अब अमेरिकामा अबैध रुपमा आएकाहरुले कुनै कारण ग्रीनकार्ड बनाए पनि नागरिकता भने कहिल्यै प्राप्त गर्ने छैनन । भर्खरै हाउस रिपब्लिकनहरूले एक विधेयक प्रस्तुत गरेका छन् जसले संयुक्त राज्य अमेरिका अवैध रूपमा प्रवेश गर्ने सबै आप्रवासीहरूलाई कहिल्यै कानूनी नागरिकता प्राप्त गर्न रोक्नेछ । फ्लोरिडाका प्रतिनिधि कोरी मिल्सले बिहीबार नो सिटिजन्सिप फर एलेन इन्वेडर्स एक्ट प्रस्तुत गरेका हुन । विधेयकलाई ओक्लाहोमाका प्रतिनिधि जोश ब्रेचीन, म्यारिल्यान्डका प्रतिनिधि एन्डी हैरिस, र फ्लोरिडाका प्रतिनिधि आना पौलीना लुनाले समर्थन गर्दै प्रस्तुत गरिएको छ ।

यो विधेयक ट्रम्प प्रशासनले अवैध आप्रवासनको प्रवर्तनमा आक्रमक रूपमा काम गरिरहेको समयमा आएको हो, जसले अमेरिकी मित्र राष्ट्रहरूबाट अमेरिका प्रवेश गर्नेहरुलाई तार्गेट गरिएको छ । गतहप्ताको सुरुमा, ट्रम्प प्रशासनले केहि ग्रीन कार्ड आवेदनहरू अमेरिका प्रवेशमा रोकिएको घोषणा गरेको थियो, जसले ती हजारौं मानिसहरूलाई प्रभावित गर्न सक्छ जो संयुक्त राज्य अमेरिका शरणार्थी वा एसाईलम प्राप्तकर्ताका रूपमा आएका थिए ।
यदि यो बील कार्यान्वयन भयो भने, नो सिटिजन्सिप फर एलेन इन्वेडर्स एक्टले आप्रवासन र राष्ट्रीयता ऐनको धारा ३१२ संशोधन गर्नेछ, जसको अनुसार विधेयकका प्रायोजकहरूले भनेका छन् कि यसले “अमेरिकी सार्वभौमिकता रक्षा गर्ने सुनिश्चित गर्नेछ र अहिले जसरी अवैध आप्रवासीहरू संयुक्त राज्य अमेरिका आप्रवासन प्रणालीलाई दुरुपयोग गर्न सक्दैनन् ।“ उनिहरुको दावी छ की यसले कानूनी शासनको पालन गर्दा सिमानामा सुरक्षा बलियो बनाउने काम गर्दछ ।

“नो सिटिजन्सिप फर एलेन इन्वेडर्स एक्टमा उल्लेख भए अनुसार अपराधी र अबैध रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई कहिल्यै अमेरिकी नागरिकता दिइने छैन । यो विशेषाधिकार केवल ती व्यक्तिहरूको लागि आरक्षित हुनेछ जो हाम्रो कानूनी प्रणालीलाई सम्मान गर्नेछन ।“ यसका लागि अलग कानूनहरू प्रस्ताव गर्नु र कंग्रेसका सदस्यहरूले त्यसमा मतदान गर्नु पर्नेछ । यदि पास भएपछि सिनेटबाट पास गरेपछि मात्रै कानुनी रुप लिनेछ ।
यस बिल संसदमा पेश गर्दै लुनाले अमेरिकाभित्र भएका अवैध रूपमा प्रवेश गरेर बस्ने लगभग २ करोड अर्थात २० मिलियन मानिसहरूको लागि नागरिकता प्राप्तिको बाटो थुन्ने ठुलो प्रयास भन्दै जसबाट अमेरिका बलियो बन्ने दावी गरेकी छिन ।
प्यू रिसर्च सेन्टरका अनुसार, संयुक्त राज्य अमेरिकामा अनधिकृत आप्रवासीको संख्या २०२२ मा १०.५ मिलियनबाट ११ मिलियनमा वृद्धि भएको छ—यो २०२२ अमेरिकी समुदाय सर्वेक्षणको डेटा अनुसार हालको अनुमान हो । यो वृद्धि २००७ देखि २०१९ सम्मको प्रवृत्तिलाई उल्टाएको हो । यद्यपि, २०२२ मा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने अनधिकृत आप्रवासीहरूको कुल संख्या २००७ को १२.२ मिलियनको उच्चतम अंकभन्दा कम थियो ।
संयुक्त राज्य गणना ब्युरोका डेटा संकेत गर्दै, प्यूको रिसर्चका अनुसार २२ मिलियन भन्दा बढी अनधिकृत आप्रवासी ६.३ मिलियन अमेरिकी घरहरूमा बसोबास गर्छन्, जुन देशभरका १३० मिलियन घरधुरीहरूको लगभग ४.८ प्रतिशत प्रतिनिधित्व गर्दछ ।
उक्त घरधुरीहरूको लगभग ८६ प्रतिशतमा, घरधुरीधारी वा तिनीहरूको जीवनसाथी अनधिकृत आप्रवासी छन् । लगभग ७० प्रतिशत घरधुरीहरू “मिश्रित स्थिति“ का छन्, अर्थात् ती घरमा कानूनी र अवैध दुवै प्रकारका मानिसहरु बसोबास गर्दछन ।
आप्रवासन वकिल रोसन्ना बेरेर्डीले न्युजवीकलाई दिएको जानकारी हनुसार यो विधेयक अन्य ट्रम्पका कडा आप्रवासन नीतिहरूसँग मेल खान्छ, जस्तै सन् १७९८ को एलियन एनेमीज ऐक्ट लागू गरेर शत्रुतापूर्ण मानिएका देशका आप्रवासीहरूलाई द्रुत निर्वासन गर्न । “कंग्रेसमा रिपब्लिकनको बहुमत भए तापनि, मलाई लाग्छ कि यो विधेयक पास गर्नमा महत्वपूर्ण अवरोधहरू आउनेछन्,“ बेरेर्डीले भनिन् । “आप्रवासन अझै पनि गहिरो विभाजनको मुद्दा बनेको छ, र रिपब्लिकन पार्टीभित्र पनि यसलाई कसरी समाधान गर्ने भन्नेमा विभिन्न दृष्टिकोणहरू छन् । यदि यो कानुन बन्यो भने अमेरिका आप्रवासीको देश भन्ने पहिचान भने हराउने छ ।


