई कम गराउदै कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि कार्बन बजारबट फाइदा लिने गरी त्यस्ता क्षेत्रमा लगानीको पहिचान गर्न र आवश्यक निति बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउछौं। स्वास्थ्य क्षेत्रमा विश्वभरी काम गरिहरेका नेपालीको अनुभव,ज्ञान र क्षमतालाई नेपालमा प्रयोग गर्न जरुरी रहेको हाम्रो ठहर छ।

    १२.म्यानमारमा गएको भुकम्पका भएको जनधनको क्षतिप्रती दुःख प्रकट गर्दै सम्मेलनका सहभागि र आइसिसीको तर्फबाट नेपाली मुलका भुकम्प पिडितहरुलाई २० लाख रुपैया सहयोग गर्ने निर्णय भएको छ।सो रकम एनसिसी मार्फत हस्तान्तरण गरिनेछ।

    १३. शुक्रवार काठमाडौमा भएको घट्नाप्रती दुःख व्यक्त गर्दै मृतकप्रती श्रद्धान्जली र शोक सन्तप्त परिवारप्रती समवेदना व्यक्त गर्दछौ। देशमा शान्ति अमनचयन कायम राख्न हामी सबै पक्षसॅग आग्रह गर्दछौ।

    १४.संघको आगामी १७ औं यूरोप क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डमा आयोजना गर्ने निर्णय गर्दछ।

    अन्त्यमा, यो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ माल्टा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्, यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरू, प्रायोजकहरू, आयोजक समितिका सदस्यहरू, स्वयंसेवीहरू, संचारकर्मीहरू लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

    मितिः १७ चैत्र, २०८१ साल, (तदनुसार २०२५ मार्च ३० )
    स्थानः माल्टा
    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

    Post Views: 189
    प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार ०६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.