• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्र मन्त्रालयमा १० सहसचिवको सरुवा, को कुन महावाणिज्यदूतमा ?

  •  
  • २०८१ चैत्र २८, बिहीबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    परराष्ट्र मन्त्रालयले केहि सहसचिवलाई विदेशस्थित नेपाली महावाणिज्यदूतमा सरुवा गरेको छ। यसअघि सहसचिव तहका अधिकारीहरू राजदूत वा कतिपय नियोगमा उपप्रमुखको जिम्मेवारीमा पठाइने भए पनि पहिलोपटक महावाणिज्यदूतावासकै जिम्मेवारीसहित सरुवा गरिएको हो। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार अनुसार परराष्ट्र सेवाबाट पहिलोपटक महावाणिज्यदूत बन्ने अवसर पाउनेमा सुरेश अधिकारी टेक्सास डलास अमेरिका, लक्ष्मण खनाल सानफ्रान्सिस्को–अमेरिका, हरि ओडारी दुबई–यूएई रहेका छन्। तीन स्थानमा महावाणिज्यदूत स्थापना गर्ने निर्णय गत कार्तिकमा भएको थियो ।

    यसैगरी अपग्रेड गरिएका दुई महावाणिज्यदूतावासमा पनि परराष्ट्र मन्त्रालयकै प्रथम श्रेणीका अधिकारीहरूलाई सरुवा गरिएको छ। त्यसमध्ये न्युयोर्कस्थित महावाणिज्यदूतावासको प्रमुखमा ददी भण्डारी र जेद्दामा पारस पण्डित सरुवा भएका छन्। यसअछि यी महावाणिज्यदूतावासको प्रमुख उपसचिव तहका अधिकारी थिए। यसअघि भारतको कलकत्ता, चीनको ल्हासा, छन्दु, हङकङ, गोन्जाओ, साउदी अरबको जेद्दा र संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गरी नेपालका कुल ७ वटा महावाणिज्य दूतावास थिए। गत कार्तिकमा थप तीन सहरमा नयाँ महावाणिज्यदूतावास स्थापना गर्ने निर्णयसँगै नेपाली महावाणिज्यदूतावासहरूको संख्या १० पुगेको छ।

    परराष्ट्र मन्त्रालय श्रोतका अनुसार तीनजना सहसचिवहरूलाई पनि विभिन्न नियोगमा उपनियोग प्रमुखका रुपमा सरुवा गरेको छ। त्यसमध्ये रोशन खनालले बेइजिङस्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी पाएकी छन् भने डमरुबल्लभ भट्टराईलाई जेनेभा र धनबहादुर मगरलाई न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा उपनियोग प्रमुखको जिम्मेवारी दिइएको छ।

    त्यसो त यसअघि पनि महावाणिज्य दूतावासहरूमा सहसचिव तहकै कर्मचारी पठाइने गरिन्थ्यो। तर, उनीहरू परराष्ट्र सेवाका नभई निजामती अन्तर्गत अन्य सेवाका सहसचिवहरू हुने गर्थे। कार्तिकमा परराष्ट्र सेवा अन्तर्गत ११ जना सहसचिव र दुुई मुलुकका तीन सहरमा नयाँ महावाणिज्यदूतावास स्थापनासँगै परराष्ट्र सेवाबाट पनि महावाणिज्यदूत पठाउने निर्णय गरिएको हो। पछिल्लो समय दरबन्दी थप पछि पपराष्ट्र मन्त्रालय चलायमान भएको छ ।

    Post Views: 198
    प्रकाशित मिति: २०८१ चैत्र २८, बिहीबार ०८:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.