• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेइजिङमा नेपाली रैथाने खाना महोत्सव

  •  
  • २०८२ बैशाख ९, मंगलवार ०६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा सोमबार ‘नेपाली खाना महोत्सव २०२५’ सम्पन्न भएको छ । नेपालको मौलिक रैथाने खानाको विशिष्ट स्वाद पस्किन र प्रवर्द्धन गर्न कार्यक्रम सफल भएको होटल संघ नेपाल (हान) ले जनाएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं दौत्य सम्बन्ध र चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को उपलक्ष्यमा आयोजित यस कार्यक्रममा रैथाने खाना प्रवर्द्धनले महत्त्वपूर्ण सहयोग पुर्‍याएको हानले जनाएको छ ।

    परराष्ट्रमन्त्री डा. आरजु राणाले भिडियो सन्देश मार्फत नेपाली रैथाने खानाबाट समग्र पर्यटन प्रवर्द्धनको अविष्मरणीय अनुभव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य भागभन्दा अद्वितीय प्रामाणिक नेपाली खानाको समृद्धिबारे प्रकाश पारे । उनले सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित समेत गरे । हानका अध्यक्ष विनायक शाहले नेपालको मौलिक र रैथाने खानालाई विश्वव्यापीकरण गर्न विगतदेखि नै हानले कार्यक्रम गरिरहेको बताए ।

    नेपाल पर्यटन बोर्डका निमिक्त निर्देशक सुनिल शर्माले समेत उक्त कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा हानले दुई जना विज्ञ नेपाली सेफ उपलब्ध गराएको थियो ।

    कार्यक्रममा विश्व पर्यटन संगठनका उपाध्यक्ष सु पेङ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेसका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योगबीचको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए । महोत्सवमा सेलरोटी, मोमो, योमरी, जुजु धौ, कागुनोको शीर, चतामारी, छोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलु लगायत नेपाली परिकार प्रस्तुत गरिएको थियो ।

    Post Views: 141
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०६:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.