विश्व समुदायबीच नेपाल र नेपालीको पहिचान देखाउने मन्च ओसाका विश्वप्रर्दशनी २०२५ मा नेपाल प्याभिलियनको निर्माण विषयलाई लिएर नेपालको अन्तर्राष्ट्रिय समाचारहरुमा बदनामी भएको छ । जापानको कोनोहाना वार्ड, ओसाका सिटीमा यहि अप्रील १३ देखि शुरु भएको विश्वप्रर्दशनीमा नेपाल पक्षको कमजोरीका कारण अन्तर्राष्ट्रिय समाचारमा नेपालको बदनाम भएको हो । अप्रिल देखि १३ अक्टोबरसम्म कुल १८४ दिन चल्ने यस प्रदर्शनी विश्वभरीको विकास र प्रविधि देखाउने देशहरुको सहभागीता छ । जहाँ नेपालको सहभागीता पनि छ तर नेपालपक्षले निर्माण गर्ने भनेर गरिएको सहमति अनुसारको पोलिभियन निर्माण कार्य बेलैमा सम्पन्न नहुँदा स्थानीय जापानी तथा अन्य अन्र्तराष्ट्रिय भाषाका समाचारमा नेपालको बदनामी भई रहेको छ । ओसाका एक्सपो विश्वप्रर्दशनी २०२५ शुरु हुँदा पनि नेपाल पक्षले निर्माण गर्ने प्याभिलियनको एकातिर समयमा नै निर्माण हुन सकेन भने अर्कोतर्फ निर्माण गर्ने पक्षलाई रकम नदिएको भन्दै यतिखेर निर्माण कार्य नै रोकिएको छ । यदि कम्पनीलाई समयमै पैसा तिर्ने गरिएको भए, यो प्याभिलियन निर्धारित मितिमा खुल्ने थियो तर, दुर्भाग्यवश, कम्पनीले भुक्तानी नपाएको कारणले प्याभिलियन निर्माण कार्य रोकिएको छ र प्रर्दशनीमा नेपाल पक्षको उपस्थिति हुन सकेको छैन । यसमा परराष्ट्र मन्त्रालय, नेपाली दुतावास जापान दुवैको गंभीर कमजोरी देखिएको छ ।


बिध म्यानेजमेन्ट प्रालि र ललितमण्डप आर्ट एण्ड आर्किटेक्ट प्रालि जेभीबीच भएको सहमति अनुसार समयमा नै प्याभिलियन निर्माण नहुँदा नेपाली समुदायको लागि ठूलो अपमानको विषय भएको जापानको ओसाकामा बस्ने नेपालीहरुले झेल्नु परेको छ । जापानका समाचार च्यानलहरूले यो ढिलाइको कारणमा चर्चा गरिरहेका छन् भने त्यो समयमा नै बन्न नसक्नुमा नेपालका राजनीतिक दल र नेताहरूलाई खेदको विषय बनाउँदै समाचारहरु बनेका छन । तर अचम्मको कुरा चाही के छ भने जापानस्थित नेपाली दुतावासको यस विषयमा कुनै सरोकार नै नभएको जस्तो देखिएको छ । यस विषयमा हामीले नेपाली दुतावास जापानमा सम्पर्क गर्ने प्रयास वा ईमेलमा चासो राख्दा कुनै जवाफ आएन । एक स्थानीय नेपालीले भने दुतावासमा पनि हामीले यो समाचार र वस्तुगत अवस्थाको बारेमा जानकारी गराएका थियौ तर उनिहरुले चासो नै दिएनन् उनले खबरमालालाई बताए । यो केवल आर्थिक समस्याको कुरा होइन, हाम्रा देशको प्रतिष्ठा र अन्तर्राष्ट्रिय समाजमा हामीलाई कस्तो छवि देखाउने भन्ने कुरासमेत सम्बन्धित छ ती नेपालीले खबरमालालाई बताए ।

एकातिर समयमा नै प्रदर्शनी हुन नसक्नुमा नेपाल प्याभिलियन निर्माण भएन भने अलिअिलि भईरहेको काम पनि अप्रिल २३ तारिखबाट बन्द भएको छ । मुख्य कारण निर्माण पक्षधरले आर्थिक विषय उठाएका छन । नेपाल प्याभिलियनको निर्माण कोनोहाना वार्ड, ओसाका सिटी मा निर्माण भई रहेको छ । नेपालमा हुने सबैखाले विकास निर्माण सांस्कृतिक, शैक्षिक, प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विभिन्न गतिविधिहरू विश्वलाई देखाउने मुख्य माध्यम बन्ने ठुलो अवसरबाट नेपाल पक्ष चुकेको मात्रै छैन, त्यहि प्याभिलियन समयमानै नबनेर प्रदर्शनी शुरु भएपनि निमाण कार्य रोकिएको कारण नेपाल समाचारको विषय बनी रहेको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि जापानस्थित आयोजकले २३ तारिखमा घोषणा ग¥यो कि ओसाका कान्साई एक्सपोमा अहिलेसम्म नखुलेको नेपाल प्याभिलियनको निर्माण कार्य रोकिएको छ । नेपाल प्याभिलियन आत्म–निर्मित नेपालबाहेक अन्य चार प्याभिलियनहरू पनि भित्री प्रदर्शनी निर्माणमा ढिलाइको कारण बन्द रहेका छन । जसमा भारत, भियतनाम, र ब्रुनाई रहेका छन । साथै, १३ तारिख उद्घाटन दिनमा खुलेको अंगोलाको प्याभिलियन अहिले बन्द छ ।
आयोजकले भारत, भियतनाम र ब्रुनेई आफ्नो प्रर्दशनी केन्द्रहरू अप्रिल महिनाभित्र खोल्ने प्रक्रियामा रहेको समाचारहरुले उल्लेख गरेको छ । जापानले चार बर्षदेखि यसको तयारी गर्दै आएको थियो । यसलाई जापानले २०२५ लाई केवल प्रदर्शनीको रूपमा होइन, वैश्विक सहकार्य र समाधानको प्रयोगशालाको रूपमा स्थापित गर्न खोजेको बताउँदै आएको छ । विश्वभरका ८ अर्ब मानिसहरूको लागि एउटा यस्तो स्थान हो, जहाँ केवल प्रदर्शनी हेर्ने मात्र होइन, भविष्यको समाजलाई सँगै सिर्जना गर्ने अवसर पनि हुनेछ जापानले भनेको छ ।
यहाँ सह–निर्माणको अनुभव, आगन्तुकहरूले प्रदर्शनीको अवलोकन मात्र होइन, विश्व समाजको भविष्य कोर्न सहयोग पु¥याउने छन् । अनलाइन प्लेटफर्म एक्स्पो सुरु हुनु अघिनै, वैश्विक चुनौती र समाधान साझा गर्ने डिजिटल मञ्च सुरु हुनेछ । साथै ज्ञानको केन्द्र, विश्वभरको अग्रगामी प्रविधि, विचार र समाधानहरू एकै ठाउँमा ल्याइनेछ र नयाँ अवधारणाहरू विकास गर्न र मानवता सामना गरिरहेका प्रमुख समस्याहरू समाधान गर्न सकिने भन्दै उच्च प्राथमिकता दिएको छ । यो प्यालिभिन निर्माण कार्य रोकिनुमा परराष्ट्र मन्त्रालय, नेपाली दुतावास जापान र निर्माण पक्षधरहरुबीच आर्थिक अनियमिताको आशंका शुरु भएको छ ।
ओसाका विश्वप्रर्दशनी २०२५ को लाईभ हेर्न यो भिडियो हेर्न सक्नु हुनेछ



