• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

  •  
  • २०८२ बैशाख १०, बुधबार ०२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेसँगै नेजाले अप्रिल २१ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । २०२५ अप्रिल २० शनिबार १८औं वर्ष पार गरेको अवसरमा भर्जिनियामा स्थापना दिवस मनाएको हो ।

    सन् २००७ मा गिरीश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८औं वर्ष अवधिमा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार महासंघसँगको समन्वयमा पत्रकारिता पुरस्कार स्थापना, पत्रकारको लेखनवृति, क्षमता विकास र हकहितका लागि विभिन्न योजना कार्यान्वयनसँगै र सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवम् नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यबाहक अध्यक्ष कृष्ण शर्मा र मानार्थ सदस्य योगेश उपाध्यायले नेजाको भूमिका एवम् योगदानबारे चर्चा गर्नुभएको थियो । नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले अमेरिका रहेका नेपाली पत्रकारलाई संगठित गर्ने र भाइचाराको सम्बन्ध गाँस्ने उद्देश्यले नेजा स्थापनाको परिकल्पना गरिएको बताउनुभयो । उहाँहरुले नेजा स्थापनाताका भोगेका समस्या र अप्ठ्याराहरुको स्मरण गर्दै नेजाको स्थापनाकालमा सहयोग पुर्याउनेप्रति आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनले दूतावास अमेरिकामा रहेका नेपाली पत्रकारसँग हरपल समन्वय एवम् सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले सूचना संप्रेषण र पत्रकारका लागि आवश्यक सूचना प्रवाहका लागि दूतावासले भूमिका निर्वाह गरिरहेको दाबीसमेत गर्नुभयो । ‘नेजा स्थापनाको शुभकामनासँगै आगामी दिनमा थप नयाँ कार्यक्रमका लागि यहाँहरुको भूमिका महत्त्वपूर्णसमेत रहने विश्वास व्यक्त गर्दछु ।’

    कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिका रहेका नेपाली समुदायको हितमा पत्रकारितामार्फत सेवा पुर्याउने र उत्तर अमेरिका रहेका नेपाली पत्रकारको हितमा काम गर्दै आएको बताउनुभयो । आगामी दिनमा आफ्नो पेसाप्रति जिम्मेवार बनेर नेजा अघि बढ्नुपर्ने र सोहीअनुसार नेजा अगाडि बढेको पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा एनआरएनए अमेरिका र नेजाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । नेजा एनआरएनए पत्रकारिता सम्मान र नेजा एनआरएनए बहस आयोजनालगायत कार्यक्रम संयुक्त अघि बढाउने उद्देश्यका साथ समझदारी पत्र तयार पारिएको हो । समझदारी पत्रमा एनआरएनए र नेजाबीच हस्ताक्षर भएसँगै सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको कार्यक्रम सञ्चालन गर्दै नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

    आफ्नो १८औं स्थापना दिवसको अवसरमा नेजाले अमेरिकाको नर्थ क्यारोलाइनास्थित नेपाली समुदायद्वारा सञ्चालित आरम्भ पुस्तकालयलाई पत्रकारहरुद्वारा लिखित १८ वटा पुस्तक सहयोगस्वरुप हस्तान्तण गरेको थियो ।

    नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज् इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिमल्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेजाका उपाध्यक्ष सुजन पण्डितको स्वागत र डिसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्लेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा एनआरएनए चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, एर्टोनी निरन्जन अधिकारी, सिटी अफ हेमार्केटका पूर्वकाउन्सिल म्यान मधु पन्थी, समाजसेवी एवम् अग्रज पत्रकार जितमान बस्नेत, राष्ट्रिय लोकदोहारी प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, पत्रकारहरू सम्झना नेपाल, लीलादेवी ओझा, लेखनाथ भण्डारी, विष्णु शितल, ज्योति देवकोटा, सुदीप सिवाकोटी, विश्वराज थापा, बाबु खरेल, लगायत नेजाका अग्रज, सदस्य एवं समाजसेवीको आतिथ्यता रहेको थियो ।

    Post Views: 156
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार ०२:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.