• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– तेस्रो कार्यकाल राष्ट्रपति बन्ने रहर छैन

  •  
  • २०८२ बैशाख २२, सोमबार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्न खोजेको भन्ने कुरा असत्य भएको बताएका छन् ।

    “म आठ वर्ष राष्ट्रपति पदमा रहनेछु । म दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनेछु । मैले यो धेरै महत्वपूर्ण मानेको थिएँ,” ट्रम्पले आइतबार प्रसारण भएको एनबीसीको मिट द प्रेस कार्यक्रममा भने ।

    यसअघि ७८ वर्षीय ट्रम्पले तेस्रो वा चौथो कार्यकालका लागि राष्ट्रपति हुनेबारेमा प्रश्न गर्दा म ठट्टा गरिरहेको छैन भनेका थिए । पछि उनले यी कुराहरू संचारमाध्यलमले ट्रोल गर्ने उद्देश्यले बाहिर ल्याएको बताए ।

    फ्लोरिडाको आफ्नो निजी आवासमा शुक्रबार रेकर्ड गरिएको उक्त अन्तर्वार्तामा ट्रम्पले उनलाई पदमा बसिरहनेबारे विचार गर्न अनुरोध गर्ने धेरै मानिस रहेको बताए ।

    “धेरैले मलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति भइदियोस् भन्ने चाहन्छन्,” ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पूरा गरेको केही दिनपछि भने, “मेरो जानकारीमा यो गर्न मिल्दैन । यो संविधानविरुद्ध हो कि होइन, मलाई थाहा छैन ।”

    उनले २०२८ को टोपी बेच्ने अरु पनि धेरै भएको भन्दै उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसहित धेरै रिपब्लिकन नेताहरूले उनको स्थान लिनसक्ने बताए ।

    अमेरिकी संविधानको २२ औँ संशोधनले कसैलाई दुई पटकभन्दा बढी राष्ट्रपतिका लागि निर्वाचित गरिने छैन भनेको छ । यसलाई परिवर्तन गर्न सिनेट र कांग्रेसबाट दुईतिहाइको सहमति र देशको तीनचौथाइ राज्य सरकारहरूको समर्थन चाहिन्छ ।

    ट्रम्पका केही समर्थकहरूले संविधानमा रहेका केही कानुनी छिद्रमार्फत तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न सकिने दाबी गरेका छन् । तर, यो कानुनी व्यवस्था अहिलेसम्म अदालतमा परीक्षण भएको छैन । बीबीसी

    Post Views: 149
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ०७:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.