• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा सयौ नेपाली विधार्थीको भिषा र सेभिज रद्द: अन्तर्राष्ट्रिय विधार्थीहरु त्रासमा !

  •  
  • २०८१ चैत्र २९, शुक्रबार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका अध्ययनका लागि आएका अन्तर्राष्टिय विधार्थीहरुका लागि पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गएको छ । गएका तीन हप्तामा न्यूयोर्क, क्यालिफोनिया र टेक्सासमा रहेका नेपाली कानुन व्यवसायीहरुको सम्पर्कमा आएका करिब ३ सय भन्दा बढी नेपाली विधार्थीहरुको भिषा र आगन्तुकहरुको सेभिज रद्द गरिएको समाचार छ । यो संख्या अझै बढी हुने अनुमान छ । न्यूयोर्कमा कानुन व्यवसाय गर्दै आएका डिल्ली भट्टका अनुसार सन् २०१६ देखि हालसम्म गरिएका सानातिना गल्ती वा अभियोग पुष्टि नभएका विषयलाई समेत आधार मानेर विधार्थीहरुको भिषा रद्द गरिएको पत्र पाएका छन । त्यसबाट सयौ विधार्थीहरु अन्यौलमा परेका छन । झण्डै १० बर्ष अघिदेखिको केशहरुलाई आधार मानेर पनि विधार्थीहरुको भिषा रद्द भएका सुचना आएको कानुन व्यवसायी भट्टले बताए । सन २००३ जनवरी ३० देखि, स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर ईन्फरमेसन सिष्टम (सृभिज) को प्रयोग नयाँ आई–२० फारम जारी गर्न अनिवार्य भएको हो ।

    सोसल मिडियामा अमेरिकी विश्वविधालयमा गरिएका आन्दोलनको समर्थन गरिएका, अमेरिकाले शत्रुको सुचिमा राखेका देशहरुको समर्थन गरिएका आधारमा, अमेरिकी नीतिको विरोधमा गरिएका पोष्ट, कुनै बेला मादक पदार्थ खाएर वा कुनै कारण गाडी चलाउँदा भएको गल्तीका कारण प्रहरीले समातेको तर दोशी नदेखिएको वा अदालतबाट सफाई पाएको केसमा समेत भिषा रद्द गरिएको घटना आफ्नो सम्पर्कमा आएको व्यवसायी भट्टले बताएका छन । यसबाट अन्तराष्टिय विधार्थीहरु आतंकित भएका छन र यस्ता घटना दिनमा नेपाली भारतीय, बंगलादेशी र अन्य देशका ३० भन्दा बढीका दरले आफु सम्पर्कमा आएको व्यवसायी भट्टले जानकारी दिए ।

    त्यसरी भिषा रद्द भएको ईमेल नेपालस्थित अमेरिकी दुतावासबाट आएका छन भने र सेभिज रद्दको ईमेल सम्बन्धित कलेजहरु वा दुतावासबाट पाई रहेका छन । नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड भनेको अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई अवस्थाको जानकारी राख्ने डेटाबेस प्रणालीका आधारमा हुने गरिएको बताइएको छ । यस्ता सुचना ईमेलबाट पाएका विधार्थी वा आगन्तुकले ६० दिनभित्र अमेरिका छोड्नु पर्दछ वा भिषाको स्टाटस परिवर्तन गर्नुपर्ने हुन्छ अन्यथा अमेरिकामा बसी रहनु अबैध हुनेछ । विधार्थीका हकमा उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउनेछन ।

    के हो सेभिज रेकर्ड ?
    सेभिष रेकर्ड भनेको अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) द्वारा सञ्चालित एउटा इलेक्ट्रोनिक रेकर्ड सिष्टम हो, जसले अमेरिका आएका गैर–आवासीय विद्यार्थीहरू एफ–१ एम –१) तथा भिजिटर एक्सचेन्ज आदान–प्रदान कार्यक्रमका पाहुनाहरू (जे–१) भिषा बाहकको आप्रवासन स्थिति ट्र्याक गर्छ । यसले सरकारका निकायहरूलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक डेटा उपलब्ध गराउने सुनिश्चित गर्छ । सरकारको नीति अनुसार राष्ट्रिय सुरक्षाको विषयलाई आधार मानेर यस्ता सुचना उपलब्ध गराउने गर्दछ । सेभिषको रेकर्डमा विद्यार्थी वा आदान–प्रदान कार्यक्रमका पाहुनाको व्यक्तिगत विवरण, अध्ययन कार्यक्रम, र आप्रवासन स्थिति जस्ता जानकारीहरू समावेश हुन्छन् । यसमा अमेरिका प्रवेश, दर्ता, र स्थिति परिवर्तन जस्ता महत्वपूर्ण घटनाहरूको ट्र्याकिङ पनि गरिन्छ ।

    Post Views: 133
    प्रकाशित मिति: २०८१ चैत्र २९, शुक्रबार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.