• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– तेस्रो कार्यकाल राष्ट्रपति बन्ने रहर छैन

  •  
  • २०८२ बैशाख २२, सोमबार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्न खोजेको भन्ने कुरा असत्य भएको बताएका छन् ।

    “म आठ वर्ष राष्ट्रपति पदमा रहनेछु । म दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनेछु । मैले यो धेरै महत्वपूर्ण मानेको थिएँ,” ट्रम्पले आइतबार प्रसारण भएको एनबीसीको मिट द प्रेस कार्यक्रममा भने ।

    यसअघि ७८ वर्षीय ट्रम्पले तेस्रो वा चौथो कार्यकालका लागि राष्ट्रपति हुनेबारेमा प्रश्न गर्दा म ठट्टा गरिरहेको छैन भनेका थिए । पछि उनले यी कुराहरू संचारमाध्यलमले ट्रोल गर्ने उद्देश्यले बाहिर ल्याएको बताए ।

    फ्लोरिडाको आफ्नो निजी आवासमा शुक्रबार रेकर्ड गरिएको उक्त अन्तर्वार्तामा ट्रम्पले उनलाई पदमा बसिरहनेबारे विचार गर्न अनुरोध गर्ने धेरै मानिस रहेको बताए ।

    “धेरैले मलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति भइदियोस् भन्ने चाहन्छन्,” ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पूरा गरेको केही दिनपछि भने, “मेरो जानकारीमा यो गर्न मिल्दैन । यो संविधानविरुद्ध हो कि होइन, मलाई थाहा छैन ।”

    उनले २०२८ को टोपी बेच्ने अरु पनि धेरै भएको भन्दै उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसहित धेरै रिपब्लिकन नेताहरूले उनको स्थान लिनसक्ने बताए ।

    अमेरिकी संविधानको २२ औँ संशोधनले कसैलाई दुई पटकभन्दा बढी राष्ट्रपतिका लागि निर्वाचित गरिने छैन भनेको छ । यसलाई परिवर्तन गर्न सिनेट र कांग्रेसबाट दुईतिहाइको सहमति र देशको तीनचौथाइ राज्य सरकारहरूको समर्थन चाहिन्छ ।

    ट्रम्पका केही समर्थकहरूले संविधानमा रहेका केही कानुनी छिद्रमार्फत तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न सकिने दाबी गरेका छन् । तर, यो कानुनी व्यवस्था अहिलेसम्म अदालतमा परीक्षण भएको छैन । बीबीसी

    Post Views: 302
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ०७:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.