• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सर्वोच्च अदालतद्वारा भेनेजुएलाका नागरिकलाई देश निकालामा रोक

  •  
  • २०८२ बैशाख ७, आईतवार ०६:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई भेनेजुएलाका नागरिकलाई देश निकाला गर्ने कार्य रोक्न आदेश दिएको छ । आपराधिक गिरोहका सदस्य दाबी गरिएका भेनेजुयलाका नागरिकहरूलाई १८ औं शताब्दीको युद्धकालीन कानून अन्तर्गत उत्तरी टेक्सासमा हिरासतमा राखिएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार नागरिक स्वतन्त्रता समूहले उनीहरूको तर्फबाट सरकारविरूद्ध मुद्दा दायर गरेको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १७९८ को ‘एलियन एनिमीज एक्ट’ प्रयोग गर्दै भेनेजुएला गिरोहका सदस्यलाई एल साल्भाडोरको कुख्यात मेगा-जेलमा पठाएका छन् । उक्त ऐनले अमेरिकी राष्ट्रपतिलाई सामान्य प्रक्रिया बिनानै ‘शत्रु’ राष्ट्रका मूल निवासी वा नागरिकलाई हिरासतमा राख्न र देश निकाला गर्न आदेश दिने अधिकार प्रदान गर्छ ।

    ‘एलियन एनिमीज एक्ट’ अमेरिकामा यसअघि युद्धको समयमा मात्र तीन पटक प्रयोग गरिएको थियो । पछिल्लो पटक उक्त ऐन दोस्रो विश्वयुद्धमा प्रयोग गरेर जापानी मूलका मानिसलाई मुद्दा बिना नै जेलमा राखिएको थियो र हजारौंलाई नजरबन्द शिविरमा पठाइएको थियो ।

    जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पको कट्टरपन्थी आप्रवासन नीतिले धेरै कानुनी अड्चनको सामना गर्नु परेको छ । ट्रम्पले भेनेजुएलाको ‘ट्रेन डे अरागुआ’ समूहलाई अमेरिकी भूभागमा आक्रमण, घुसपैठ तथा धम्की दिने’ गरेको आरोप लगाउँदै आएका छन् ।

    ८ अप्रिलसम्म एल साल्भाडोर पठाइएका २ सय ६१ भेनेजुएलाका नागरिकमध्ये १ सय ३७ जनालाई ‘एलियन एनिमीज एक्ट’ अन्तर्गत अमेरिकाबाट निष्कासन गरिएको सीबीएस न्युजले जनाएको छ । तर अमेरिकी अदालतले १५ मार्चमा त्यस्तो निर्वासनलाई अस्थायी रूपमा रोक लगाएको थियो ।

    सर्वोच्च अदालतले सुरुमा ८ अप्रिलमा एक फैसला गर्दै राष्ट्रपति ट्रम्पले उक्त गिरोहका सदस्यलाई देश निकाला गर्न ‘एलियन एनिमीज एक्ट’ प्रयोग गर्न सक्ने उल्लेख गरेको थियो । तर देश निकाला गर्नुअघि उनीहरूलाई चुनौतीको मौका दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ । तर पनि अमेरिकी सरकारी पक्षले गार्सिया विभिन्न समयमा अपराधिक गिरोहसंग कार्य गरेको लगायत आरोप लगाउँदै आएको छ ।

    Post Views: 213
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार ०६:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.