• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नीति तथा कार्यक्रममा अलमलिएको परराष्ट्र नीति “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता ?

  •  
  • २०८२ बैशाख २०, शनिबार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा विदेशी वा छिमेकी राष्ट्रप्रति ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यताअनुरूप परराष्ट्र नीति अवलम्बन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ लाई परराष्ट्र नीतिको मूल आधार रहने घोषणा गरेका हुन् । नेपालले पहिलेदेखि नै अगाल्दै आएको असंग्लन परराष्ट्र नीति व्यवहारत मृत प्राय छ । यस्तो बेला केहि फरक देखिने तर अर्थ न वर्थको नीति अवलम्बन गरेको देखिन्छ । यसमा न कुनै नयाँपन छ न कुनै विशेष अर्थ लाग्ने खालको । परराष्ट्र मन्त्रालयमा व्यक्ति फेरिंदैपिच्छे फेरिने नीतिले नेपाल विश्व कुटनीतिक मन्चमा क्रमश कमजोर बन्दै गएको छ । त्यसको पछिल्लो उदाहरण यहि अर्थन बर्थको कथनले पुष्टि गर्दछ ।

    यस्तो बेला ‘छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ‘संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीय मञ्चहरूमा नेपालको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउँदै हित प्रवद्र्धन गरिनेछ ।’

    परराष्ट्र नीति २०७७ ले त्यही सिद्धान्तलाई बढावा दिएको छ । राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्रसंघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाल आबद्ध क्षेत्रीय सहयोग संगठनमार्फत क्षेत्रीय सहयोगलाई नेपालको हितअनुकूल अर्थपूर्ण र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ । त्यस्तै, आर्थिक कूटनीतिलाई सहायता, लगानी, श्रम बजार, पर्यटन र व्यापार प्रवर्धनको महत्त्वपूर्ण औजारका रूपमा स्थापित गर्दै मुलुकभित्र र बाहिर आर्थिक कूटनीतिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने पनि जनाइएको छ ।

    गैरआवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गर्ने सर्वाजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान र सम्मानलाई अभिवृद्धि गर्ने नीति पनि सरकारले लिएको छ । पछिल्लो समयमा नेपालको परराष्ट्रनीति सबै भन्दा अलमलमा परेको छ र त्यहि अनुसार नेपाल विश्व मानचित्रमा एक्लिदै गएको छ । विश्व परिदृष्यमा जसरी कुटनीतिले नेपालको छवि उच्च राख्नुपर्ने हो व्यवस्था फेरिंदैपिच्छे कमजोर बन्दै गएको हाम्रो कुटनीति यतिखेर दोबाटोमा उभिएको बटुवा जस्तो अवस्थामा पुगेको छ । न नीति स्पष्ट छ नत कसैसंग घनिष्ट मित्रता नै ।

    Post Views: 193
    प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार ०९:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.