• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

काठमाडौं हिंसा मच्चाएर दुर्गा प्रसाई उत्तरप्रदेश पुगे !

  •  
  • २०८१ चैत्र १९, मंगलवार ०६:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाल प्रहरीले खोजी गरिरहँका दुर्गा प्रसाईं भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन्। प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन। दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक आईजीपी दीपक थापाले छलफल गरेका थिए। छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताएका छन। प्रसाई घटना भएको तेश्रो दिन भारतको  उत्तरप्रदेश पुगेको बताइएको छ । कहाँ छ भन्ने पुष्टि नभए पनि उनि उत्तरप्रदेशमा त्यहाँका मुख्यमन्त्रि योगी आदित्य नाथको संरक्षणमा पुगेको हुनसक्ने बताइएको छ ।

    त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर बनाएको भिडिओ सार्वजनिक भएको थियो। उक्त मन्दिरको खोजी गरिएको प्रहरीको दाबी अनुसार उनि नेपालमा यस्तो छैनन । ‘हामीले त्यो खालका मन्दिर तराईमा हुने भएकाले नवलपरासीदेखि झापासम्म फोकस भएर अनुसन्धान गर्दा कहीँ पनि त्यस्तो मन्दिर भेटिएन। देशका अन्य भागमा पनि खोज्यौँ तर त्यो मन्दिर नेपालको नभई भारतको हो भन्ने निष्कर्षमा पुगेको बताइएको छ । उनी तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेर अराजकता मच्चाएकै दिन राति कान्ति लोकपथको बाटो हेटौँडा हुँदै भारत प्रवेश गरेको हुनसक्ने प्रहरीको आशंका छ। शुक्रबार पक्राउबारे निर्णय गर्न ढिलाइ हुँदा प्रसाईं भाग्न सफल भएको प्रहरीको दाबी छ।

    ‘दिउँसोसम्म निगरानीमै राखेका थियौँ। तर बेलुका आन्दोलनकारीले बितण्डा मच्चाएपछि हामी त्यता केन्द्रित भयौँ। पक्राउ गर्न अनुमति पनि आएको थिएन। राति मात्रै पक्राउ गर्न अनुमति आयो, त्यतिबेला उनी मोबाइल बन्द गरेर फरार भइसकेका थिए। हामीले सम्भावित एरियामा सर्कुलर पनि गरेको हो तर अहिलेसम्म पत्ता लागेको छैन । नेपाल प्रहरीले भारती मुख्यमन्त्रिले विगत देखि नै प्रसाईलाई सहयोग गर्दै आईरहेको निश्कर्ष निकाल्दै उनि  संरक्षणमा हुन सक्ने अनुमान लगाएका छन । एक पुर्व प्रहरीका आईजीपीका अनुसार उनि भारत पुगेको भए पक्राउ गर्न सकिंदैन किनकी भारतीय पक्षले गरेको पक्ष पोषणकै आधारमा प्रसाईले यो वितण्डा मच्चाउँदै आएको दावी गर्छन । त्यसैले अब यो कुटनीतिक विषय बन्ने देखिन्छ । विगतमा जसरी माओवादीलाई भारतीय पक्षले संरक्षण गरेको थियो यस्तै अब प्रसाईलाई सरक्षण गर्नेछन । भारतीय सस्थापन पक्ष अहिले नेपाल सरकारप्रति सकारात्मक नभएकाले पनि यो अवस्था आएको उनले दावी गरे । आफुलाई मुख्यमन्त्रि यो आदित्य नाथको आर्सिवाद रहेको निकटसंग बताउने गरेका थिए ।

    Post Views: 175
    प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार ०६:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.