अवैध आप्रवासी रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई मेक्सिकोसँगको दक्षिणी सीमामा खटाउने निर्णय गरेका छन्। यो निर्णयअनुसार एरिजोना र न्यू मेक्सिको राज्यमा करिब १७० माइल लामो क्षेत्रलाई राष्ट्रिय रक्षा क्षेत्र घोषित गर्दै सेनाले सिमा रक्षा गर्ने छ । जहाँबाट लाखौ अवैब आप्रवासी अमेरिका छिरेका थिए भने राष्ट्रपतिको यो कदमपछि अबैध आप्रवासी सिमाबाट छिर्ने कार्य रोकिने छ । यो दक्षिणी सिमा क्षेत्र नै यस्तो स्थान हो अमेरिकामा हालसम्म आएका ९० प्रतिशत अबैध आप्रवासी मेक्सिको सिमाबाट नै आउने गरेको बताईन्छ ।

यो क्षेत्र फोर्ट हुचुका सैन्य अड्डाको विस्तारको रूपमा मानिनेछ, जसको अर्थ यो हो कि यस क्षेत्रमा प्रवेश गर्ने जो–कसैलाई सैनिकहरूले पक्राउ गर्न सक्नेछन् र पछि उनीहरूलाई कानुनी निकायमा बुझाइनेछ। त्यो पक्राउ व्यक्ति तुरुन्तै डिपोट गरिनेछ ।
सन् १८७८ मा स्थापित एक अमेरिकी संघीय कानून अनुसार सिमाको रक्षा अमेरिकी सेनाले गर्ने बताइएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले पत्रकारहरुलाई भनिन्, दिएको जानकारी अनुसार “यो नयाँ रक्षा क्षेत्रले आप्रवासी, आपराधिक गिरोह र आतंकवादीलाई पक्रन सजिलो बनाउने र फेन्टानिलजस्ता घातक लागूपदार्थको ओसारपसार पनि रोक्न सहयोग पुर्याउनेछ।” यो निर्णयले अमेरिकी सिमा क्षेत्रबाट अबैध आप्रवासनमात्रै रोकिंदैन की अबैध लागु पदार्थको ओसार पसार पनि रोकिने छ ।




