अमेरिकाको विस्कन्सिन राज्यको मिलवाकीमा रहेको काउन्टी सर्किट न्यायाधीश हान्ना डुगानलाई एफबीआईले पक्राउ गरेको छ । जसलाई एजेन्सीले न्यायधिषलाई यूएस आप्रवासन अधिकारीहरूले पक्राउ गर्न खोजिरहेको एक व्यक्तिलाई अदालतबाट बच्न सहयोग गरेको आरोप लागेको छ ।

काउन्टी सर्किट न्यायाधीश हान्ना डुगानलाई शुक्रबार बिहान ८ः३० बजे स्थानीय समय अनुसार विस्कन्सिन राज्यको मिलवाकीमा रहेको अदालतभित्रै पक्राउ गरिएको हो । उनलाई अवरोधको आरोपमा अमेरिकी मार्शल सेवाका प्रवक्ताले पुष्टि गरेका छन । राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा नियुक्त गरेका एफबीआई निर्देशक काश पटेलले बिहानको समयमा ट्विटरमा लेखेः “हामी विश्वास गर्छौं कि न्यायाधीश डुगानले जानाजान संघीय एजेन्टहरूलाई आफ्नो अदालतमा पक्राउ गरिन लागेका व्यक्तिबाट अलग दिशामा पठाइन् एडुआर्डो फ्लोरेस रुइज जसले गर्दा ती व्यक्ति, जो अवैध आप्रवासी हुन्, पक्राउबाट बच्न सफल भए ।”
उनले थपे कि “न्यायाधीशको अवरोधले सर्वसाधारणको सुरक्षामा झनै जोखिम थपेको छ ।” डुगान शुक्रबार बिहान मिलवाकीस्थित संघीय अदालतमा छोटो समयका लागि उपस्थित भइन् र त्यसपछि उनलाई हिरासतबाट रिहा गरिएको थियो । उनको अर्को सुनुवाइ मे १५ मा तोकिएको छ । न्यायधिष पक्राउपछि राजनीतिक बृतका बिरोध शुरु भएको छ ।




