• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ७८ बर्ष

  •  
  • २०८२ बैशाख १८, बिहीबार ०८:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७८ औं वर्ष पुरा भएको छ । नेपालस्थित अमेरिकी दुतावासले नेपाल अमेरिकाबीच स्थापना दिवश मनाएको हो । सोही दिन दुतावासले ५५ जना युवालाई यूस एम्बेसी युथ काउन्सिल नेपाल २०२५ को नयाँ सदस्यको रूपमा स्वागत गरेको छ । जसले दुतावससंग नेतृत्व विकास र सिकाईको एक वर्ष लामो यात्रा सुरु गर्ने बताइएको छ ।

    संयुक्त राज्य अमेरिका र नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । अमेरिकाले सन् १९४७ मा नेपाललाई औपचारिक रूपमा मान्यता दिएको हो, र सन् १९५१ देखि नै आर्थिक सहायता प्रदान गर्दै आएको छ । हाल अमेरिकी सहयोग मुख्यतः नेपालको आर्थिक विकास, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, व्यापार, सुरक्षा, र मानवीय सहायता क्षेत्रमा केन्द्रित रहेको छ । नेपालले सन् १९५८ मा वाशिंगटन डी.सी. मा आफ्नो दूतावास स्थापना ग¥यो, त्यसलगत्तै अमेरिकाले सन् १९५९ मा काठमाडौंमा दूतावास स्थापना भएको हो ।

    अमेरिकी नीति उद्देश्यहरू नेपालको शान्तिपूर्ण, लोकतान्त्रिक, र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउनेमा केन्द्रित रहेको जनाएको छ — जसमा सुशासन, राजनीतिक स्थायित्व, र आर्थिक विकास प्रवद्र्धन गर्नु मुख्य छन् । दुवै देशका उच्च कूटनीतिक तहहरूबीच नियमितरूपमा भेटघाट र वार्ता हुने गर्छ, जसमा सहायता, व्यापार, र सुरक्षा सहकार्य लगायतका विषयमा छलफल हुन्छ ।

    अमेरिकाले नेपाललाई विभिन्न व्यापारिक प्राथमिकता कार्यक्रमहरू उपलब्ध गराएको छ । नेपालले एमसिसि अनुदानमार्फत पूर्वाधार विकासमा लाभ लिँदै आएको थियो, यद्यपि सन् २०२५ मा विदेशी सहायता रोक्ने कार्यकारी आदेशका कारण यो स्थगित भएको छ । अमेरिका नेपालको सबैभन्दा ठूलो द्विपक्षीय वैदेशिक सहयोगदाता हो ।
    संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सीले यातायात, सञ्चार, सार्वजनिक स्वास्थ्य, कृषि, ऊर्जा लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याएको छ । अमेरिकाले नेपालको शान्ति प्रक्रिया र निर्वाचन तयारीमा पनि सहयोग पु¥याएको छ । बहुपक्षीय संस्थामार्फत दिइएको मानवीय सहायता पनि उल्लेखनीय छ । सुरक्षा र रक्षा क्षेत्रमा पनि नेपाल–अमेरिका सहकार्य जारी छ, जसमा अमेरिका नेपाललाई क्षेत्रीय सुरक्षा र विश्व समुदायप्रति योगदानका लागि सहयोग गर्छ । दुवै देशले विपद् व्यवस्थापन र मानवीय सहायता लगायतका विषयमा पनि सहकार्य गर्दै आएका छन् ।

    Post Views: 248
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ०८:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.