होम लम्साल-

अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता देशहरुले विधार्थी भिषामा कडाई गरेपछि जापान अहिले विदेशी विधार्थीको गन्तव्य बन्न लागेको छ । त्यसमा पनि नेपाली विधार्थीहरु यतिखेर जापानमा आईरो नै लागेको छ । एक दशकमा जापान जाने नेपाली विधार्थीहरु ३ सय प्रतिशतले बृद्धि भएको बताइएको छ । तथ्यांक अनुसार यतिखेर जापान जाने नेपाली बिधार्थी विश्वभरीबाट जापान पढ्न जानेहरुको दोश्रो ठुलो संख्यामा रहेको छ । जापान स्टुडेन्ट सर्भिसेस अर्गनाइजेसनको तथ्यांक अनुसार जापानमा पहिलो नम्बरमा चीनबाट १ लाख २३ हजार ४८५ विद्यार्थी (कुलको ३६.७ प्रतिशत) र दोश्रोमा नेपालबाट ६४ हजार ८१६ विद्यार्थी (१९.२ प्रतिशत) रहेको छ । नेपालबाट बर्षेनी विदेशीने विधार्थीहरु अष्ट्रेलियामा विदेशी विधार्थी संख्याको दोश्रो नम्बरमा छ भने अमेरिकामा विदेशी विधार्थीको दशौ नम्बरमा नेपाली विधार्थी रहेका छन । बेलायत र क्यानडामा पनि नेपाली विधार्थी विदेशी विधार्थीको तुलना गर्दा सख्याको हिसाबले पाँच नम्बरभित्रै पर्ने गरेको छ । यसबाट के देखिन्छ भने नेपालबाट बर्षेनी लाखै विधार्थी उच्च शिक्षा अध्ययनका क्रममा विदेशसिने गरेको छ ।
एक रिर्पोटका अनुसार जापानको हानेडा, कान्साई वा देशका अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विमानबाट ओर्लने सबै विदेशीहरू घुमफिरका लागि मात्र आएका होइनन्, तिनीहरूमध्ये केही शैक्षिक कारणले जापान आएका हुन्, र हालैको एक अध्ययनले देखाएको छ कि जापानमा हालसम्मकै सबैभन्दा धेरै विदेशी विद्यार्थीहरूको संख्यामा वृद्धि भएको छ । जापान स्टुडेन्ट सर्भिसेस अर्गनाइजेसनले जापानमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरू र विदेशमा अध्ययन गर्न चाहने जापानी विद्यार्थीहरूलाई सहयोग पु¥याउँछ, जसले सन् २०२४ मा संकलन गरिएको तथ्याङ्कमा आधारित “विदेशी विद्यार्थीहरूको नामदर्ता स्थितिमा गरिएको अध्ययन” को पछिल्लो परिणाम सार्वजनिक गरेको छ । उक्त अध्ययन अनुसार, मे १, २०२४ सम्ममा जापानमा उच्च माध्यमिक तहपछि अध्ययन गर्ने ३ लाख ३६ हजार ७०८ विदेशी विद्यार्थीहरू थिए । यो सख्या अघिल्लो वर्षको तुलनामा २०.६ प्रतिशतले बढी हो, र २०११ मा हालको विदेशी विद्यार्थीको वर्गीकरण (जसमा भाषा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि समावेश छन) अपनाइएपछि जापानमा सबैभन्दा धेरै विदेशी विद्यार्थीहरू भएको संख्या हो । यो संख्या १९८३ मा यस्तो तथ्याङ्क सङ्कलन सुरु गरिएको बेलाको तुलनामा दोब्बरभन्दा बढी भएको सो संस्थाले जनाएको छ ।
३ लाख ३६ हजार ७०८ विद्यार्थीहरूमध्ये सबैभन्दा धेरै १ लाख ७ हजार २४१ जापानी भाषा विदेशीहरूलाई सिकाउने विद्यालयहरूमा अध्ययन गर्दै छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.२ प्रतिशतले वृद्धि भएको हो । विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू ८७ हजार ४२१ (८.८ प्रतिशत वृद्धि) छन् भने स्नातकोत्तर कार्यक्रमका विद्यार्थीहरू ५८ हजार २१५ (४.८ प्रतिशत वृद्धि) भएको छ । सबैभन्दा उच्च अनुपातमा वृद्धि विशेष व्यवसाय वा उद्योगमा केन्द्रित ‘स्पेसलाइज्ड स्कुल’ मा अध्ययन गर्ने ७६ हजार ४०२ विदेशी विद्यार्थीहरू (६४.९ प्रतिशत वृद्धि) भएको र ‘जुनियर कलेज’ मा अध्ययन गर्ने ३,२६५ विद्यार्थीहरू (६७ प्रतिशत वृद्धि) मा देखिएको जनाइएको छ ।
यी विद्यार्थीहरू कुन देशबाट आएका हुन् भन्ने कुरामा हेर्दा, शीर्ष पाँच देशहरू सबै एसियाली हुन ्। चीनबाट १ लाख २३ हजार ४८६ विद्यार्थी आएका छन्, जसले जापानमा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको एक तिहाइभन्दा बढी हिस्सा ओगटेका छ । शीर्ष चार देशका विद्यार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।
जापानमा शीर्ष पाँच देशहरूका विधार्थी कुन कुन देशबाट आउँछन त्यसमा नेपालको अवस्था निकै रोचक छ । जसमा पहिलो चीनबाट १ लाख २३ हजार ४८५ विद्यार्थी (कुलको ३६.७ प्रतिशत), दोश्रोमा नेपालबाट ६४ हजार ८१६ विद्यार्थी (१९.२ प्रतिशत), तेश्रोमा भियतनामबाट ४० हजार ३२३ विद्यार्थी (१२ प्रतिशत), चौथोमा म्यानमारबाट १६ हजा ५९६ विद्यार्थी (४.९ प्रतिशत) र पाचौंमा कोरियाबाट १४ हजार ५७९ विद्यार्थी (४.९ प्रतिशत) रहेका छन । अंग्रेजी बोलिने देशहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी संयुक्त राज्य अमेरिकाबाट आएको देखिएको छ जसमा कुल विदेशी विद्यार्थीहरूको संख्यामा ११औँ स्थानमा पर्छ । त्यसपछि बेलायत, क्यानडा, र अस्ट्रेलिया क्रमशः रहेका छन् ।
जापानमा संयुक्त राज्य अमेरिकाबाट ३ हजा ९१८ विद्यार्थी (१.२ प्रतिशत), बेलायतबाट ९ सय ५३ विद्यार्थी (०.३ प्रतिशत), क्यानडाबाट ५ सय ९८ विद्यार्थी (०.२ प्रतिशत) र अस्ट्रेलियाबाट ४ सय ७२ विद्यार्थी (०.१ प्रतिशत) विदेशी विधार्थीहरु रहेको उल्लेख छ । जापानमा विदेशी विद्यार्थीहरूको संख्यामा यति ठूलो वृद्धि हुनुका कारणहरूमध्ये कमजोर येन ले जापानलाई पर्यटकहरूका लागि मात्र होइन, शिक्षा प्राप्तिका लागि पनि किफायती गन्तव्य बनाइदिएको छ । विशेषगरी जब बसोबास खर्चहरूलाई पनि समेटेर हेर्ने हो भने अनेक जापानी विश्वविद्यालय र व्यवसायिक विद्यालयहरू विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्न सक्रिय रूपमा लागेका छन् ।
जापानी कम्पनीहरू पनि हाल गैरजापानी कर्मचारीहरू भर्ना गर्न खुला हुँदै गएका छन् । यसले गर्दा भाषा विद्यालयबाट सुरु गरेर, त्यसपछि विश्वविद्यालय वा ट्रेड स्कूल हुँदै, जापानमै काम गर्ने वयस्क बन्ने यात्रा एउटा व्यावहारिक शैक्षिक तथा करिअर मार्ग बन्न थालेको छ । साथै, जापानी कम्पनीहरू विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयासमा रहेकोले, जापानमा अध्ययन गरेर फर्किने विदेशी विद्यार्थीहरूलाई पनि आफ्नो पेशागत क्षेत्रमा जापानीसँग सम्बन्धित ज्ञान उपयोगी हुनसक्छ । यी सबै कारणहरू स्थायी हुने वा नहुने भविष्यमा थाहा होला, तर अहिलेका लागि तिनीहरू स्थिर देखिन्छन् । त्यसैले सम्भावना छ कि अर्को वर्ष जापानमा विदेशी विद्यार्थीहरूको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यो समाचार जापान स्टुडेन्ट सर्भिसेस अर्गनाइजेसन र जापान टुडेको समाचारका आधारमा तयार पारिएको हो ।




