होमल्याण्ड सेक्युरिटी विभाग सचिव कृष्टि नोएमले राष्ट्रपति ट्रम्प प्रशासनले एक सय दिनमा अबैध आप्रवासी नियन्त्रणका लागि गरिएको कार्यसुचि सार्वजनिक गरेकी छिन । सय दिनको अबधिमा यूएस इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्टलाई सबैभन्दा खतरनाक अवैध आप्रवासीहरूलाई लक्षित गर्न पूर्ण रूपमा सक्रिय बनाएको र पक्राउमध्ये ७५% आपराधिक अभियोग लागेका वा दोषी ठहर भएका अवैध आप्रवासीहरू रहेको बताइएको छ । यस अबधिमा पक्राउ परेकाहरु खतरनाक अपराधिक गिरोहका नाईकेहरु पनि रहेकोे उल्लेख छ । त्यसमा कतिपय थुप्रै पटक डिर्पोट गरिएकाहरु फेरी अमेरिका आएर अपराध कार्य गरी रहेकाहरु पनि संलग्न रहेको बताइएको छ ।

उत्तरी भर्जिनियामा गरिएको सफल अपरेसनमा पक्राउ परेकाहरु सचिव नोएमले एमएस १३ गिरोहका सदस्यहरू लगायत विभिन्न देशबाट अमेरिका आई अपराध गर्ने समुह रहेको बताइएको छ । सचिव नोएमको नेतृत्वमा २०२५ मा मात्रले १ लाख ६८ हजार भन्दा बढी अवैध आप्रवासीहरूलाई पक्राउ गरिसकेको र जसमा अपराधीक कर्म गर्नेहरु बढी सदस्यहरू छन् । त्यस्ता अपराधिक गतिविधि गर्नेहरुलाई हिंस्रक अपराधीहरू र आतङ्कवादी गिरोहका सदस्यहरूलाई ग्वान्टानामो बेमा थुनामा राखिरहेका छन् ।
राष्ट्रपति ट्रम्पको निर्देशनमा विभिन्न अपराधिक गतिविधि गर्ने समुहका नाईकेहरुलाई ३०० लाई एल साल्भाडोरको कारागारमा पठाइएको छ । जसबाट कहिल्यै अमेरिकी जनतालाई कुनै खतरा पु¥याउँदैन सक्दैनन । साथै हालसम्म अमेरिकाबाट डिर्पोट गरी निष्कासनको संख्या १ लाख ५२ हजार नाघिसकेको जनाइएको छ ।
सचिव नोएमको नेतृत्वमा उज्बेकिस्तान सरकारसँग साझेदारी गर्दै उज्बेकिस्तान, कजाखस्तान, र किर्गिस्तानका १०० भन्दा बढी अवैध आप्रवासीहरूलाई सफलतापूर्वक निष्कासन गरेको जनाउँदै यो अभियानमा उज्बेकिस्तानले आफ्ना नागरिकहरूको सम्पूर्ण निष्कासन खर्च बेहोरेको बताइएको छ । जसले अमेरिका र उज्बेकिस्तानबीचको सुरक्षात्मक सहयोगको गहिराइ देखाउँछ र अमेरिकी साझेदारहरूको लागि नयाँ मानक स्थापना भनिएको छ ।




