• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलायतमा प्रिन्स ह्यारीलाई किन सुरक्षा खतरा ?

  •  
  • २०८२ बैशाख २०, शनिबार १०:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेलायती राजकुमार प्रिन्स ह्यारीले आफनो र व्यक्तिगत सुरक्षासम्बन्धी कानुनी चुनौती गुमाएपछि आफूले पत्नी र बच्चाहरूलाई बेलायत फिर्ता ल्याउन “असम्भव” भएको बताएका छन । परिवारसँग मेलमिलापको चाहना अझै पनि रहेको खुलासा गर्दै आफ्नो सुरक्षा चुनौति रहेको भन्दै अमेरिकामा बसी रहेका उनले बेलायतले आफ्नो सुरक्षा ग्यारेन्टि गर्न नसकेको बताएका हुन ।

    बिबिसिसँगको एक भावुक अन्तर्वार्तामा प्रिन्स ह्यारीले आफ्ना बुवा राजा चाल्र्ससँग “सुरक्षासम्बन्धी कुराकानीका कारण” कुरा हुन नपाएको दावी गरेका छन । तर उनले मेलमिलापको आशा राखेको बताएका छन् । किनभने जीवन “अत्यन्त मूल्यवान” छ र क्यान्सरको निदान भइसकेका आफ्ना बुबासँग कति समय बाँकी छ भन्ने आफूलाई थाहा नभएको बताएका छन् । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ४० वर्षीय ह्यारीले भनेः “हालको अवस्थामा, मेरो परिवारलाई बेलायत फर्काउने कुरा सुरक्षित रूपमा सम्भव छैन ।” उनले थपेः “अहिलेकै अवस्थामा मैले मेरी पत्नी र बच्चाहरूलाई बेलायत ल्याउने कुनै सम्भावना देख्दिन… म मेरो देशलाई माया गर्छु । सधैं गरेको छु, यद्यपि केही व्यक्तिहरूले मसँग जे गरे पनि मलाई बेलायतको सम्झना आउँछ । र यो साँच्चिकै दुःखद कुरा हो कि म मेरा बच्चाहरूलाई सुरक्षाकै कारण मेरो मातृभूमि देखाउन सक्दिन ।”

    ह्यारीले २०२० मा रानी दरबारका औपचारिक जिम्मेवारीहरू त्यागेपछि, बेलायतमा उनको सुरक्षामा गरिएको परिवर्तनलाई उल्ट्याउने प्रयास गरेका थिए । त्यसपछि उनले बेलायत छोडेका हुन । उनीलाई “अनुकूलित” सुरक्षा व्यवस्था प्रस्ताव गरिएको थियो, जसलाई उनले कमजोर ठानेका थिए । प्रिन्स ह्यारीले यो विषय समाधान गर्न उनका बुवाको (राजा चाल्र्सको) भूमिका हुनसक्ने भन्दै जोड दिएका छन् यद्यपि उनले बुबालाई प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न भनेका छैनन् । “म बेलायतमा सुरक्षित रूपमा आउन सक्छु भने त्यो निमन्त्रणा प्राप्त भए मात्र हो, र यसमा मेरो बुबाको हातमा धेरै नियन्त्रण र क्षमता छ । तर संवैधानिक दृष्टिकोणले, जब सरकार र अदालतहरूले मुद्दा विचार गरिरहेका छन्, त्यस्तो अवस्थामा राजा चाल्र्सले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्नु अनुपयुक्त हुने बुझिएको छ ।

    ह्यारीले बेलायतका प्रधानमन्त्री कीर स्टार्मरलाई अपिल गर्दै भनेका छनः “यो सबै अघिल्लो सरकारले सुरु गरेको थियो । अहिले नयाँ सरकार छ । मलाई तथ्य जान्नेहरूले भनेअनुसार, यो एक परम्परागत सत्तावर्गद्वारा मिलेमतोमा गरिएको अन्यायपूर्ण बन्दोबस्त गरिएको हो र मलाई त्यही महसुस भइरहेको छ ।”

    Post Views: 252
    प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार १०:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.