• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि ओलीसंग थाईल्याण्ड जाने जम्बो टोलीमा कोको छन ?

  •  
  • २०८१ चैत्र १९, मंगलवार ०७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार थाइल्याण्ड जाँदै छन्। बिमस्टेक सम्मेलनसँगै पहिलो पटक प्रधानमन्त्री स्तरीय भ्रमणसमेत थाइल्याण्डमा हुने भएको छ। कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलो पटक औपचारिक भ्रमण हुँदै छ। २० गतेबाट औपचारिक भ्रमण सुरु हुनेछ।
    भ्रमणको क्रममा पर्यटन र संस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै संयुक्त प्रेस ब्रिफिङ हुनेछ।

    पाँच दिने भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले थाइल्याण्डका समकक्षी फेथोङथान सिनावातसँग औपचारिक भेटसमेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री स्तरको पहिलो भ्रमण भएकाले नेपालले विशेष चासोका साथ हेरिएको छ। सरकारी कर्मचारीहरुको दलबलसहित थाइल्याण्ड भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीसँगै जाने व्यवसायीहरुको लर्कोसमेत धेरै छ।

    प्रधानमन्त्री ओलीसँगै २६ जना उद्योगी व्यवसायी थाइल्याण्ड भ्रमणमा निस्कने तालिका छ। प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु र विभिन्न उद्योगीहरु व्यवसायी सहभागी हुने जनाएको छ।जसमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्वोत्सना श्रेष्ठ, चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्ष अर्जुन शर्मा र अन्तर्राष्ट्रिय चेम्बरको तर्फबाट राजेशकाजी श्रेष्ठ सहभागी हुने छन्।

    उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र केही पदाधिकारी सहभागी हुने जनाएको छ। यस्तै गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्याण, गोर्खा ब्रुअरीका सुरेन्द्र सिलवालसहित प्रतिष्ठित उद्योगी व्यवसायीको सहभागिता रहने छ। भ्रमणको क्रममा व्यवसायीहरुले दुई पक्षीय विभिन्न सम्झौताहरु गर्ने उल्लेख गरिएको छ।

    २२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुने छन्। सोही दिन बिहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुने छन्। दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँझ दूतावासमा हुने कार्यक्रमसँगै भ्रमणको कार्यक्रम सकेर २३ गते स्वदेश फर्किने छन्।

    Post Views: 161
    प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार ०७:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.