• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेइजिङमा नेपाली रैथाने खाना महोत्सव

  •  
  • २०८२ बैशाख ९, मंगलवार ०६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा सोमबार ‘नेपाली खाना महोत्सव २०२५’ सम्पन्न भएको छ । नेपालको मौलिक रैथाने खानाको विशिष्ट स्वाद पस्किन र प्रवर्द्धन गर्न कार्यक्रम सफल भएको होटल संघ नेपाल (हान) ले जनाएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं दौत्य सम्बन्ध र चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को उपलक्ष्यमा आयोजित यस कार्यक्रममा रैथाने खाना प्रवर्द्धनले महत्त्वपूर्ण सहयोग पुर्‍याएको हानले जनाएको छ ।

    परराष्ट्रमन्त्री डा. आरजु राणाले भिडियो सन्देश मार्फत नेपाली रैथाने खानाबाट समग्र पर्यटन प्रवर्द्धनको अविष्मरणीय अनुभव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य भागभन्दा अद्वितीय प्रामाणिक नेपाली खानाको समृद्धिबारे प्रकाश पारे । उनले सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित समेत गरे । हानका अध्यक्ष विनायक शाहले नेपालको मौलिक र रैथाने खानालाई विश्वव्यापीकरण गर्न विगतदेखि नै हानले कार्यक्रम गरिरहेको बताए ।

    नेपाल पर्यटन बोर्डका निमिक्त निर्देशक सुनिल शर्माले समेत उक्त कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा हानले दुई जना विज्ञ नेपाली सेफ उपलब्ध गराएको थियो ।

    कार्यक्रममा विश्व पर्यटन संगठनका उपाध्यक्ष सु पेङ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेसका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योगबीचको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए । महोत्सवमा सेलरोटी, मोमो, योमरी, जुजु धौ, कागुनोको शीर, चतामारी, छोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलु लगायत नेपाली परिकार प्रस्तुत गरिएको थियो ।

    Post Views: 249
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०६:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.