• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा डिर्पोटको रेकर्डमा रहेकाहरु भेटेमा दैनिक ९९८ डलर जरिबाना र सम्पति जफतः २ हजार नेपाली प्रभावित !

  •  
  • २०८१ चैत्र २७, बुधबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अबैध आप्रवासनलाई निरुत्साहित गर्न अमेरिकी सरकारले १९९६ को कानूनी प्रावधानमा आधारित भएर डिर्पोटका लागि आदेश पाएकाहरुले निर्धारित समयमा अमेरिका नछोडे त्यस्ता आप्रवासीहरूले प्रतिदिनका हिसावले जरिबाना तिर्नुपर्ने भएको छ । यदि निर्धारित समयमा अमेरिका नछाडे जरिवाना तिर्नुपर्ने र नतिरेमा भएका सम्पत्ति जफत गर्ने कानुन लागु गरेको हो । ट्रम्प प्रशासनले त्यस्ता आप्रवासीहरूलाई स्वेच्छाले देश छोड्न पनि आह्वान गरेको छ । प्रशासनले आप्रवासन आदेश प्राप्त गरेका आप्रवासीहरूलाई यदि उनीहरूले संयुक्त राज्य अमेरिका नछोडेमा दैनिक ९९८ डलरका दरले जरिवाना लगाउने र यदि तिनीहरूले त्यसरी तोकिएको रकम नतिरेमा उनीहरूको सम्पत्ति जफत गर्ने योजना बनाएको हो ।

    यी जरिवानाहरू तिराउने कानुन १९९६ को कानूनी प्रावधानबाट आएको हो । जुन पहिलो पटक २०१८ मा, राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको थियो । ट्रम्प प्रशासनले यी दण्डहरूलाई लागू गर्ने योजना बनाएको छ । अमेरिकी गृह सुरक्षा विभागकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनले एक विज्ञप्तिमा अमेरिकीमा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीहरूले ट्रम्प अन्तर्गत सिवीपी वानको नाममा परिवर्तन गरिएको मोबाइल एप “सिविपि होम“ एप प्रयोग गरेर “स्वनिर्वासन गरी देश छोड्न“ भनिएको छ । जुन एप प्रयोगमा ल्याईसकिएको बताइएको छ । त्यो एपमा गएर आफुले स्वेच्छाले अमेरिका छोडेमा आफ्नो भएका सम्पतिहरुको व्यवस्थापन गरेर छोड्न सकिनेछ अन्यथा राज्यको नियममा रहनुको विकल्प छैन ।

    ह्वाईट हाउसले अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्शनलाई ती आप्रवासीहरूको लागि जरिवाना, सम्पत्ति जफत र उनीहरूको सम्पत्ति बेच्नेसम्मको कानुन कार्यन्वयका लागि पत्राचार गरी सकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डिर्पोटको आदेश पाएर पनि अमेरिकामा बसरी रहेकाहरु एक करोड ४० लाख रहेको बताइएको छ । त्यस जरिवानाहरूले लगभग १.४ मिलियन आप्रवासीलाई लक्षित गर्दैछन्, जसलाई आप्रवासन न्यायाधीशले हटाउने आदेशसमेत दिई सकेको छ ।
    यहि कानुन प्रयोग गरेर राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चर्चहरूमा शरण लिने नौ आप्रवासीहरूमाथि लाखौ डलरको जरिवाना लगाएको रोयटर्स समाचारले जनाएको छ । जव राष्ट्रपति जो बाइडनले २०२१ मा पद सम्हालेपछि जरिवाना जारी गर्न रोकिदिएर यससँग सम्बन्धित नीतिहरूलाई खारेज गरेका थिए ।

    उता अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १७९८ को कानून प्रयोग गरेर अपराधमा आरोपित एवं ग्यांगका सदस्यहरुलाई निर्वासन गर्न अनुमति दिएको छ । जुन कानुन ऐतिहासिक रूपमा केवल युद्धकालमा प्रयोग गरिएको रोयटर्सले जनाएको छ । यो रिपब्लिकन राष्ट्रपति ट्रम्पको कठोर आप्रवासन नीतिको एक हिस्सा भनिएको छ । यसबाट अबैध रुपमा अमेरिकामा रहेकाहरुलाई अमेरिका छोड्न बाध्य बनाउनेछ । यसरी अमेरिका छोड्नुपर्ने अवस्थामा रहेका नेपालीको सख्या पनि पनि २ हजारभन्दा बढी रहेको बताइएको छ । त्यस्ता नेपालीहरु न्यूयोर्क, क्यालिफोनिया, टेक्सास, न्यूजर्सी मेरिल्याण्ड, ओहायो, वासिंटन डिसी, सियाटल, ओक्लाहोमालगायत राज्यहरुमा रहेको बताएको छ ।

    एसाईलम अस्वीकृत भएका, विधार्थी भिषामा आएर स्टाटस सकिएका, विभिन्न अपराधिक घटनामा संलग्न भएकाहरु राज्य फेर्दै लुकि रहेकाहरुमा पर्दछन । उनिहरु अब कुनै पनि हालतमा भाग्न नमिल्ने अवस्थाको श्रृजना हुँदै गएको छ । अब लुकेर बसेकाहरु जसले ट्याक्स फाईल गरेको भए पनि उनिहरुको तथ्यांकका आधारमा पनि पक्राउ गर्ने रणनीति सरकारले लिएको छ । त्यसो त पछिल्ला कानुनी अवस्थाहरु यस्तो बन्दै गएका छन कुनै पनि अवस्थामा कागजात नभएकाहरु सरकारको नजरमा भाग्ने वा कसैले सरंरक्षण गर्न सक्ने अवस्था कम हुँदै गएको छ । त्यसबाट कागजात विहिन ३६ हजार भन्दा बढी र डिर्पोटको लिष्टमा परेकाहरु १३ सय ६५ आफै अमेरिका नछोडेको खण्डमा सरकारको नजरमा कानुनी ढिलो वा छिटो कानुनी झमेलामा पर्ने निश्चित छ । उनीहरुमध्ये झण्डै ३ हजार नेपालीहरु अहिलेपनि अमेरिकाभित्रै रहेको झण्डै १५ सयलाई टीपीएसले संरक्षण प्रदान गरेको तथा झण्डै १४ सय कुनै पनि संरक्षण विना अमेरिकामा नै लुकिछिपी बसेको विभिन्न तथ्यांकले देखाएको छ । आइसले सार्वजनिक गरेको तथ्यांक अनुसार १३ सय ५६ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि लुकीछिपी विभिन्न राज्यहरुमा रहेका छन । जो डिर्पोटको लिष्टमा छन, जो कुनै पनि स्टाटसमा छैनन र लुकीलुकी राज्य परिवर्तन गर्दै रहेका छन उनिहरु अहिलेको कानुनी अवस्थामा जोखिममा रहने कानुन व्यासायीहरुले बताएका छन ।

    Post Views: 191
    प्रकाशित मिति: २०८१ चैत्र २७, बुधबार ०७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.