• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सोनिया र राहुल गान्धिबिरुद्ध १२ बर्ष पुरानो सम्पति सुद्धिकरण मुद्दा

  •  
  • २०८२ बैशाख ३, बुधबार ०६:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले भारतीय राष्ट्रिय कंग्रेसका पूर्वसभापतिहरू सोनिया गान्धी र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता गराएको छ ।

    नेशनल हेराल्ड अखबारसँग जोडिएको एक सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ईडीले मंगलबार सोनिया र राहुलविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । यो मामिलामा छानबिनको माग गर्दै १२ वर्षअघि सन् २०१२ मा उजुरी परेको थियो ।

    लोकसभाका सांसद रहेका सोनिया र राहुल आमा–छोरा हुन् । राहुल लोकसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुन् ।

    प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले ईडीको यो कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । र, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले अनधिकृत रूपमा दिएको धम्कीको रूपमा लिएको जनाएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार ईडीले यो मामिलामा जोडिएको अनुसन्धानपछि पछि कंग्रेसका यी दुई वरिष्ठ नेताविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । विशेष न्यायाधीश विशाल गोग्नेले ९ अप्रिलमा ईडी कार्यालयले दिएको अभियोगपत्र दायर गर्दै २५ अप्रिलका लागि सुनुवाइको समय तोकेका छन् ।

    अभियोगपत्रमा कंग्रेस नेता सैम पित्रोदा र राजीव गान्धी फाउन्डेशनका ट्रस्टी सुमन दुबेलाई पनि अभियुक्त बनाएको छ । नेशनल हेराल्ड अखबारका प्रकाशन एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल)ले प्रकासन गर्दै आएको छ । यसको स्वामित्व हक यङ इंडियन प्राइवेट लिमिटेडसँग छ । सो कम्पनीमा सोनिया र राहुलको पनि साझेदारी छ ।

    नेशनल हेराल्डको प्रकाशन सन् १९३८ मा नेहरूले सुरु गरेका थिए । सन् १९३७ मा एसोसिएटेड जर्नल्स लिमिटेड स्थापना भएको थियो । यसमा करिब पाँच हजार सेयर होल्डर्स थिए । यो कम्पनीले नेशनल हेराल्डका अलावा कौमी आवाज र नवजीवन नामका अन्य दुई अखबार पनि प्रकाशित गर्ने गरेको थियो ।
    सन् १९४७ मा नेहरू प्रधानमन्त्री बनेपछि उनले बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । प्रकाशन सुरु भएको ७० वर्षपछि २००८ मा आर्थिक संकटको कारण अखबार बन्द भएको थियो । त्यसको ८ वर्षपछि सन् २०१६ मा त्यसको अनलाइन संस्करण पुनः सुरु भएको हो ।

    Post Views: 159
    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार ०६:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.