• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अबैध आप्रवासी पक्राउ गर्न मद्दत नगर्नेमाथी कारबाही गर्ने नीतिमा राष्ट्रपति ट्रम्पद्धारा हस्ताक्षर

  •  
  • २०८२ बैशाख १६, मंगलवार ०९:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सय दिन पुगेको दिनमा कठोर आप्रवास नीतिमा हस्ताक्षर गरेका छन् । सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनको कठोर आप्रवास नीतिको विरोध गर्ने अमेरिकी सहरहरूविरुद्ध कारबाही गर्ने घोषणा गरेका छन् । यदि कसैले अवैध आप्रवासीलाई कारबाही गर्ने सरकारी प्रयासलाई सहयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने भएको हो ।

    यो आदेशले ३० दिनभित्र संघीय आप्रवासन कानुन लागु गर्न बाधा पुर्‍याउने राज्य र स्थानीय निकायहरूको सूची प्रकाशित गर्न निर्देशन दिएको छ । उक्त सूचीमा परेका सहर तथा स्थानीय निकायहरूले संघीय सरकारको कोषबाट प्राप्त हुने रकमबाट वञ्चित हुनेछन् ।

    ट्रम्पको यो आदेशले विशेष गरी विदेशीहरूको शरणस्थल बनेका अमेरिकी सहरहरूलाई लक्षित गरेको बताइएको छ । समाचारअनुसार ती सहर तथा स्थानीय निकायका अधिकारीहरूले कागजातविहीन आप्रवासीहरूको बारेको जानकारी संघीय सरकारका एजेन्टहरूलाई उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताईन्छ ।

    गत मार्चमा बोस्टन, डेन्भर, न्यूयोर्कलगायतका मेयरहरूले अमेरिकाको तल्लो सदन कंग्रेसमा भएको तनावपूर्ण सुनवाइ कार्यक्रममा उनीहरूको आप्रवासन नीतिको बचाउ गरेका थिए । यी सहरहरूलाई आप्रवासीलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ । गतहप्ता एक अमेरिकी न्यायाधीशले विदेशी नागरिकलाई बस्न दिने कदमलाई कानुनीरूपमा वैध ठहर गरेका थिए । उनले कागजातविहीन आप्रवासीहरूलाई सीमित सुरक्षा दिने सहर तथा स्थानीय निकायहरूको संघीय कोषको रकम नरोक्न फैसला गर्दा ट्रम्प प्रशासनलाई दबाब भएको थियो ।

    यसैबीच, अमेरिकाको तल्लो सदनका रिपब्लिकन सांसदहरूले ट्रम्पलाई आप्रवासीलाई शरण आवेदनमा न्यूनतम एक हजार डलर शुल्कको प्रावधानसहित अत्याधिक आप्रवासी शुल्क लगाउन सरकारलाई अधिकार दिने विधेयक सदनमा पेस गरेका छन् ।

    Post Views: 153
    प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०९:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.