• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विदेश मन्त्रालयमा व्यापक पुर्नसंरचना प्रस्तावः ३० एम्बेसी र कन्सुलेट बन्द गर्दै !

  •  
  • २०८२ बैशाख १०, बुधबार ०२:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको राज्य विभागको व्यापक पुनःसंरचनाको प्रस्ताव अघि सारेका छन । जुन उनले ट्रम्पको ह्वाइट हाउसबाट अमेरिकी कूटनीतिक कार्यान्वयनमा आएको आलोचनाबीच सुधारको प्रयासको हिस्सा भएको बताएका छन । यदि विदेशमन्त्रि रुवियोले भने झै भयो भने पुनःसंरचनाले ७०० भन्दा बढी पदहरू कटौती गर्नेछ र ७३४ मध्ये १३२ कार्यालयहरू हटाउनेछ । राज्य विभागका अधिकारीहरूका अनुसार यस योजनालाई केवल प्रस्ताव भएको र तत्काल कर्मचारी कटौती वा छानबिन नहुने पनि बताइएको छ ।

    यदि विदेशमन्त्रि रुबियोले कर्मचारी संख्यामा १५% कटौतीको प्रस्ताव गर्न लागिरहेका छन् । यो कटौती दशकमै सबैभन्दा ठूलो हुने मानिन्छ, यद्यपि यसअघि परिकल्पना गरिएका प्रारम्भिक प्रस्तावहरू वा ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयको ५०% बजेट कटौती सिफारिसभन्दा कम कठोर छ ।

    ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी को वार्षिक बजेटमा २८ अर्ब डलर कटौती गर्ने प्रस्ताव राखेको छ । व्यवसायी एलन मस्कलाई राष्ट्रपति ट्रम्पले गत वर्ष डोजको नेतृत्व गर्न नियुक्त गरेपछि उनले अमेरिकी सरकारका विभिन्न क्षेत्रहरूमा कठोर खर्च कटौती गरेका छन् । यो येजना पास भएमा फ्रान्स, जर्मनी र दक्षिण कोरियामा रहेका कन्सुलेटहरू पनि बन्द हुने खतरामा छन्, साथै माल्टा, लक्जेमबर्ग र साउथ सुडानमा रहेका दूतावासहरू पनि जोखिममा रहने बताइएको छ ।

    एउटा मस्यौदा कार्यकारी आदेश, जुन ट्रम्प प्रशासनतर्फबाट अमेरिकी कूटनीतिज्ञहरूबीच फैलिएको बताइएको छ, त्यसले अमेरिकी विदेश मन्त्रालयको व्यापक पुनःसंरचना प्रस्ताव गर्दछ । यसमा उप–सहारा अफ्रिका सम्बन्धी काम, जलवायु, शरणार्थी, मानव अधिकार, लोकतन्त्र र लैङ्गिक समानतासम्बन्धी दूत तथा विभागहरूमा भारी कटौतीको योजना समावेश छ । यदि यी परिवर्तनहरू कार्यान्वयन भएमा, १७८९ मा स्थापना भएदेखि अहिलेसम्मको इतिहासमा यो विदेश मन्त्रालयमा सबैभन्दा ठूलो पुनःसंरचनामध्ये एक हुने बताइएको छ । जसले उक्त १६ पृष्ठ लामो मस्यौदाको प्रतिलिपि देखेको दाबी गरेको छ । द न्युयोर्क टाइम्सले पहिलो पटक यो मस्यौदाबारे समाचार प्रकासित गरेको थियो ।

    द न्युयोर्क टाइम्सका अनुसार, यो कार्यकारी आदेश डोनाल्ड ट्रम्पले यही हप्ता हस्ताक्षर गर्न सक्ने सम्भावना छ र प्रस्तावित परिवर्तनहरू १ अक्टोबरदेखि कार्यान्वयनमा आउने बताइएको छ । विदेश मन्त्रालयको वेबसाइटअनुसार, अमेरिकी विदेश सेवामा हाल १३ हजार जना कूटनीतिक कर्मचारी, ११ हजार नागरिक सेवाका कर्मचारीहरू र २७० भन्दा बढी कूटनीतिक मिसनहरूमा ४५ हजार स्थानीय रूपमा नियुक्त कर्मचारीहरू कार्यरत छन् ।

    Post Views: 149
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार ०२:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.