• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतीय सामाजिक सञ्जालमा पाकिस्तानी सेलिब्रेटीलाई प्रतिबन्ध

  •  
  • २०८२ बैशाख २२, सोमबार ०४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतले पाकिस्तानविरुद्ध प्रतीकारात्मक कदमहरू बढाउँदै लगेको छ । शनिबारबाट भारतमा पाकिस्तानी अभिनेता र क्रिकेटरका सामाजिक सञ्जालका खाता हेर्न नमिल्ने, व्यापारिक प्रतिबन्ध बढाउने र डाक सेवा रोक्ने निर्णय गरिएको छ ।

    गत महिनाको अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटक मारिएका थिए । उक्त घटनामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । तर पाकिस्तानले सोे आरोपलाई खारेज गरेको छ ।

    पाकिस्तानी सेनाले शनिबार सतह–देखि–सतह मिसाइल हतियार प्रणालीको प्रशिक्षण प्रक्षेपण गरेको घोषणा गरेपछि तनाव अझ बढेको छ ।

    भारतको सञ्चार मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै हवाई र सतह मार्गबाट पाकिस्तानबाट आउने सबै प्रकारको डाक र पार्सलको आदानप्रदान रोक्ने निर्णय गरेको समाचार संस्था एफपीले बताएको छ ।

    शनिबार थप प्रतिबन्धअन्तर्गत भारतमा पाकिस्तानका पूर्वप्रधानमन्त्री र क्रिकेट कप्तान इमरान खानको इन्स्टाग्राम खाता भारतबाट हेर्न नमिल्ने बनाइएको हो । बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ अस्लमलगायत क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान र पूर्वखेलाडी शाहिद अफ्रिदी र वासिम अक्रमलको खाता पनि भारतबाट हेर्न नसक्ने गरी प्रतिबन्धित गरिएको छ ।

    ओलम्पिक स्वर्णपदक विजेता अर्शाद नदिमको इन्स्टाग्राम खाता पनि भारतीय प्रयोगकर्ताका लागि अब पहुँचयोग्य नरहेको बताइएको छ । यसले क्रिकेट मात्र नभएर अरू क्षेत्रमा पनि प्रतिबन्धको असर देखाएको छ ।

    भारतका प्रयोगकर्ताहरूले यी खाताहरू हेर्न खोज्दा कानुनी अनुरोध पालना गर्नुपर्ने कारण यी खाता उपलब्ध नरहेको भन्ने सन्देश देखाइएको छ ।

    भारतले अप्रिल २८ मा पाकिस्तानी समाचार संस्थासहित उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो ।

    यसअघि नै यी दुई परम्परागत प्रतिद्वन्द्वी देशहरूले एकअर्काका नागरिकहरूलाई निष्कासन गरिसकेका छन् । मुख्य सीमा नाका बन्द गरिसकेका छन् भने एकअर्काको हवाईसीमा प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।

    पाकिस्तानी झण्डा बोकेका जहाजहरूलाई भारतीय बन्दरगाहमा प्रवेश रोकिएको र भारतीय जहाजहरू पनि पाकिस्तानमा जान नपाउने बताएको छ । शनिबार सिपिङ महानिर्देशनालय (डीजीएस)को आदेश भन्दै यस्तो प्रतिबन्ध लगाइएको भारतीय मिडियाले जनाएका छन् । तर, यो केवल प्रतीकात्मक कदम हो किनभने दशकौँदेखि सीमा विवादले दुवै देशबीच घनिष्ट आर्थिक सम्बन्ध छैन ।

    Post Views: 210
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ०४:५१
    Advertisement
    संबन्धित शिर्षकहरु
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !
    महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी
    Advertisement
    ताजा अपडेट
    • १. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    • २. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    • ३. महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी

    • ४. कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.