नेपालस्थित अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम अप्रिल २८ देखि लागू गर्ने जनाएको छ । २०८२ वैशाख १२ अर्थात अप्रिल २८ देखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेशन र एएबाट सुरु हुने बारकोड नम्बर सहितको डीएस–१६० भिसा आवेदन फारम साथमा लिएर अन्र्तवार्तामा जानु पर्ने नयाँ नियम लागुगर्ने दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आवेदकहरूले अनलाइन माध्यमबाट भिषाका लागि अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल खाने भिसा आवेदन फाराम साथमा लैजान भनेको छ ।

दूतावासका अनुसार भिषाका लागि डीएस–१६० फारममा भएको कन्फर्मेशन र बारकोड नम्बर अन्र्तवार्ताका लागि बुक गर्दा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल नखाएमा अन्तर्वार्ताका लागि अयोग्य हुने उल्लेख छ ।




दूतावासले विद्यार्थी भिसा आवेदकहरूलाई डीएस–१६० फारममा भएको सेभिस आईडी नम्बर र अप्वाइन्टमेन्ट निर्धारण गर्दा प्रयोग गरेको सेभिस आईडी नम्बर मेल खाए नखाएको जाँच गर्न सुझाव पनि दिइएको छ । यसअघि दूतावासले मार्चको तेस्रो साताबाट आफ्नो अन्र्तवार्ताको साय लिँदा प्रयोग गरेको डीएस १६० फारमको बारकोड अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम ल्याएको थियो । दूतावासकी प्रवक्ता जेहेरा नक्भीले सार्वजनिक गरेको भिडियो सन्देशअनुसार अमेरिकी भिसा अपोइन्टमेन्टको माग उच्च रहेको र धेरै आवेदकले समय लिन कठिनाइ भएकाले यो नयाँ परिवर्तनलाई प्रयोगमा ल्याइएको बताएकी छिन ।
प्रवक्ता नक्भीले भनिन्, “हामीलाई थाहा छ कि अमेरिकी भिसा अपोइन्टमेन्टको माग अत्यधिक छ, जसले गर्दा धेरैका लागि समय पाउनु चुनौतीपूर्ण भएकोले हामीले देखेका समस्यामध्ये एउटा हो—आवेदक तयार हुनुअघि नै अपोइन्टमेन्टहरू रिजर्भ गरिनु, जसले तपाईंहरूजस्ता व्यक्तिका लागि सीमित स्थानमात्र बाँकी रहन्छ त्यसैले समस्याको समाधानका लागि नयाँ मापदण्ड लागू हुनेछ ।
दूतावासकी प्रवक्ता जेहेरा नक्भीले सार्वजनिक गरेको भिडियो link
https://www.facebook.com/reel/1637638720463214



