अमेरिकी सिनेटर जिन शाहीनले एमसिसि विघटनले अमेरिकी प्रभाव कम गर्दै चिनिया प्रभाव बढाउने दावी गर्नै त्यसलाई विघठन नगर्न सरकारसमक्ष माग गरेकी छिन । अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिको प्रमुख रहेकी डेमोक्र्याट सिनेटर (न्यू ह्याम्पशायर) का सिनेटर सदस्य जिनले डजले एमसिसि विघठन गर्ने प्रयासबारे आएका रिपोर्टहरूमा समितिमा प्रतिक्रिया दिएकी हुन । “आजको जमानामा एमसिसि चीनको बिआरआईको प्रभावलाई सन्तुलनमा राख्ने एउटा प्रमुख उपकरण हो । यसको विघटनले चीन बिआरआईलाई अमेरिकी प्रभावको कमीको फाइदा उठाएर नेपालजस्ता देशहरूमा आफ्नो पहुँच विस्तार गर्ने थप मौका दिनेछ ।” भनिएको छ । “यो विनाशकारी एमसिसि विघटनले अमेरिकालाई बलियो बनाउँदैन, बरु हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षा हितहरूमा क्षति पु¥याउँछ ।” उनले वक्तव्यमा भनेकी छिन ।

सिनेटर शाहीनले एमसिसिको स्थापना २० वर्षअघि राष्ट्रपति जर्ज डब्ल्यु बुशको कार्यकालमा गरिएको थियो । विदेशी सहायता कार्यक्रमहरूलाई पारदर्शी, जवाफदेही र दीर्घकालीन आर्थिक परिवर्तन ल्याउने उद्देश्यले प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताइन । कोसोभो र सेनेगलजस्ता साझेदार राष्ट्रहरूमा एमसिसिले लोकतान्त्रिक संस्थाहरू बलियो बनाउन र विदेशी सहयोगमाथिको निर्भरता घटाउन ठोस योगदान दिएको बताएकी छिन ।
उनको फरेन रिलेसन कमिटिमा राखिएको वक्तव्यमा भनिएको छः एमसिसि एक स्वतन्त्र सरकारी निकाय हो जसलाई कांग्रेसले कानुनमार्फत स्थापना गरेको हो, र यसको उद्देश्य आर्थिक विकासको माध्यमबाट विश्वव्यापी गरिबी घटाउनु हो । मात्र गत वर्ष, कांग्रेसले एक द्विदलीय विधेयक पारित ग¥यो र राष्ट्रपति बाइडेनले हस्ताक्षर गरे, जसले एमसिसिको लागि योग्य मुलुकहरूको दायरा विस्तार गरेको हो ।
https://www.foreign.senate.gov/press/dem/release/ranking-member-shaheen-statement-on-trump-administration-effort-to-dismantle-the-millennium-challenge-corporation




