• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी भुमिमा जन्मेका अबैध आप्रवासीको बच्चालाई स्वत नागरिकता दिने वा नदिने विषयमा सर्वोच्चमा सुनुवाई हुने

  •  
  • २०८२ बैशाख ५, शुक्रबार ०५:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सर्वोच्च अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकतामाथिको प्रतिबन्ध हाललाई स्थगनमा राख्ने आदेश दिंदै यस मुद्दामाथि बहस सुन्ने सहमति जनाएको छ । सर्वोच्च अदालतका अनुसार त्यो बहस आगामी मे महिनामा हुने जनाईएको छ ।
    राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले अमेरिकी भूमिमा अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूबाट जन्मेका सन्तानलाई जन्मसिद्ध नागरिकताको अधिकार नदिन खोजेका छन । राष्ट्रिय सुरक्षाका हिसाबले यो विषय सहि भन्दै आएका छन । तर देशभरिका तीन जिल्ला अदालतहरूले उक्त आदेशलाई रोक लगाएका छन् । अपिल अदालतहरूले ती फैसला उल्ट्याउने निर्णय गरेका छैनन् । किन की सो विषय सविधानमा नै उल्लेख भएकोले अदालतहरुलाई आदेश दिन कस्ने अवस्थामा छैनन ।
    रिपब्लिकन प्रशासनले ती आदेशहरूलाई संकुचित बनाएर कम्तीमा केही क्षेत्र वा अधिकांश स्थानमा नीति लागू गर्न अनुमति मागेको थियो, जबसम्म कानुनी चुनौतीहरू जारी रहन्छन् । यही विषयमा सर्वोच्च अदालतमा मे १५ मा बहस हुने अपेक्षा गरिएको छ । जन्मसिद्ध नागरिकताको अधिकारले अमेरिकामा जन्मिने जो–कोहीलाई, अवैध रूपमा बसेका आमा–बुबाका सन्तानलाई समेत, स्वतः अमेरिकी नागरिक बनाउँछ । यो अधिकार अमेरिकी गृहयुद्धपछिको संविधानको १४औँ संशोधनमार्फत सुनिश्चित गरिएको हो ।

    ट्रम्प र उनका समर्थकहरूले अमेरिकी नागरिकता प्राप्त गर्न अझ कडा मापदण्ड हुनु पर्ने तर्क गर्दै आएका छन् । उनले राष्ट्रपति पदमा पुनः कार्यभार सम्हालेको केही समयमै हस्ताक्षर गरेको कार्यकारी आदेशमा अमेरिकी नागरिकता “अमूल्य र गहिरो उपहार” भएको बताएका थिए । ट्रम्प प्रशासनले तर्क गरेको छ कि गैर–नागरिकका सन्तानहरू संविधानको १४औं संशोधनमा उल्लेख गरिएको “संयुक्त राज्य अमेरिकाको अधीनमा” भन्ने वाक्यांशअन्तर्गत नपर्ने भएकाले उनीहरू नागरिकताको हकदार हुँदैनन् । सर्वोच्च अदालतले उक्त मुद्दा सुन्ने सहमति जनाएपछि ट्रम्पले आफू “अत्यन्त खुसी” भएको प्रतिक्रिया दिएका छन् ।
    “मलाई लाग्छ यो मुद्दालाई धेरैले गलत रूपमा बुझेका छन्,” ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग भने । उनले १४औं संशोधन गृहयुद्धपछि पारित भएको स्मरण गराउँदै भने, “यसको जड दासप्रथासँग सम्बन्धित छ ।” “यदि हामी त्यसरी हेर्छौं भने, हामी यो मुद्दामा जित्नेछौं,” ट्रम्पले दाबी गरे । उता राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न मुद्दा हाल्ने राज्यहरू, आप्रवासीहरू र मानवअधिकार समूहहरूले प्रशासनमाथि जन्मसिद्ध नागरिकताका बारेमा लामो समयदेखि कायम रहेको समझदारीलाई ध्वस्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् । राष्ट्रिय सुरक्षाका हिसावले यो अमेरिकाको समस्या बन्दै आएको छ । बच्चा जन्मेपछि उसको आमा वा बाबुको भार पनि अमेरिकामाथी पर्दै आएकोले अबैध आप्रवासनको समस्या बढी रहेको निश्कर्ष छ ।

    Post Views: 248
    प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार ०५:०२
    Advertisement
    संबन्धित शिर्षकहरु
    भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • २. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • ३. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ४. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.