• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका अबैध आप्रवासीले आजदेखि अनिवार्य संघीय सरकारमा दर्ता हुनुपर्ने, अन्यथा जेल र जरिवाना !

  •  
  • २०८१ चैत्र ३०, शनिबार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा रहेका अबैध वा कागजात नभएका आप्रवासीहरुले संघीय सरकारमा आफ्नो अवस्था दर्ता गराउनु पर्ने नियम आज शुक्रबारबाट अनिवार्य भएको छ । होमल्यान्ड सेक्युरिटीले फेब्रुअरी २५ मा घोषणा गरेर अबदेखि अमेरिकामा अवैध रूपमा रहेका सबैले संघीय सरकारसँग अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ भनिएको थियो । यो मुद्दामा विहिबार भएको अदालतको फैसलापछि शुक्रबारबाट अनिवार्य रुपमा दर्ता गर्नुपर्ने भएको हो । जो व्यक्तिहरूले आफूलाई स्वयं रिपोर्ट गर्दैनन्, तिनीहरूले जरिवाना वा मुद्दाको सामना गर्नुपर्नेछ । दर्ता नगर्नु आपराधिक कार्य मानिनेछ, र दर्ता प्रमाणपत्र साथमा नबोक्ने हो भने कैद वा जरिवानाको जोखिम रहने बताइएको उल्लेख छ ।
    होमल्यान्ड सेक्युरिटीको आदेशलाई चुनौति दिंदै आदलतमा परेको रिटमा अमेरिकी जिल्ला अदालतले बिहीबार ट्रम्प प्रशासनलाई गैर कानुनी रूपमा अमेरिकामा बसोबास गर्ने वा प्रवेश गर्ने आप्रवासीलाई सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने योजनालाई अगाडि बढाउन अनुमति दिएको हो । यो नियमअनुसार दर्ता नगर्ने आप्रवासीलाई जरिवाना वा कैदको सजाय हुन सक्नेछ भन्ने सरकारी आधारलाई अदालबाट स्वीकार गरिएको छ ।

    यो दर्ता प्रक्रिया सबै १४ वर्ष वा सोभन्दा माथिका अवैध स्थितिमा रहेका व्यक्तिहरूका लागि अनिवार्य हुनेछ । दर्ता गर्नेहरूले आफ्नो औंठाछाप र ठेगाना अनिवार्य रुपमा खुलाउनुपर्नेछ । १४ वर्षभन्दा मुनिका नाबालकहरूको हकमा उनीहरूका आमाबाबु वा अभिभावकले दर्ता सुनिश्चित गर्नुपर्ने उल्लेख छ । यो नियम शुक्रबारदेखि लागू हुँदै छ, जसअनुसार हालसम्म दर्ता नभएकाहरूले नयाँ सरकारी वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ र सधैँ दर्ता कागजात बोकेर हिँड्नुपर्नेछ। अन्यथा, उनीहरूलाई आपराधिक दण्डको सामना गर्नुपर्ने हुन सक्छ।
    वासिङ्टनका जिल्ला न्यायाधीश ट्रेवर म्याकफ्याडेनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)को यो नियमविरुद्ध मुद्दा दायर गर्ने समूहहरूले आफ्नो मुद्दा पुष्टि गर्न आवश्यक आधार प्रस्तुत गर्न नसकेको ठहर गर्दै आदेश दिएको हो ।

    नेशनल इमिग्रेसन ल कन्सल्टिङ सेन्टरका उप–कानुनी निर्देशक निकोलस एस्पिरिटुले एपीसंग भनेका छन यो फैसलालाई ‘निराशाजनक’ भन्दै यसले आप्रवासीलाई कठिन परिस्थितिमा पार्ने बताए । उनले भने, “यो नियमले मानिसहरूलाई दर्ता गरेर तत्काल डिर्पोटको जोखिम मोल्ने वा दर्ता नगरेर दण्डको सामना गर्ने भन्ने छनोट गर्न बाध्य पार्नेर्छ ।”सरकारले आदेश दिएपनि अदालतको आदेश कुरी रहेका अबैध आप्रवासीहरुले अब अनिवार्य रुपमा संघीइ सरकारसंग दर्ता गर्नुपर्नेछ ।

    अदालतको निर्णयपछि तुरुन्तै, होमल्यान्ड सेक्योरिटी विभागका अधिकारीहरूले विज्ञप्तिमा जोड दिएका थिए कि जसले ३० दिन वा सोभन्दा बढी समयदेखि देशमा रहेका छन्, तिनीहरूको लागि दर्ता गर्ने अन्तिम मिति शुक्रबार हो र आगामी दिनहरूमा, दर्ता अनिवार्यतासमेत पूर्ण रूपमा कार्यान्वयन गरिनेछ ।

    ्स्मरणीय रहोस अमेरिकी कानुनले लामो समयदेखि आप्रवासीलाई (चाहे गैरकानुनी रूपमा नै किन नहोस) दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । तर, यो नियम नियमित रूपमा कार्यान्वयन भएको थिएन । ट्रम्प प्रशासनले भने गैर कानुनी आप्रवास रोक्न र गैरकानुनी रूपमा बसोबास गर्नेहरूलाई निर्वासन गर्न वा आफ्नो देशमा कस्ता मानिसहरु बस्दछन भन्ने रेकर्ड राख्न भन्दै दर्ता अनिवार्य गराएको हो । यो निणर्यलाई अमेरिकामा कस्ता मानिसहरु बसोवास गर्दछन भन्ने तथ्यांक राखेर सरकारले आफ्नो सुरक्षाको ग्यारेन्टी गरेको भन्दै आएको छ । यो कानुन जसको ग्रीनकार्ड छैन सबैका हकमा यो नियम लागु हुनेछ ।

    Post Views: 165
    प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिबार ०७:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • २. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ३. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ४. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ५. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.