• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डिभीको नतिजा आयो, डिभी रोक्ने बील कंग्रेसमा

  •  
  • २०८२ बैशाख २१, आईतवार ०८:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी डाइभर्सिटी भिसा डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। नतिजा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत प्रकाशित गरेको हो। डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ। निर्धारित समयसीमाभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिने विदेश मन्त्रालयले जनाएको छ ।

    यस बर्ष डिभी परे पनि अर्को बर्ष निश्चित छैन । अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकाल डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डिभी कार्यक्रमको भविष्य अन्यौलमा परेको छ । कारण, अमेरिकी कंग्रेसमा यस कार्यक्रमलाई अन्त्य गर्ने उद्देश्यले नयाँ विधेयक पेश गरिएको छ। रिपब्लिकन सांसद माइक कोलिन्सले फेब्रुअरीमा पेश गरेको उक्त बिलले डिभी लोटरी र त्यसबाट ग्रीन कार्ड पाउनेहरूको परिवारका सदस्यहरूलाई प्राथमिकता दिने प्रक्रियालाई पनि हटाउने प्रस्ताव गरेको छ। हालसम्म भने उक्त बिल पारित भएको छैन। यसैबीचमा पारित भए बन्द हुनेछ ।

    डिभी कार्यक्रमको विरोध लामो समयदेखि भइरहेको छ। सन् २०१७ मा न्यूयोर्कको म्यानहट्टनमा भएको ट्रक आक्रमणपछि डिभी कार्यक्रम खारेज बारे बहस सुरु भएको थियो । ८ जनाको ज्यान जाने गरी भएको उक्त हमलापछि ट्रम्पले यसका लागि आह्वान नै गरेका थिए । उक्त आक्रमणका मुख्य अभियुक्त सेफुल्लो साइपोभ डिभीमार्फत उज्वेकिस्तानबाट अमेरिका आएका थिए ।

    ट्रम्पले त्यसैबेला रेइज एक्ट नामक विधेयकलाई समर्थन गरेका थिए, जसमा पारिवारिक आप्रवासन सीमित गर्ने, रोजगारीमा आधारित भिसा प्रणालीलाई परिवर्तन गर्ने र डिभी कार्यक्रम समाप्त गर्ने प्रस्ताव गरिएको थियो। सो विधेयक र त्यसपछिको अर्को प्रस्ताव सन् २०१८ मा पनि असफल भएको थियो।

    डाइभर्सिटी भिसा कार्यक्रम अमेरिकी अध्यागमन तथा नागरिकता ऐन अन्तर्गत सुरु गरिएको हो र यसको अन्त्य वा परिमार्जन संसदबाट मात्र सम्भव छ।
    सन् १९९५ यता ५७ हजारभन्दा बढी नेपालीहरूले डिभी चिठ्ठामार्फत ग्रीन कार्ड प्राप्त गरिसकेका छन्, जुन अमेरिका बसोबास गरिरहेका नेपाली ग्रीनकार्डधारीहरूको २५ प्रतिशतभन्दा बढी हो।

    डाइभर्सिटी भिसा डिभी अमेरिकी सरकारले सञ्चालित एक आप्रवासन कार्यक्रम हो, जसको उद्देश्य अमेरिका आउने आप्रवासीहरूको विविधता बढाउनु हो। विश्वका ती देशहरू जहाँबाट थोरै मात्रामा अमेरिकी आप्रवासी आएका छन्, तिनका नागरिकलाई स्थायी आवासीय अनुमति ९ग्रीन कार्ड० दिने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो।

    डिभी कार्यक्रम अन्तर्गत हरेक वर्ष कम्प्युटर प्रणालीद्वारा र्‍यान्डम छानिएका व्यक्तिहरूलाई ग्रीन कार्ड पाउने मौका दिइन्छ। यो कार्यक्रम सन् १९९० देखि प्रारम्भ भएको हो र अध्यागमन तथा नागरिकता ऐनको एक भाग हो। सफल आवेदकले आफू र आफ्नो परिवारका सदस्यहरूका लागि अमेरिका स्थायी रूपमा बस्न, काम गर्न र अध्ययन गर्न पाउने अधिकार प्राप्त गर्छन्।

    Post Views: 168
    प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार ०८:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.