गएराती अर्थात आईतबार बिहान १० वटा संघीय निकायका ३०० भन्दा बढी कानून कार्यान्वयन अधिकारीहरूले कोलोराडो स्प्रिङ्समा रहेको एक अवैध रात्री क्लबमा छापा मारे १०० भन्दा बढी अवैध र लागुऔषध कारोबारी पक्राउ गरेको छ । प्रहरीले क्लबबाट हतियार, कोकेन, मेथ (माथ) र पिंक कोकेन जफत गरेको द गार्जियनले जनाएको छ । अधिकारिहरूले भनेअनुसार एक दर्जनभन्दा बढी सक्रिय ड्युटीमा रहेका सेनाका सदस्यहरूलाई पनि पक्राउ गरिएको छ ।

संघीय लागूऔषध नियन्त्रण विभाग (आइस) ले एक्समा छापा पछिको दृश्य देखाउने भिडियो पोष्ट गरेको छ, जसमा दर्जनौँ पार्टीमा सहभागीहरूले हात उठाएर उभिएको देखिन्छ । अर्को भिडियोमा संघीय एजेन्टहरूले झ्याल फुटाएपछि दर्जनौं मानिसहरू ढोका हुँदै भवनबाट भागिरहेको देखिन्छ ।
उक्त रात्री क्लब केही महिनादेखि अनुसन्धानको घेरामा थियो, जसमा लागुऔषध कारोबार, वेश्यावृत्ति, र “हिंसात्मक अपराधहरू“ जस्ता गतिविधिहरू संलग्न भएको आशंका गरिएको थियो । प्रहरीको छापापछि त्यसमा सत्यता भेटिएको आईसले जनाएको छ ।
पक्राउपछि जफत गरिएको गुलाबी कोकेन, जसलाई “टुसी” पनि भनिन्छ, तुलनात्मक रूपमा नयाँ खालको लागुऔषध हो, जसमा प्रायः कोकेन हुँदैन, तर केटामिन, एमडीएमए, मेथाम्फेटामिन, कोकेन, फेन्टानाइल वा गुलाबी रङमा रङ्याइएका विभिन्न पाउडरहरूको मिश्रण हुन्छ त्यो धेरै भेटिएको बताइएको छ ।
पक्राउ परेकामध्ये ४१ जना अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेका र थप ८ जना क्लबभित्र भेटिएका व्यक्तिहरूलाई पक्राउ गरिएको थियो । कोलोराडो स्प्रिङ्सका मेयर येमी मोबोलाडेले एक वक्तव्य जारी गर्दै भनेका छन, “अनुसन्धान र वारन्ट कार्यान्वयन गम्भीर आपराधिक गतिविधिका स्पष्ट प्रमाणका आधारमा गरिएको हो,” र “नागरिकहरूले कानूनको शासन लागू भएको र अवैध गतिविधिलाई कडा कारवाही गरिने शहरमा बाँच्न पाउनु पर्छ ।” ट्रम्प प्रशासनले यसलाई एक सफल प्रयास भन्दै बढावा दिने बताएका छन ।
https://www.youtube.com/watch?v=bhS1hysgerE&list=RDNSbhS1hysgerE&start_radio=1




