• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलायतमा पनि लेबर र कन्जरभेटिभ पार्टीलाई पछार्दै आप्रवासी बिरोधी दल उदायो

  •  
  • २०८२ बैशाख २०, शनिबार ०८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पछिल्लो केहि बर्ष विश्वभरी नै आप्रवासी बिरोधी भावना बढेर गएको छ । चाहे त्यो चुनावी अभियानका क्रममा होस वा राजनीतिक दलहरुको प्राप्त गर्ने मतका आधारमा । भारत, ईन्डोनेसिया, फ्रान्स हुदै अमेरिकाबाट अब बेतायत पुगेको छ । ब्रिटेनको आप्रवासीविरोधी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक मानिएका रिफर्म यूके पार्टीले इंग्ल्यान्डको स्थानीय चुनावमा ठूलो फड्को मारेको छ । जसले देशका दुई प्रमुख दल लेबर र कन्जरभेटिभ पार्टीको परम्परागत राजनीतिक प्रभावलाई गंभीर चुनौती मात्रै दिएको छैन उनिहरुलाई पछार्दै अगाडी बढेको छ ।

    रिफर्म यूकेका नेता नाइजेल फराजले आफ्नो पार्टीले कन्जरभेटिभ (टोरी) पार्टीलाई पछि पारेर अब मुख्य विपक्षी दल बनेको दाबी गरेका छन् । जब पार्टीले कम्तिमा छवटा काउन्टी काउन्सिल, एक मेयर पद जितेको र एकपटक सुरक्षित मानिएको संसदीय क्षेत्रको उपचुनावमा सत्तारूढ लेबर पार्टीलाई झिनो अन्तरले हराएको छ ।
    १ मेको चुनावबाट शुक्रबारसम्म मतगणना जारी रहँदा, लेबर र कन्जरभेटिभ पार्टीहरूको संयुक्त मत प्रतिशत ५०% भन्दा धेरै कम देखिएको छ भने आधुनिक राजनीतिक इतिहासमा यस्तो पहिलो पटक भएको हो । यसले राष्टवादी धारको पक्षमा जनमत देखिएको छ ।

    इंग्ल्यान्डको मिडल्यान्ड्स र उत्तर क्षेत्रका केही काउन्टीहरूमा रिफर्म यूके पाटीले ६०% भन्दा बढी मत प्राप्त गरेको छ । यसले मतदाताहरूको लेबर सरकारप्रति मोहभंग, र कन्जरभेटिभ पार्टीको २०१० देखि २०२४ सम्मको शासनकालमा प्रति असन्तुष्टिको लाभ उठाएको देखिन्छ । रिफर्म यूकको चुनावी अभियान आप्रवासीविरोधी भावना केन्द्रित थियो, जुन फराजले लामो समयदेखि प्रवद्र्धन गर्दै आएका थिए । लिबरल डेमोक्र्याटहरूले पनि केही काउन्सिलहरूमा सिमित रूपमा प्रगति गरेका छन्, प्रायः कन्जरभेटिभ पार्टीको घाटाबाट पुर्ति गरेको देखिन्छ ।

    देशभर रिफर्म यूकले ३०% मत प्राप्त गरेको छ, लेबर २०% मा दोस्रो स्थानमा रहेको छ, लिबरल डेमोक्र्याटहरू १७% मा तेस्रो स्थानमा छन् भने कन्जरभेटिभहरू १५% मा चौथो स्थानमा झरेका छन् । यसबाट विश्वभर नै आप्रबासी बिरोधी भावना बढेर गएको छ । डोनाल्ड ट्रम्पलाई आफूले “प्रेरणाको स्रोत” मानेको भन्दै आएका फराजले भने, आफ्नो पार्टीले नेतृत्वमा रहेका काउन्टी काउन्सिलहरूले स्थानीय होटेलहरूमा शरणार्थीहरू राख्ने सरकारी योजनालाई रोक्ने बताएका छन । सो पार्टीले देशमा शरणार्थी आवश्यक नभएकोले अबैध शरणार्थी उनिहरुकै देशमा डिपोर्ट गर्ने बताएका छन ।

    Post Views: 220
    प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार ०८:०२
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.