• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हुण्डी कारोबार गर्ने १७ अर्ब बढी अवैध कारोबार २१ जना पक्राउ

  •  
  • २०८२ बैशाख १६, मंगलवार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ११ जिल्लाका २१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। सिआइबीले वैशाख ७ गतेदेखि १३ गतेसम्म विशेष अपरेशन चलाइ उनीहरूलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सुधिरराज शाहीले जानकारी दिए।

    प्रहरीले अवैध वित्तीय कारोबार गर्ने १८ वटा कम्पनिमाथि अनुसन्धान थालेको छ।  जसको अवैध कारोबार रकम मात्रै १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ देखिएको एसपी शाहीले बताए। सिआइबीले विशेषग री रेमिटेन्स र ट्राभल कम्पनीहरूमाथि अनुसन्धान गरेको हो।

    अहिले नेपालमा आन्तरिक विप्रेषण बन्द गरिएको छ। अर्थात, हुण्डी कारोबार मौलाएपछि नेपालभित्र आन्तरिक रेमिटेन्सको कारोबार गर्न रोकिएको थियो।

    त्यसैबीच यस्ता कम्पनीहरू हुण्डी कारोबारमा संलग्न भएको देखिएको प्रहरीले बताएको छ। भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगायतबाट आर्जन भएको अवैध रकमलाई वैध बनाउन यस्ता मार्गको प्रयोग गरिन्छ। गैरकानुनी रूपमा आर्जन गरिने रकमलाई सुरूमा विभिन्न डिजिटल वालेट कम्पनीहरूको नाममा राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

    सजिलो पे र पेवेल नेपाल प्रालि जस्ता कम्पनीहरूको नाममा अवैध कारोबारको रकम जम्मा गरिएको एसपी शाहीले बताए। त्यस्ता कम्पनीको नाममा रकम जम्मा गर्नका लागि भने उनीहरू विभिन्न सहयोगीहरू परिचालन गर्थे। त्यस्ता ‘भरिया’को सहयोगमा विभिन्न बैंक खातामा ठूलो परिमाणमा रकम जम्मा गराउने गरेको देखिएको हो।

    जम्मा गराएको उक्त रकमलाई अहिले अनुसन्धानमा रहेका कम्पनीहरूले डिजिटल वालेटमार्फत ई-मनी बनाउने गरेको अनुसन्धानबाट देखिएको छ।

    ई – मनिको रूपमा इ–वालेटहरूमा रकम जम्मा गर्ने गरेको पाइएको हो। विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका आफन्तहरू जो नेपालमा छन्, उनीहरूको खातामा आन्तरिक रेमिटेन्सको रूपमा रकम ट्रान्फर गरी हिसाब मिलाउने गरेको देखिएको हो। यसरी हुण्डी कारोबार गरेको आरोपमा सिआइबीले विभिन्न कम्पनी र त्यसका सञ्चालकहरूलाई पक्राउ गरेको हो।

    Post Views: 177
    प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०८:३३
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.