• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“भुलबस” अमेरिकी नागरिक कानुन व्यवसायीलाई देश छोड्न ईमेल

  •  
  • २०८२ बैशाख ३, बुधबार ०६:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा जन्मेकी एक अमेरिकी नागरिक तथा म्यासाचुसेट्सकी आप्रवासन कानुन व्यवसायीले आफूलाई आप्रवासन अधिकारीहरूले देश छोड्नू पर्ने व्यहोरा उल्लेख भएको इमेल पठाएको खुलासा गरेकी छन् । निकोल मिचेरोनीले ११ अप्रिलमा आएको एउटा इमेलको बारेमा बताउँदै भनिन् कि त्यसको शीर्षक थियो “प्यारोलको समाप्तिको सूचना” ।
    इमेलमा लेखिएको थियोः “तपाईं अब अमेरिका छोड्ने समय आएको छ । यदि तपाईं तुरुन्तै अमेरिका नछोड्नु भएमा तपाईंमाथि कानुनी कारबाही हुन सक्नेछ र तपाईंलाई अमेरिका निकालिन सक्नेछ ।” मिचेरोनीले सन्चार माध्यममा दिएको बयानमा “पहिलोपटक त मैले सोचेँ यो कुनै मेरो क्लाइन्टको लागि हो, तर जब मैले ध्यानपूर्वक हेरेँ, त्यो इमेलमा मेरो नाम मात्रै थियो ।” उनले थपिन्, “शायद गल्तीले मलाई पठाइएको होला भन्ने आशा छ । तर यस्तो इमेल अमेरिकी नागरिकहरूलाई आइरहेका छन् भन्ने कुरा अलिकति चिन्ताजनक छ ।”
    मिचेरोनीलाई आएको इमेलको खबर त्यस्तो समय आएको हो जब ट्रम्प प्रशासनले गैर–नागरिकहरूलाई अमेरिका बाट हटाउने कडा अभियान चलाइरहेको छ । जसमा कानुनी रूपमा अमेरिका बसोबास गरिरहेका र कुनै अपराधमा संलग्न नभएका व्यक्तिहरू पनि समावेश छन् । ट्रम्पले यसअघि निर्दिष्ट नगरिएको अपराध गर्ने अमेरिकी नागरिकहरूलाई पनि देशबाट निकालेर एल साल्भाडोरको जेलमा पठाउने बारेमा खुलेर टिप्पणी गरेका छन् ।
    अमेरिकी आन्तरिक सुरक्षा विभागले जनाए अनुसार मिचेरोनीको नाम र सम्पर्क विवरण उनका क्लाइन्टहरूको कागजातमा भएको कारणले गर्दा त्यस्तो सूचना पठाइएको हुनसक्छ ।

    Post Views: 162
    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार ०६:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने
    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
    बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    • २. अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    • ३. बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन

    • ४. अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

    • ५. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ४. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.