• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नर्थक्यारोलिना मोरिसभिलमा नेपाल दिवस सम्पन्न

  •  
  • २०८२ बैशाख ९, मंगलवार ०४:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कृष्णराज खनाल
    राले, नर्थ क्यारोलिना । विगतका वर्षहरुझैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको
    मोरिसभिलमा शनिवार अर्थात अप्रिल १९ मा नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
    नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर फर नर्थ
    क्यारोलिना एनसीएनसीको आयोजनामा सम्पन्न नवौँ नेपाल दिवसमा करिब दुई हजार

    मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
    हामी नेपालबाट आउने मानिसहरुको लागि नेपाल बाहिर पनि नेपाल देख्ने एक अवसर
    हो, मलाई यो कार्यक्रम देख्दा निकै खुसी लागेको छ केही समय अघि नेपालबाट
    आउनु भएका रामचन्द्र लम्सालले भन्नुभयो ।
    कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट भएको थियो ।
    कार्यक्रममा यहाँ उपस्थित केरी, मोरिसभिल र एपेक्स नगरका प्रतिनिधिहरुले नेपाल र
    नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा व्यक्त गरेका थिए । उहाँहरुले
    नेपाली नयाँ वर्षको शुभकामना दिँदै नेपालीहरुको सबै क्षेत्रमा उपस्थिति रहेको
    बताउँदै यी क्षेत्रको सामाजिक, शैक्षिक र साँस्कृतिक प्रवर्धन र उन्नयनमा
    नेपालीहरुको योगदान रहेको जानकारी दिनुभएको थियो । उहाँहरुले
    नेपालीहरुले पहिलो र दोस्रो युद्धमा समेत आफ्नो वीरता देखाएर अमेरिकालाई
    सहयोग गरेको स्मरण पनि गर्नुभएको थियो ।
    यसरी आफ्नो मन्तव्य दिनेमा नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद
    मारिया सेरभानिया, कमिस्नर सेरिल स्टलिंस्स, केरी नगर प्रतिनिधि सारिका वंशल, नर्थ
    क्यारोलिनाकी अधिकारकर्मी सन्या स्मिथ, मोरिसभिल टाउनका स्टिभ राव र टिजे
    काउली, सतीश गारिमेला, लिज जोन्सन र एनी रोवोटी रहेका थिए । कार्यक्रमका प्रमुख

    अतिथि नेपाली राजदुतावासका उपप्रमुख शरदराज अरनले यस्ता
    कार्यक्रमले आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोड्न टेवा पुग्ने
    भएकोले यो महत्वपर्ण छ भन्नुभयो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नवौँ नेपाल दिवस समारोह समितिका अध्यक्ष
    विक्रम गौतमले बालबालिकाहरुलाई नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता

    कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै हाल यो क्षेत्रमा करिब १० हजार
    नेपाली बसोबास गरेको जानकारी दिनुभयो ।
    कार्यक्रममा मिस नेपाल उत्तर अमेरिकाको उपाधि विजेता अन्ना कोइरालालाई
    सम्मानपत्र पनि प्रदान गरिएको थियो ।
    टाउन अफ मोरिसभिल र एपेक्स तथा वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई
    नेपाल दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै
    आइएको छ । शनिवार आयोजित कार्यक्रममा टाउन अफ केरीले पनि नेपाल
    दिवसलाई अनुमोदन गरेको छ ।
    नेपाल दिवसको कार्यक्रम नेपालीहरुको बाक्लो उपस्थिति रहेको मोरिसभिलस्थित
    पार्कमा सम्पन्न भएको थियो । एनसीएनसीका अनुसार, कार्यक्रमको सुरुवात नेपाली
    विविधता झल्किने साँस्कृतिक झाँकीसहित सहभागीहरुले पार्कको एक फन्को
    लगाएका थिए । संस्थाकी महासचिव एवं कार्यक्रमकी सञ्चालिका कल्पना भण्डारी
    अर्यालले दिएको जानकारी अनुसार, नेपाल दिवसमा नेपाली मुलका र नेपाललाई माया
    गर्ने समुदायका झण्डै दुई हजार मानिस सहभागी भएका थिए । सो अवसरमा एकआपसमा
    नेपाली नयाँ वर्ष २०८२ को को शुभकामना आदान प्रदान, करिब तीन दर्जन
    नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य र गीत सहितको रमाइलो कार्यक्रम
    दिनभर सञ्चालन भएको थियो ।
    संस्थाका अध्यक्ष डा। विकास शाक्यले सबै उपस्थित महानुभावलाई धन्यवाद ज्ञापन गर्दै
    प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउन पाउनु आफैमा गर्वको
    कुरा भएको र यस कार्यक्रमले अमेरिकी मुल प्रवाहमा नेपाली समुदायको साँस्कृतिक,
    सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्धत पुग्छ भन्नुभयो ।
    सो कार्यक्रम महासचिव कल्पना भण्डारी र सदस्य निभिता शर्माले सञ्चालन गनुभएको
    थियो ।

    Post Views: 142
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०४:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.