• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१२ देशका राजदूत ‘डिप्लोम्याटिक रिट्रिट’ मा ईलाममा

  •  
  • २०८२ बैशाख १, सोमबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रन्त्री आरजु राणा देउवाले १२ देशका नेपालस्थित राजदूतहरुलाई रिट्रिट दिएकी छन् । नयाँ वर्षको अवसर पारेर परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाडाको प्रवर्द्धनको लागि संयुक्त रुपमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।

    ‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिईएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले कन्याममा स्वागत गरेका थिए । विदेशी राजदूतहरुले स्वागतका लागि प्रदर्शन गरिएको सांस्कृतिक झाँकीको अवलोकन गरे । झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै उनीहरुले कन्याममा घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए ।

    मन्त्री आरजु देउवासहित महामहिम राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।

    नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनको लागि विगतमा समेत यस्तो रिट्रिटको आयोजना हुने गरेको पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए। भोलि विहान अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, दिउसो अन्तुपोखरीमा वोटिङ गर्ने तथा मंगलबार काठमाण्डौ फर्किने तयारी रहेको जोशीले बताए ।

    रिट्रिटमा मन्त्री देउवासँग इजिप्टकी राजदूत नोहा हाम्डी अहमद एल्गेबाली, रिपब्लिक अफ कोरियाका राजदूत पार्क टेइयोङ्ग, वेलायतका राजदूत रोब फेन, स्विटजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टेलियोन, थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्न, अष्ट्रेलियाकी राजदूत लेन जोनस्टोन, फ्रेञ्च रिपब्लिककी राजदूत भर्जिनी कोर्टेभाल, इजरायलका राजदूत स्मुलिक एरी बास, जापानका राजदूत माएडा तोरु, मलेसियाका राजदूत मोहम्मद फिर्डास बिन आजमान, श्रीलंकाकी राजदूत सिआर मुनासिंहे, बङ्गलादेशका राजदूत मोहम्मद हुमायुन कबिर सहभागी छन् ।

    कार्यक्रममा इजिप्ट, रिपब्लिक अफ कोरिया, वेलायत, स्विटजरल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रेञ्च रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका र बङ्गलादेश सहभागी भए ।

    Post Views: 145
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार ०७:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.